गोरक्ष समाचारदाता
दाङ, २३ चैत । नारायणपुर उद्योग वाणिज्य संघको २०औँ साधारणसभा तथा नवौँ अधिवेशन आगामी वैशाख २२ गते हुने भएको छ । संघको विहीवार बसेको बैठकले २०औँ साधारणसभा तथा नवौँ अधिवेशन आगामी वैशाख २२ गते गर्ने निर्णय गरेको हो । अधिवेशनको अवसरमा संघले मुखपत्रका रूपमा स्मारिका प्रकाशन गर्ने अध्यक्ष अभियान बस्नेतले बताए । साथै स्मारिका प्रकाशनका लागि संघका प्रेस सल्लाहकार आदिम केसी, सदस्य द्वय भोला बुढाथोकी र जागेश्वर डाँगी सहितको स्मारिका प्रकाशन समिति गठन गरिएको छ ।