समिप आचार्य यात्री
आमा आमा आमा मेरी प्यारी आमा
खाइनखाई रगतको टुक्रा पाल्छिन् मेरी आमा
नौ महिना गर्बमा राखी बिभिन्न कष्ट बोकी
नयाँ संसार देखाउने प्यारी मेरी आमा मेरी आमा
दुस्खकष्ट सबै शिरमा राखी हिँड्छिन् प्यारी आमा
सन्तानको सुखीको लागि हर्दम तयार जे गर्न नी आमा
नदेउ कुनै दुस्ख,वेदना सक्नुहुन्न हेरी बस्न
जती टाढा भए पनि सम्झना छ मेरी आमा
भन्छन् पुज्दै छुँ पाऊ त्यी ढुङ्गे देवीको चढाई फुल
के अर्थ घरकी आमालाई रोदनमा राखी ढोगेको फल
देवी त घरघर मै छिन् नियाल् हे१ मानव खोली आँखा
बेदनाको छट्पटाहटामा छिन् सृष्टि दिने त्यी आमा
जन्माएर मलाई तिम्ले ठुलो ऋण बोकाई दियौ
संसार के हो भनि चिन्न कखगघ सिकाइ दियौ आमा
कसो गरि तिरौ आमा दश धारा दुधको भारा
धन्य धन्य मेरी आमा धर्ति लोकमा झिकाई दियौ आमा .
एउटी आमा हुन् जसले अन्य सबैको ठाउँ लिन सक्छिन
तर जसको ठाउँ अरू कसैले लिन सक्दैनन्
माता तिर्थ औंसीको हार्दिक शुभकामना