calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

अस्थीर राजनीतिका कारण विकासमा समस्या : मन्त्री खनाल

घोराही, १८ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अस्थीर राजनीतिक अवस्थाका कारण विकास निर्माणका काममा समस्या भएको बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति दाङद्वारा प्रकाशित २०८१ सालको भित्रे पात्रो सार्वजनिक गर्दै मन्त्री खनालले समृद्धि हासिल गर्नका लागि स्थीर सरकार आवश्यक रहेको बताएका हुन ।

अहिलेको निर्वाचन प्रणालीबाट कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था नरहेको र सहमतिको सरकार बनाउँदा भने जसरी काम गर्न समस्या भएको बताए । नेपाली लुम्बिनी प्रदेश उपसभापति समेत रहेका स्वास्थ्यमन्त्री खनालले भने,‘अहिलेको अवस्था देख्निुभएकै सरकारमा आउँदा पनि राम्रोसँग बजेट बनाउन पाएनौ तर बनाउने अवस्था आएको थियो फेरी सरकार कतिबेला जाने हो पत्तै छैन ।’

यस्तो अवस्थामा जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने काम कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ । उनले सरकार सधै अस्थीर नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति दाङका अध्यक्ष श्रीधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भएको बिमोचन कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय पूर्व उपाध्यक्ष शान्तराज अधिकारीले जनताको सेवासँगै हकअधिकारका लागि कर्मचारीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए । लामो समयदेखि कर्मचारी युनियन कर्मचारीको विश्वासिलो र भरपर्दाे संघका रुपमा रहेको भन्दै यसलाई अझै धेरै कर्मचारीहरुलाई समेटेर अघि बढ्नुपर्ने बताएका थिए । त्यसका लागि युनियनले कर्मचारीको पिरमर्काहरु बुझ्दै जिल्ललामा रचनात्मक गतिविधिहरु सञ्चालन गरेर अघि बढ्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति दाङले आगामी बर्ष २०८१ का लागि प्रकाशन गरिएको भित्तेपात्रो बिमोचन गरिएको थियो । कार्यक्रममा युनियनले गरेका गतिविधिलगायतका बारेमा महिला उपाध्यक्ष गायत्री थापाले जानकारी गराएकी थिइन । उपाध्यक्ष शरदकुमार घिमिरेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बीरबहादुर राम्जाले गरेका थिए ।