तुलसीपुर यातायात प्रालिद्धारा भारतको सिमला बस सञ्चालन

तुलसीपुर, ७ चैत । तुलसीपुर यातायात प्रालिले भारतको सिमलामा यातायात सेवा सञ्चालन गरेको छ । यात्रुहरूको मागलाई मध्यनजर गर्दै तुलसीपुरदेखि सिमलासम्म पहिलो पटक नयाँ एयर बस सञ्चालनमा ल्याएको हो ।

पहिलो पटक हप्तामा तीन दिन मंगलबार, विहिवार र शनिवार तुलसीपुरबाट गाडी संञ्चालन हुने प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए । अहिले हप्ताको ३ दिन बस सञ्चालन गरेपनि केही दिनपछि दैनिक गाडि सञ्चालनका साथै दिल्लीमा समेत सेवा दिने तयारी गरेको उनको भाईछ । दाङ–काठमाण्डौ रात्रि सेवाका लागि सुविधा सम्पन्न एसी बस थप गरेको प्रालिले भारतमा समेत सेवा सुरू गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

त्यस्तै सल्यानको सलिवजार, बाउखोला, रोल्पाको डलसिंगे र रूकुममा समेत यातायात सेवा सञ्चालन गरिएको छ । ‘हामीहरूले देशका विभिन्न स्थानदेखि दाङ–काठमाण्डौ रुटमा सुविधा सम्पन्न गाडि सञ्चालन गरेका थियौ तर थप सेवाका लागि थप बसहरु थपगरी भारतमा समेत सेवा विस्तार गरेकाछौं –अध्यक्ष बुढाथोकीले भने ।’ समय अनुसार यात्रुहरुको चाहना र आरामदायि यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न सेवाहरु थप गदै नेपाल र भारतमा सेवा सञ्चालन गरेको उनले जानकारी दिए ।

तुलसीपुर यातायात प्रालिले देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामा भित्र सवै स्थानमा सेवा प्रदान गदै आएको थियो अब भने भारतमा पनि सेवा सुरू गरेको छ।