Goraksha

National Daily

गाउँको अवस्थामा सुधार कहिले ?

युवराज शर्मा
सम्वत २०६१ समय थियो । गाउँमा माओवादी आउँछ भन्ने गर्छन् घरमा डर र त्रासले गाउँलेह खर्केमान थिए । चाडै खाना खाएर सुत्न जादा पनि ढोका ढकढकाउन माओवादी आउँछन् । खाना पकाएर खुवाउ भन्छन् । हामीहरु तपाईको सुविधाका लागि लडेका छौ भन्थे । गाउँमा गोरेटो र छोरेटो बाठो पनि थिएन । आफूलाई गर्न कठिनाई छ भन्दै थिए–लडाकुहरुसँग । लडाकुहरुले गाउँलाई सुन्दर आउँछौ भन्थे ।
गाउँका एकजना वृद्धले लडाकुहरुका कमाण्डरलाई सोधे–तपाईहरुले ज्यान फालेर के पाउने आशा गर्नु भा छ ? मलिनो अनुहार देखाउँदै लडाकुको कमाण्डरले भन्थे–हाम्रो लडाई सत्ता कब्जा गर्ने हो । देशमा परिर्वतन ल्याउने हो । उनको यस्तो कुरा सुनेर वृद्धले मुस्कुराउँदै भने–बाबु हो । लड्ने लडाकुहरु हुने, राज्य सत्ता कब्जा गरेर खानेहरु टाउके नेताहरु हुने छन् ।गाउँको अवस्थामा सुधार हुने छैन । हामीहरु हिजोका दिनमा पनि दुःख गाउँमा भोग्यौ, अहिलेपनि दुःखमा छौँ । मिठो खाने, राम्रो लगाउने हाम्रा दिनहरुफिर्ने छैनन् । जुन व्यवस्था आए पनि अवस्थामा परिवर्तन आउने छैन । गाउँलेहरु दुःखदुःखैमा बाच्नु परेको छ । समस्यामा छन् ।
नेपालमा दुरदरारमा भएका गाउँलेहरुको अवस्थामा परिवर्तन गर्छौ भन्ने माओवादी पनि तीन पटक सरकारमा गएको हो । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भए ।पहिलेको अवस्थामा व्यक्तिगत सुधार गरे । उनका मन्त्रीहरु कार्यकर्ताहरु र झोलेहरु मालामाल भए । त्यस्तैै भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि । उनी पनि पाँच पटक प्रधानमन्त्री भए । राज्य सत्ताको भागेर पनि सम्हाले । धनपैसा कमाए । प्रधानमन्त्री बनेका थिउ–केपी शर्मा ओली । उनको पालामा नेकपाको शासन पद्धति भलको ।
दुई तिहाई सरकारका प्रधानमन्त्री बने तर द्वन्द्वबाट आएको माहोवादी र स्व मनमोहन अधिकारीलाई स्थानमान बढाएको नेकपा एमाले आपसमा मिल्न सकेनन् । अन्तमा निर्वाचनको बखेत झिकेर नेकपा एमालेलाई फोड्ने, टुक्राउने र फुटाउने नेता भएका थिए–माधवकुमार नेपाल । उनलाई पार्टी अध्यक्ष बन्ने रहर लाग्यो । उनी प्रचण्डका पछि–पछि लागे । अन्तमा नेकपा (एकीकृत समाजवादी) नाम राखे पनि निर्वाचनबाट उक्त पार्टी राष्ट्रि पार्टी बन्न सकेन । दलहरुको क्षमता जाँच्ने र बुझ्ने काम नागरिकको हो । त्यस्तै भएको पनि पाउँछौ ।
नेपालको विकास गाउँबाट हुनुपर्छ । गाउँको विकास गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारको सोचाई एउटै धारमा जानुपर्छ तर त्यस्तो सोचाई पाइन्न । यस्तो देखिनु मुख्य कारण अधिकार केन्द्रीकरण भयो । सिंहदरबार केन्द्रित कार्य भएपछि गाउँको विकास स्थानीय सरकारबाट नागरिकले सिफारिस मात्र पाए । सिंहदरबार गाउँ–गाउँमा पुग्छ भन्थे । त्यस्तो भएन, देखिएन । गाउँको अवस्थामा सुधार भएन । गाउँको विकासका लागि यातायात चल्ने सडकको निर्माण भएनन् । डोको पिठ्यूमा रोकेर सामानहरु बोक्नु पर्ने मानिसको अवस्था छ । गाउँमा खानेपानीका धारा छैनन् । जहाँ मूलको पानी खान्छन् । त्यो धारालाई व्यवस्थित बनाइदिन पनि जनप्रतिनिधि सफल छैनन् ।
प्राकृतिक पानीका स्रोतहरु धेरै छन् । पानीका लागि दोस्रो धनी देश विश्वमा छ तर व्यवस्थापन सरकारी पक्षबाट बन्न सकेको छैन । पानी फिल्टरको आवश्यकता छ । त्यसको व्यवस्था हुन सकेको छैन । गाउँमा विद्युत अर्थात् बिजुली बत्ती पुग्न सकेको छैन । सल्लाको दियालोमा उज्यालो देख्नु परेको छ तर सङ्घीय सरकार भन्छ–विद्युतलाई बेचेर धन कमाइयो । प्रतियुनिट रु. आठमा भारतलाई बेच्ने र नेपाली गाउँलेहरुलाई प्रतियुनिट रु.१६ मा बेच्ने गर्छ भने भारतबाट खरिद गर्दा प्रतियुनिट रु१६ मा खरिद गर्छ । नेपाली गाउँलेलाई अध्यारो बनाएर विद्युत बिक्रीलाई आयवृद्धि भन्नु गाउँलेहरुलाई मुर्ख बनाएको सरकारी देखिन्छ ।
अहिलेसम्म गाउँलेहरु अन्धकारमा छन् । कति गाउँघर अन्धकारमा छन् । त्यसको अभिलेख कतै पाइन्न । यसरी सडक, खानेपानी विद्युत जस्ता विषयहरुमा सरकारको ध्यान गएको पाइन्न । गाउँलेहरु खेतीपाती र पशुपंक्षी पालन गर्ने गर्छन् । उनीहरुलाई सिँचाइ गर्ने कुलाहरु पक्कि हुनुपर्छ । साथै खेती गर्ने जमिन अनुसार आवश्यक पर्ने रासायनिक मल उन्नत बिउबिजन रोगको उपचार गर्ने ओखती र उचित उपकरणहरु पैसा तिर्दा पनि समयमा पाउन नसकेको अवस्थ छैन । यस्तो परिस्थितिमा सरकार फेरबदलमा नेताहरु रमाइरहेका छन् ।
भाषण गर्दा भन्छन्–हामीहरु कृषि प्रधान देशका मानिस हौ । खेतीपातीमा रमाउँछौ तर किसानले उत्पादन गरेको बस्तुहरुलाई उचित मूल्य निर्धारण समयमा सरकारले गर्दैन र बिक्री व्यवस्था पनि गरिदिँदैन । यस्तो अवस्थामा गाउँको सामाजिक र आर्थिक सुधार कसरी हुन्छ ? यस्ता विषयमा जनप्रतिनिधिहरु मौन बस्छन् । उनीहरु नेतृत्व वर्गसँग बोल्न डराउँछन् ।
२०६४ साल अघि गाउँलेहरुका घर–घरमा लुकेर बस्ने गरेको दल हो, नेकपा माओवादी । जो अहिले माओवादी केन्द् बनेको छ । जसको नेतृत्व २०५२ सालदेखि पुष्पकमल दहाल प्रचण्डले गरिरहनु भएको छ । सत्तामा पुगेर अहिलेसम्म तीन पटक कार्यकारीणी प्रधानमन्त्री भए पनि गाउँको किसान वर्गको उत्थान हुन सकेन, उखु किसान होस् अथवा दुग्ध व्यवसायी होस्, तरकारी व्यवसायीदेखि कुखुरा पालन किसान नै किन नहोस् कुनै पनि व्यवसायीले सन्तोषको वातावरण छैन ।
यस्तो अवस्थाले किसान वर्गमा निराशा गर्छन् तर भ्रष्टाचार मानव बेचबिखन, जग्गा हडप्ने कार्य, नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने गिरोहहरु, भ्रष्टाचारी र तस्करी वर्गको विकास भयो । किसान वर्गको खेतीपाती गर्ने व्यक्तिलाई सत्तामा पुगेर पनि सम्झना भएन । उनीहरुको जीवनस्तर उठ्न सकेन । ओरालो लागिरहेको छ । गाउँको विकासमा सरकारी ध्यान जति पुग्नु पर्ने हो, त्यसमा खासै प्रगति भएको छैन ।
नेपालको राजनीति पनि लाजनीति भएको छ । यसमा राजनीतिक दलहरुका जिम्मेवार पदाधिकारीहरुबाट सेवाभाव देशप्रति बन्न सकेन । गाउँको सुधार भएन । गाउँलेहरु भन्छन्–गाउँको विकास सामाजिक, आर्थिक, शैक्षिक विषयमा चिन्तन गर्ने र सुधार गर्ने सरकार कहिले बन्ला ? यस्ता विषयहरुको राजनीतिक सुधार हुन सकेको छैन । एक अर्कालाई गालीगलौज गर्ने नेतृत्व वर्गको कमजोर मानसिकता बनेको छ ।