calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

दलीय स्वार्थमा लोकतन्त्र

भुवन पोख्रेल
लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा राज्यशक्तिको अभ्यास गर्ने मुख्य राजनीतिक दल र तिनका शीर्ष नेताहरु नै हुन् । यी राजनीतिक पार्टीका निश्चित विचारधारा, दृष्टिकोण र सिद्धान्त हुन्छन् । सोही विचार धाराका आधारमा नागरिकलाई सङ्गठित गर्दै लैजान्छन् । यस्ता राजनीतिक दलमध्ये कतिपय क्रान्तिबाट वा राजनीतिक विद्रोहबाट स्थापित भएका हुन्छन् । जब पार्टीहरुले आफ्नो आदर्श, सिद्धान्त र विचार वा लक्ष्यलाई वेवास्ता गरेर अवसर वा सत्ताका फोहरी खेलमा सहभागी हुन्छन् तब जनताको अपेक्षा र आकांक्षामा गम्भीर धोका हुन जान्छ ।

नेपालका मूलधारका पार्टीहरु लामो सङ्घर्ष र बलिदानीबाट आजको अवस्थासम्म आइपुगेका छन् । अहिलको लोकतान्त्रिक र गणतान्त्रात्मक सङ्घीय शासन प्रणाली स्थापना गरी संविधान सभाबाट नयाँ संविधान जारी गर्नमा विशेष गरी नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका पार्टी र तिनका नेताहरुको बलिदानी दिएका छन् । राजनीतिक व्यवस्था परिवर्तन गर्नका लागि ठुला पार्टीहरुले पटक–पटक आन्दोलन र सङ्घर्षपूर्ण बलिदानी दिएका छन् ।

नेपालले राजनीतिक व्यवस्था परिवर्तनका लाग पटक–पटक सङ्घर्ष गरिरहेको छ । करिब सातदशक राजनीतिक व्यवस्थाको रुपान्तरणकै लागि सङ्घर्ष र आन्दोलनमा बितायो । विराटनगर जुटमिलको मजदुर आन्दोलनदेखि झापा विद्रोह हुँदै माओवादी जनयुद्ध र २०६२÷२०६३ को दोस्रो आन्दोलनमा नेपालका राजनीतिक दलले ठुलो भूमिका खेलेका छन् । नेपालका शीर्ष दलहरु र तिनका नेतृत्वल ेनिरकुंश राज्य सत्ताका विरुद्ध आवाज उठाउँदा जेलनेल, दमार निर्वासित जीवन बिताउन परेको इतिहास साक्षी छ । विगतमा मुलुक परिवर्तन र सामाजिक रुपान्तरण र सामाजिक न्याय स्थापना गर्नका लागि खेलेको भूमिका चानचुने होइन ।

यसरी रुपान्तरित सत्ताको बागडोर तिनै पार्टीले सम्हालेका छन् । उनीहरु सत्ता प्राप्ति गरेसँगै राजनैतिक एजेण्डा र सपनालाई तथा जनताका आकंक्षालाई सम्बोधन गर्न भुलेका कारण जनता ती राजनीतिक दलहरुप्रति वितृष्णा जागेर निराश छन् । सङ्घर्षका वास्तविक बलिदानी दिएका क्रान्ति योद्दा पर्दा पछाडि गुमनाम छन् । चाटुककार राजनीतिक खेलाडीको पञ्जामा सत्ता कब्जा भएको छ । जनताले मुलुक परिवर्तनमा कुनै पनि इतिहास नबोकेका बलिदानी र सङ्घर्ष नगरेका भर्खरै लोकरिझ्याईँबाट सत्तामा पुगेका पार्टीहरु नवउदयीमान भएका छन् ।

पुराना दलका नेताहरुको सत्ता, पद, भ्रष्टाचारबाट वाक्कदिक्क भएकाले वैकल्पिक शक्तिको खोजी गरेर भौतारिएको झुण्डलाई मिठा र चिप्ला कुरामा पारेर भोट परिर्वतन गरी यी नयाँ राजनीतिक दल र नेताहरु मौलाएका हुन् । यो भोट वा मत परिवर्तन स्थायी होइन ढुक्क भए हुन्छ । यिनीहरु पनि पद, पैसा, प्रतिष्ठा र शक्तिको आठमा पुराना राजनीतिक दलको प्रवृति पछ्याए भने उनीहरुको पनि पतन निश्चित छ । जसरी छिटो उदाएका थिए त्यह िदलहरु त्यसैगरी झ्याप्पै निभ्न पनि सक्छन् । पार्टीको भविष्य तिनका शीर्ष नेता र तिनीहरुको प्रवृतिका अडेको हुन्छ । दिगो र सुनिश्चित भविष्य पार्टीको बनाउनु छ भने दलका नेताहरुले जनआकांक्षालाई सम्बोधन गर्दै पारदर्शिता र सुशासनलाई आफ्नो मूल उद्देश्य बनाउनु पर्दछ । यसले मुलुक पनि समृद्धिको यात्रामा अघि बढ्दछ ।

प्रतिगामी राजनीतिक शक्तिलाई मौलाउने वातावरणमा मलजल गर्दै गयौँ भने सङघर्षबाट प्राप्त गरेको राजनीतिक उपलब्धि गुम्ने खतरा बढ्न सक्छ । सङ्घर्षबाट व्यवस्था परिवर्तन गर्ने राजनीतिक शक्ति कमजोर हुँदै जाने लोकप्रियतावादी शक्ति बलियो हुँदै जाने हो भने भोलि फेरि मुलुकमा दुखान्त राजनीतिक अध्यायको सुरुवात हुन पुग्छ । समाज आमूल परिवर्तनको गति छेकिन्छ । मुलुकको सर्वाङ्गीण राजनीतिक, सामाजिक रुपान्तरणका लागि अर्को राजनीतिक क्रान्ति वा आन्दोलनमा होमिन पर्ने बाध्यात्मक परिवेशको सिर्जना हुन पुग्दछ । पुराना दल र नेताहरुले आफ्नो पार्टीको विचार र व्यवहार बिच एकता कायम गर्न सक्नु पर्छ ।

आफ्नो पार्टीको विचार, सिद्धान्तलाई सत्ता र कुर्सीको आडमा राखेर कुल्चनु हुँदैन । निष्ठाको राजनीतिक यात्रामा पारदर्शीता, सुशासन र जवाफदेहितालाई आत्मसात गर्दै अघि बढ्नु पर्छ । जब राजनीतिक दलको स्पष्ट वैचारिक दृष्टिकोण हुँदैन तब त्यही राजनीतिक दलका धातक प्रवृतिको वृद्धि हुन्छ सत्ताको स्वार्थको लागि संविधानलाई मिच्न पनि पछि पर्दैनन् । अधिनायकवादी प्रवृति मौलाउने सम्भावना बढेर जान सक्छ । राजनीतिक दलका नेताहरुलाई सुमार्गतर्फ डो¥याउँछ नत्र सत्ता स्वार्थका फोहरी खेलका खेलाडी राजनीतिक दलका नेताहरु मुछिने वा भने सिङ्गो पार्टी पनि दुर्गन्धित बन्न पनि पुग्दछ । जब राजनीतिक दलहरुमा संवैधानिक मर्यादा देखिँदैन तब इमान्दारिता हराएर जान्छ ।

पार्टीमा स्पष्ट दृष्टिकोण हुँदैन भने राजनीतिक दलमा सङ्ट देखा पर्दछ । मुलुकमा शोषणमा परेका, अन्याय, अत्याचार, विभेद, अन्यायमा परेका वर्गलाई कसरी सामाजिक न्याय प्रबद्र्धन गर्ने, उनीहरुको सामाजिक अवस्थाको रुपान्तरण कसरी गर्ने भन्ने दृष्टिकोण राजनीतिक दलको दलको प्रमुख एजेण्डा बन्दैन त्यो समाज दशकौँ पछाडि धकेलिन्छ । त्यसैगरी मुलुक गरिबीको चक्रमा छ, आर्थिक क्षेत्रमा क्रान्ति नै ल्याउनु छ, बेरोजगारी समस्या कढ्दो छ । गरिब, श्रमिक, भूमिहिन, सुकुम्बासी र सिमान्तकृतिहरुको आर्थिक जीवनमा कसरी परिवर्तन ल्याउने भने सत्तामा बसेका राजनीतिक दल र तीनका शीर्ष दलका नेताहरु बेलैमा सोच्न ढिला भइसकेको छ ।

राज्यका प्राकृतिक सम्पदाको भण्डार छ त्यो स्रोतसाधनलाई परिचालन गरेर मुलुकका समस्यालाई हल गर्न सक्ने दीर्घकालीन सोच भएका र जनतालाई केन्द्रमा राखेर उनीहरुलाई सहभागि बनाउँदै विकासका गतिविधिलाई अघि बढाउन सक्ने कुशल, पारदर्शी र सक्षम नेतृत्वको खाँचो मुलुकलाई परेको छ । देश बनाउनका लागि असल मानवलाई जनताले चाहेका हुन् मनुष्यलाई देवतत्वकरण गरी चमत्कारीक शक्तिलाई नेपालको विकास र समृद्धि हुने होइन यो तपाई हामी जस्तै नेतृत्व र नागरिकबाट सम्भव छ । जनताले पनि चुनावका बेला मिठा भाषण, चिप्ला कुरामा चिप्लेर सत्ता स्वार्थले राजनीतिमा होमिएका झुण्डलाई विजय बनाएपछि अब ५ वर्ष यिनीहरुले मच्याउने ताण्डवबाहेक अरु थोकको अपेक्षा राख्न सकिँदैन । जनताले पनि नागरिकको कर्तव्य र उत्तरदायित्वलाई भुल्नु हुँदैन । नागरिकमा कति सामर्थय र शक्ति हुन्छ त्यो सबैलाई थाहा भएका कुरा हो । भेडाको बथान जसरी विवेकविहीन भएर एउटा शक्तिको पछि लाग्ने अन्धभक्त होइन सचेत र सुझबुझ पु¥याउनु पर्दछ ।

जनताको मतबाट चुनाव जितेर सत्ताको साचो राजनीतिक दलको हातमा पुग्दछ । जनताको समृद्धि र मुलुकको सुशासनलाई अब्बल बनाउने सत्तासीन दलको हुन्छ । नेपालमा राजनीतिक दल जनमुखी, विकासप्रेमी समृद्धि केन्द्रित बन्नुभन्दा वंशवाद, नातावाद, कृपावाद, अवसरवाद दलमुखी बन्दै गएका छन् । राजनीति भनेको निस्वार्थ देश र समाजको सेवा बनाउने भीडले राजनीति फोहरी खेल बन्न पुगेको छ । नीति र सिद्धान्तभन्दा पनि दलहरु स्वार्थी अवसरमा रमाउँदै गएका छन् । पार्टीभित्रै प्रजातन्धको अभ्यासलाई राजनीतिक दलहरुले निष्क्रीय बनाएका छन् । पार्टीमा त्याग र समपर्णबाट आजीवन काम गर्नेलार्य पाखा लगाई दलभित्र परिवारवादको अभ्यास तीव्र देखिन्छ । समता, समावेशीतालाई जोड दिने लक्ष्य राखेर समानुपातिक प्रणालीलाई अंगाल्ने नीति दलहरुका लागि आफ्ना श्रीमती, साला, बुहारी, छोरीका लागि आरक्षणको कोटा झै सावित भएको छ । यसले समावेशीको नीतिलाई नै गिज्याइरहेको छ ।

राजनीतिक दलभित्र पतिको मृत्यु भयो भने पत्नीलाई अघि सारेर उभ्याउने, बाबुको मृत्यु भयो भने छोरालाई, बाजेको मृत्यु भयो भने नातिलाई उभ्याउने गलत राजनीतिक अभ्यासले दलभित्र वंशवाद हाबी हुन गएको हो । राजनीति सहानुभूति र भावनात्मक संवेनामा मात्र संस्थागत बन्न सक्दैन । अब यस्तो गलत अभ्यासको सिकार भावी पुस्ता हुनु हुँदैन । मुलुकको शासन सञ्चालन गर्न सक्ने सक्षम योग्य र जुझारु नेतृत्व प्रतिष्पर्धात्मक पद्धति जो लोकतान्त्रिक मुलुकका लागि शोभनीय हुन्छ त्यस्तो नेतृत्वको खोजी मुलुकले गरिरहेको छ ।

राजनीतिक दलभित्र नातावाद, कृपावाद र वंशवाद हाबी भइरहँदा पार्टीमा बसेर अहोरात्र काम गर्नेहरु छायाँमा परेका छन् । पार्टीमा त्याग र समपर्णबाट आजीवन काम गर्नेहरुलाई पाखा लगाउने अभ्यास दलभित्र तीव्र छ । यस्ता कार्यहरुले राजनीतिक दलहरुको नैतिकता धरापमा पर्दछ । चुनावमा जनताले पनि नेता छनोट गर्दा पार्टीभित्र रहेर लामो समय सक्रिय, अनुभवी, जनतामा पारेको प्रभाव आदिलाई मूल्याङ्कन गरेर मतदान गर्नु पर्दछ । नातावाद, कृपावादलाई पन्छाएर अघि बढ्न सक्नुपर्दछ । यसो गरियो भने पार्टीभित्र रुपान्तरणको सुरुवात हुन्छ । पार्टी गरिमा बढछ, पार्टीमा आजीवन समय दिएकाले अवसर पनि पाउँछन् ।

संसदमा जाने व्यक्ति सक्षम, एनेनियम बनाउन सक्ने, अब्बल नीति, नियम दिने संस्था हो ताकि कुर्सी तोडफोड पार्टीको हिपमा हात उठाउन र सत्ताको जोड घटाउमा मात्र केन्द्रित हुने झुण्डले मुलुक समृद्ध बन्न सक्दैन । विज्ञताा भएको जनमुखी नेताको खोजीमा छन् नागरिक । नेतृत्व वर्गले राजनीतिक आदर्श, सिद्धान्त, विचारलाई अवसरमा बदल्न चेष्ठा गर्दछ तब जनआकांक्षा माथि व्रर्जपात र धोका हुन पुग्छ । पार्टीभित्र लामो सङ्घर्ष गरेका योद्दाहरुको योगदानलाई गुमनाम पारेर अवसरवादी प्रवृति देखाउने गर्छ त्यही समयदेखि निष्ठाको राजनीतिमा खडेरी देखा पर्दछ ।

नेपालमा राजनीति गर्ने नेतृत्व र दलहरुले आफू र आफ्नो दल अब्बल दर्जाको लोकतन्त्रवादी भएको दाबी गर्दछन् । भ्रष्टाचारी, अपराधी, स्वार्थी मानसिकता भएकाहरुलाई राजनीतिक दलहरु पाखा लगाउन सक्नु पर्छ । जति नै लोकतान्त्रिक दल भनिए पनि तिनमा पारदर्शीता, जवाफदेहिता र सुशासनको खडेरी देखा परेको छ । यस्तो प्रवृतिका कारण राजनीतिक दलहरुको नैतिकता धरापमा परिरहेको देखिन्छ । अहिले राजनीतिमा चरम भ्रष्टीकरणले राजनैतिक नेतृत्वप्रति अविश्वास, असन्तुष्ट, आक्रोश थपेको छ ।

लोकतन्त्रका खम्बा मानिने दलहरु आफ्ना प्रतिवद्धतामाअडिग नहुने र दलभित्र लोकतान्त्रिक संस्कारको विकासप्रति उदासिन भएसम्म सभ्य एवम् लोकतान्त्रिक समाज निर्माण गर्न सकिँदैन । राजनीतिक दलहरुलोकतन्त्रका आधारस्तम्भ हुन् । राजनीतिक दलको सवलीकरण नभएसम्म समाज र राष्ट्रको सवलीकरण हुन सक्दैन । लोकतन्त्रको संस्थागत विकासका लागि दलहरु लोकतान्त्रिक मूल्य र मान्यताप्रति स्पष्ट र प्रतिबद्ध हुनु पर्दछ । राजनीतिक दल र सरकरालाई जनताप्रतिका प्रतिबद्धताहरुमा जवाफदेहि बनाउन नसकिएसम्म लोकतान्त्रिक प्रणाली सुधारको मार्गमा अघि बढ्न सक्दैन । राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणा पत्र तथा प्रतिबद्धताहरु कति मात्रामा कार्यान्वयन भए भन्ने सन्दर्भमा हामीले मूल्याङ्कन गर्नु पर्दछ । हामी सबै नागरिक दलगत स्वार्थभन्दा माथि उठेर राजनीतिक दललाई उनीहरुका प्रतिबद्धताप्रति जवाफदेहिताप्रति जवाफदेहि बनाउने मार्गमा अघि बढ्नु आवश्यक छ ।

राजनीतिक दलका क्रियाकलाप कानुन सम्मत छन् वा छैनन् भनी नियाल्ने हाम्रो दायित्व हो । दलहरुले कानुनी शासनको मान्यतालाई कत्तिको पछ्याएका छन् भनेर नागरिकले अनुगमन गर्नुपर्छ । राजनीतिक दलका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गराउन तथा उनीहरुलाई आम नागरिकप्रति जवाफदेहि बनाउनका लागि नागरिक समाजले एकजुट भएर साझा आवाजका साथ दबाब दिँदै अघि बढ्नु पर्छ । नागरिकले असल शासनका कुरा, मान्यता र सिद्धान्त अनुसार राजनीतिक दललाई घच्घच्याउनु जरुरी हुन्छ । नागरिक समाज राजनीतिक दलको आलोचक र सहयोगी दुवै हो ।

असल नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा सहयोग पु¥याउनुका साथै नागरिक समाजले राजनीतिक दलका हरेक क्रियाकलाप मूल्याङ्कन गरी उनीहरुका गलत क्रियाकलापप्रति सचेत गराउँछ र पटक–पटक घचघचाउँदा राजनीतिक दलहरु सचेत हुन पनि सक्छन् । दलभित्रको आन्तरिम लोकतन्त्रमा सुधार हुनासाथ बाह्य लोकतन्त्र मजबुद बन्न पुग्दछ । नागरिक समाजले राजनीतिक दललाई पहरदारी, खबरदारीको कार्य गर्नु आवश्यक छ । दलहरु राजनीतिक चेतनाका सवाहक हुन् । प्रजातान्त्रिक मुलुकमा आम जनताले सत्ताको नेतृत्व गर्न योग्य कुनै पनि राजनीतिक पार्टीबाट गर्ने मुख्य अपेक्षा आर्थिक, सामाजिक रुपान्तरण शान्ति र सुशासन हो उक्त पूरा नहुँदा वैकल्पिक शक्तिको खोजी गरिन्छ ।