तुलसीपुर, ७ चैत । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस विभिन्न कार्याक्रम गरि मनाइएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन तुलसीपुर नगर समितिको आयोजना स्मृति दिवस तुलसीपुरमा सम्पन्न भएको छ ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन तुलसीपुर नगर समितिका सभापति डिल्लीबहादुर डाँगीको अध्यक्षता फाउन्डेसनका प्रदेश सदस्य महाधिवेसन प्रतिनिधि केशव आचार्यको प्रमुख आतित्थ्य तथा नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली राजनितिमा कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव आचार्यले कोइरालाले नेपालका विभिन्न राजनिति परिवर्तनमा कोइरालाले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए । माओवादी द्वन्द्वले आक्रान्त मुलुकमा तत्कालीन माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेकै कारण कोइराला एशियाकै एक कुशल राजनेताको रूपमा स्थापित भएको सहभागीहरुको भनाई थियो ।
त्यस्तै विशिष्ट अतिथि कृष्णकुमार गिरीले सहमति, सहकार्य र एकताका हिमायती, निडर पुरुष गिरिजाप्रसाद कोइरालाले पु¥याएको योगदान इतिहासमा रहेको बताए । त्यस्तै नेपाल तरुणदलका जिल्ला अध्यक्ष टिका घर्तीले कोइलाले नेपालको राजनितिमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । प्रजातन्त्र लोकतन्त्रदेखि द्वन्द्वबाट आक्रान्त मुलुकमा माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौताले शान्ति स्थापना गरेको इतिहासको सहभागीले चर्चा गरेका थिए ।
नेपाली काँग्रेसका पूर्व पार्टि सभापति समेत रहेका कोइरालले काँग्रेसको संगठनलाई मजवुद गराउन उनको योगदान धेरै रहेको बताएको थियो । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र न ३ का सचिव शोभाखर सापकोटा, प्रदेश सदस्य मुक्तिप्रसाद न्यौपाने, जिपी फाउण्डेसनका नगर सचिव निमबहादुर केसी, डिल्लीराज धिताल, टोपेन्द्र रेग्मी, ओम वली, जिवलाल सापकोटा, गणेश बस्नेतलगायतले बोलेका थिए ।