Goraksha

National Daily

कांग्रेस दाङ क्षेत्र नम्बर २ (२) को दोस्रो सम्मेलनको तयारी पूरा

दाङ, १७ चैत ।नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ (२) को दोस्रो सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएकाे प्रवक्ता भाेला बुढाथोकीले जानकारी दिएका हुन् ।

सम्मेलनलाई नेपाली काङ्ग्रेस केन्द्रीय सहमहामन्त्री किशाेर सिंह राठाेरले सम्बाेधन गर्ने प्रवक्ता बुढाथोकीले बताए ।

त्यस्तै सम्मेलनलाई केन्द्रीय सदस्यद्वय कृष्णकिशाेर घिमिरे, गेहेन्द्र गिरी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, उपसभापति एवम् लुम्बिनी प्रदेश स्वास्थ मन्त्री राजु खनाल, लुम्बिनी पेरदेश सदस्य प्रचण्ड विक्रम न्याैपाने(गुन्टु), लाेका विश्वकर्मा, जिल्ला सभापति शङ्कर प्रसाद डाँगी लगायतका नेताहरुले सम्बोधन गर्ने क्षेत्र न २ (२) का सभापति अभियान बस्नेतले जानकारी दिए ।

कार्यक्रममा अग्रज नेतृत्व तथा पार्टीमा याेगदान दिने व्यक्तित्वलाई सम्मान गरिने सभापति बस्नेतले जानकारी दिए ।

भोलि आइतबार घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित हाेटल दाङ फन भ्यालीमा हुने सम्मेलनमा सहभागी हुनका लागि जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति तथा नगर कार्यसमिति सम्पूर्ण नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गरिएकाे छ ।