calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

परिवर्तन भएन गाउँघरमा

युवराज शर्मा
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यो देशसँग मिल्दोजुल्दो भू–भाग अन्य देशहरुमा पनि छ । दुरदरारका गाउँहरु आपसमा जोडिएका छन् । आउजाउ गर्ने मार्गहरुमा यातायातका साधनहरु गुड्छन् । भू–भाग र जलमात्र पनि असजिलो र कमजोर बनेका छैनन् । जे जति भएका छन्, ती सबै व्यवस्थित र जनउपयोगी बनेका छन् । बाटाघाटहरु पक्कि भए पनि टिकाउँ बनेका छन् । यस्तो देखिनु त्यस देशका गुणस्तरीय शिक्षा हासिल गरेका प्राविधिकहरुको योग्यता र दक्षता नै हो भने त्यस देशका नेताहरुमा देखिएको राष्ट्रप्रेम, राष्ट्रियता र देशप्रतिका परिवर्तन थियो । आफ्नो देश बनाउन राष्ट्रप्रेम र राष्ट्रभक्ति हुनुपर्छ ।
गाउँको विकास गर्न ४ प्रकारका विषयवस्तुमा राज्य सञ्चालक वर्गमा चेतनाकरण हुनुपर्छ । जसमा यातायातका साधनहरुले सहज तरीकार सञ्चालन गर्न नसक्ने सुधारिएको सडक, गाउँको सुहार फेर्न उज्यालो बनाउन सिद्युतीकरण खानेपानीको सहज सामाधान गर्न एकघर, एक भाराको अवधारणा बनाउनु पर्छ । खानेपानीको सुप्रवन्ध गाउँमा गर्नुपर्छ । एक गाग्रो पानीका लागि भीरपाखा पार गरेर घण्टौँ समयमा पानी बोक्नु पर्ने वातावरण गाउँमा बन्नु हुन्न् । खानेपानीको व्यवस्था अनिवार्य हुनुपर्छ । गाउँलेहरुको जीवनयापनका कार्यहरु खेतीपातीमा निर्भर छ । पशुपालन र खेतीपातीले गाउँलेहरुको जीवनमा आर्थिक, सामाजिक र शैक्षिक अवस्थामा सुधार गर्न सकेको पाइन्छ । त्यसका लागि सिँचाइ कुलो पक्की बन्नु पर्छ । यसबाट स्वष्ट छ कि हरेक ठाउँका गाउँको मुहारमा परिवर्तन गर्न सडक, विद्युत खानेपानीको सुव्यवस्था र सिँचाइ कुलो पक्की बन्नुपर्छ । तबमात्र परिवर्तनको आधार भएको अनुभूति गाउँलेहरुले गर्ने छन् ।
नेपालमा परिवर्तनपछि नयाँ संविधान बन्ने लहर चल्छ । नेताहरुले आफू शक्तिमा बसेर कसरी राज्य चलाउने ? सोँचाइ र नीति छैन । मै खाउँ, मै लगाउँ र मेरा नताकुटुम्बहरु मोटाउन, तब धनास्य बनुम भन्ने सोँचाइ दलगत राजनीतिमा भएपछि नेताहरुमा भ्रष्ट चरित्र बढ्दै गएको यथार्थ सत्य सावित भएको छ । पुराना राजनीतिक दलहरुले धेरै अस्तित्व गुमाएका छन् । उनीहरुको चरित्र पनि नाङ्गिएको छ । २०७२ साल आश्विन ३ गते नेपाल अधिराज्यको संविधान जारी भयो । त्यस समयदेखि नेताहरुमा कमाउ धन्धा बढ्दै गयो । दलको नेता राष्ट्रपति, राष्ट्रप्रेम, राष्ट्रियता, सार्वभा्रमिकताको संरक्षण र सीमा सुरक्षा प्रभावकारी बन्ला भने आशा नेपाली समाजमा थियो । त्यसका व्यवस्थापन कार्य सत्तापदको एकजुट भएन ।
मिलिजुली सरकार चलाउने बाडीचुडी खाने व्यवस्था भयो । यसको प्रभाव गाउँस्तरमा पनि पुग्यो । हुनतः नेपालको विकास गाउँस्तरबाट गर्ने नीति भए पनि वेथिति बढ्दै गयो । स्थानीय, प्रदेश र सङ्घीय सरकारका संरचनाहरु भए पनि सङ्घीय सरकारले स्थानीयलाई र प्देशलाई अधिकारहरुको विकेन्द्रीकरण भएन । सकै अधिकारहरु सङ्घीय सरकारमा केन्द्रित भए । मन्त्रीपरिषद् हाबी बन्यो । श्री ३ सरकारको स्वरुप बाहिरियो भ्रष्टाचार बढ्दै गयो । सबैभन्दा बढी अनियमितता झाङ्गियो । गाउँमा सिंहदरबार पुगेन । सिंहरु बढ्दै गए । राणाहरुको शासनकाल जस्तो लोकतान्त्रिक गणतन्त्र भने पनि देशमा लोकतन्त्रात्मक वातावरण गाउँदेखि सहरबजारसम्म बनेन । तब गाउँको परिवर्तन भएन भन्न सकिन्छ ।
नेपालका डाँडाकाँडा भीरपाखामा गाउँहरु बसेका छन् । ती गाउँहरुमा खानेपानीको ठुलो समस्या छ । नागरिकले पीडा भोगिरहेका छन् । बिजुली बत्तीको अभाव झरो (सल्ला रुखका दाउरा) बालेर उज्यालो पार्छन् । आकाशको वर्षामा पानी जम्मा गरेर खानेपानी समस्या टार्छन् । आउजाउ पनि भीरपाखाको बाटोमा हिड्छन् । सिँचाइ गर्ने कुलो बन्न सकेन । आफ्ना वुतिवर्कतले गर्न सकेनन् । यस्ता अनगिन्ति गाउँहरुको अवस्थामा परिवर्तन आएन । यस्तै ठाउँबाट नेतृत्व गर्ने अवसर पाएका वर्गले धन कुम्ल्याएको गाउँलेहरुले टुलुटुल हेर्दै भन्छन्– यो नेताले मन्त्री भएर कति धेरै धन पैसा कुम्ल्याए छ ? भन्न सकिन्न । यही हो, देशका शासनको सुव्यवस्था ।
गाउँको परिवर्तन सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, व्यवहारिक, आत्म अनुशासन जस्त विषयमा परिवर्तन भएन । यसले मानव समाजको अवस्था कमजोर भयो । सरकारले लगाएको करको भार थेग्न नसकेर आर्थिक अभावमा तड्पिरहेका अवस्था छ । लोकतन्त्रात्मक गणतन्त्रमा कानुनको महत्व हुन्छ तर कानुनको पालना टोलका संस्थाहरुदेखि नै गैर जिम्मेवारी बोध बढेको वातावरण छ । यसले मानव समाजमा वेथिति बढाएको छ भने विश्वासको वातावरण बनेको छैन । यस्तो अवस्थामा गाउँको परिवर्तन सामाजिक वातावरणको हुनु पर्दथ्यो तर परिवर्तन पोशाकमा देखियो । त्यो पनि महिलामा देखिन्छ । त्यसमा पनि जातीय पोशाक प्रयोग गर्नेहरुको कमी छैन । अधिकांश जातिहरुले जातीय पोशाकलाई महत्व दिएका छन् । यसले जातीय संस्कृति र संस्कार दर्शाएको छ ।
नेपालका नेताहरुले देशमा परिवर्तन गर्ने अठोट गर्थे तर दलीय आधारमा नेताहरु विभक्त भएर आ–आफ्नो चरित्र देखाएपछि परिवर्तनका विचारहरु थरीथरीका रुप धारक बनेका छन् । जसको प्रभाव गाउँ–गाउँमा गाउँलेहरुका वृद्धवृद्धाहरुले सुनाउँछन् । अहिले दलको प्रभावभन्दा नेताके चत्रिरका आधारमा गुटको नामाकरण गर्छन् । बढी चर्चामा सुन नेताहरु र भ्रष्टाचारमा मुछिएका व्यक्ति पर्छन् । यसले गाउँलेहरुलाई परिवर्तनको कुनै पनि स्वरुप देख्न पाएका छैनन् । वडा कार्यलयभन्दा तल्लो संस्था टोल विकास हो । यसका पदाधिकारीहरुमा नागरिकप्रति स्नेह, भाव, दया, ममता र श्रद्धाभावना प्रायः छैन । उनीहरु नै परिवर्तनका लागि गाउँलेहरुका स्रोत हुन् । जसले गाउँ समाजलाई सभ्यता, संस्कृति, रितिरिवाज, बोलीबचन शिष्ट हुनु पर्ने बनाउनु पर्दथ्यो, त्यसो हुन सकेन भने परिवर्तन भएन गाउँघरमा भन्छन् गाउँलेहरु । घरको वातावरण शिष्ट बनाउन नसक्नेहरु जतिसुकै माथिको पदमा गए पनि आफ्नो चरित्र र संस्कारीक गुणहरु देखाउँछन् ।