वान टु वान सहमतिको सरकार

सुभाष न्यौपाने
वान टु वान सहमतिको सरकार बनेको छ नेपालमा !
नेपाल, भारत र चीन सहमतिको आधारमा !!
नेपालका वामपन्थी एजेन्ट भए र अका !
चीन र भारतभित्र भए त्यसका समर्थक !!
एक्ला एक्लै वार्ता गरी सहमति जनाउने !
सरकार जसले बनाएनी प्रभुकै गुण गाउने !!
ओली प्रचण्ड दुवै रहेछन् एजेन्ट र अका !
यिनलाई नेता मान्ने कि कुपुत्र नेपालका !!
करिब एक दशक अगाडिको कुरा हो, नेकपा एमालेका अध्यक्ष वर्तमान गठबन्धनका डिजाइनर केपी शर्मा ओलील भारतीय गुप्तचर संस्थाका प्रमुख नेपाल आउँदा नेपालका कम्युनिष्ट नेताहरुलाई आफ्ना प्रभु र अ का प्रमुसँग परिचय गराएको घटना अहिले पुनः स्मरण भएको छ । यस विषयमा सामान्य नागरिकलाई खासै जानकारी नभए पनि कम्युनिष्ट पार्टीका कार्यकर्ता र सञ्चारकर्मीहरु भने पक्कै अनविज्ञ छैनन् ।
गठबन्धनका दलहरु बिचको आन्तरिक सहमतिको कारण गठबन्धन जोडिनु र तोडिनुप्रति जनताले अध्ययन गर्लान् तर खासै वास्ता गर्दैनन् । पछिल्लो समयमा आएर नेपाली कांग्रेससँगको गठबन्धनलाई विभिन्न कारण र असहमति जनाउँदै गठबन्धन तोडेर नेकपा एमालेसँग वाम वृहत गठबन्धन गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई सहज रुपमा स्वागत गर्ने नेता नेकपा एमालेका अध्यक्ष दुवै भारतीय गुप्तचर संस्था र अका प्रमुख नेपाल एजेन्ट रहेको कुरा सर्वसाधरण नेपालीले पनि स्पष्ट देखे बुझे थाहा पाए । अब भन्नुस यिनीहरुलाई नेपाली राजनीतिका महान नेता मान्ने कि मुलुक विरोधी एजेन्ट मान्ने ?
राजनीतिका नाममा आफ्नो देशलाई विदेशी प्रमुखहरुको इसारामा हसाउने, चलाउने र नचाउने ? नेपालको सरकारको गठन र सञ्चालन त नेपाली जनताको आसय अनुसार हुनु पर्ने हो तर जनताको अस्तित्व र राष्ट्रियतालाई विदेशी प्रमुखहरुको पाउमा उनीहरुकै इसारामा चलाउन तिमीलाई मेन्डेर दिएका हुन् ? गठबन्धन त चाहे कांग्रेससँग गर, चाहे कम्युनिष्ट–कम्युनिष्ट बिच गर त्यसमा जनतालाई वास्ता छैन तर तिमीहरु सहमति गर वा गठबन्धन गर तर नेपाली जनताको मतको आसय अनुसार सरकार गर । विदेशी प्रभुको इसारामा बजाइएको मादलको तालमा नाच्ने कोशिस नगर । उनीहरु नाँच भनेको ड्रमसेटको तालमा नाचिने डिस्को हो भने नेपालीहरुको नाँच् भनेको मादल र बाँसुरीको तालमा नाचिने झ्याउरे र सोरठी हो ।
तिमीहरु डिस्को नाचेको सुहाउँदैन, तिमीहरु त झ्याउरे र सोरठी नै हो । पूर्ण वाम गठबन्धनको नयाँ सरकार नेपालमा गठन भएसँगै भारतीय गुप्तचर विभाग र अका पूर्ण प्रमुखले सार्वजनिक रुपमै भनिसकेको यो सरकार भारत र चीनको साझा चाहना अनुसार बनेको हो, यसमा कोही पनि बाधक बन्न सक्दैन । यदि कसैले भारतको विशेष चाहना अनुसार बनेको सरकार हो, यसको विरोध गर्नु भनेको भारतको विरोध गर्नु हो । यदि जो कोहीले पनि भारतको विरोध गर्छ भने त्यो मान्छे संसारको जुनसुकै कुनामा भए पनि जिन्दा रहन सक्दैन । उनले वर्तमान वाम गठबन्धनमार्फत् राज्य सत्ताको नेतृत्व गर्न पुगेका नेता पुष्पकमल दहाललाई सम्बोधन गर्दै भनेका छन् उनी हाम्रो सहमतिको उमेदवार हुन् । नेपालीले आफ्नो देशको नेता आफ्नो प्रधानमन्त्री मानिरहेको व्यक्ति अर्काको देशको एउटा जासुसी निकायको प्रमुखले भन्छन् प्रचण्ड त हाम्रो चाहना अनुसार नयाँ गठबन्धन तयार गरेर प्रधानमन्त्री बनेका हुन् । अब भन्नुस नेपालीले प्रचण्डलाई नेपालको प्रधानमन्त्री भन्नेकी र अको ?
त्यतिमात्र कहाँ होर एमसिसी परियोजनासँग त्रसित रहेका नेपाली जनता त्रासमुक्त हुन् नपाउँदै वर्तमान नयाँ गठबन्धन सरकार जो भारत र चीनको प्रत्यक्ष चाहनामा गठन भएको छ त्यसले नेपालमा विआर आई प्रोजेक्ट पनि भित्र्याउने सहमतिमा समेत गठन भएको भन्ने बुझिन्छ । एमसिसी युक्त छटपटाहटको पीडामा समुल्ति रहेको नेपाली जनतालाई विकासको नाममा विआरआई युक्त धम्की पनि थप खेप्नु पर्ने विकराल परिस्थितिको सामना गर्नु पर्ने तथा विकासको नाममा अशान्त युक्त विभिन्न अवरोह खेप्नु पर्ने देखिन्छ । नेपालमा एमसिसि परियोजना लागु गर्नुपर्छ भनेर सरकारमा प्रस्ताव पेस गर्ने प्रधानमन्त्री केपी शर्मा ओली हुन् भने उनकै कम्युनिष्ट बहुमतको सकारको नेतृत्व गरेको बेला नै ओलीलले एमसिसि परियोजना सदनबाट पास गराउने चाँजोपाँजो मिलाउने प्रयास पनि गरेका थिए ।
अहिले आएर सरकारको नेतृत्व प्रचण्डले गरेको भए पनि घटनाका परिवेशअनुसार सत्ता वागडोर ओलीकै हातमा रहेको बुझिन्छ किनभने उनी र अका नेपाल हेर्ने विशेष प्रतिनिधि हुन् भन्ने वर्तमान गठबन्धन सरकारको स्वरुप र प्रकृतिले बताइरहेको छ । जसको फलस्वरुप नेपालमा छिट्टै विआरआई परियोजना नेपालमा भित्र्याउन सक्ने सम्भवना प्रवल देखिन्छ । भारतीय गुप्तचर विभागका पूर्व प्रमुखले नेपाल आएको बेला भनेकि यो सरकार भारत र चीनको चाहना अनुसार नै गठन भएको बलियो वाम गठबन्धन युक्त सरकार हो । यसै सरकारमार्फत् नै नेपालमा विआरआई परियोजना पनि नेपालमा भित्र्याउने बारेमा पनि सुक्ष्म जानकारी गराएका छन् ।
यसै सन्दर्भमा उनले भनेका छन् भारत विरोधी गतिविधि प्रदर्शन गर्ने कुनै पनि व्यक्ति वा सङ्गठन होस् त्यसले नेपालमा मिर्जालगायतका व्यक्तिले भोगेको जस्तो परिणती भोग्नु पर्ने छ भनेर च्यालेन्ज समेत दिएका छन् । अब भन्नोस् यो देशको राजनैतिक गतिविधि कसरी कुन मोडमा मोडिएला ? सिंहदरबारको अगाडिबाट उनले यसरी ढँकाई रहँद्या हाम्रा नेता तथा सासकहरु मुकदर्शक बन्दै ताली बजाएर हेरिरहन्छन् । नेपालमा एमसिसि युक्त हाउँगुजीले प्रवेश गरिसकेको यो अवस्थामा विआरआई परियोजना पनि भित्र्ने डरले नेपाली जनताको सातो गइसकेको छ । यदि उनीहरुकै चाहना अनुसार नेपालमा राज्य, सत्ता सञ्चालन गर्ने र आर्थिक गतिविधि पनि त्यही अनुसार सञ्चालन गर्ने हो भने किन नेपाली नेताहरुको नेपाली नाम किन राख्नु प¥यो ? उनीहरुको नाम चाइनिज अथवा भारतीय भाषा र शब्दावली अनुसार राखे राम्रो हुने ।
नेपाली कांग्रेससँगको सत्ता गठबन्धनको सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले जति नै नेपाली कांग्रेसले महासमितिको गोदावरी सम्मेलनमा हिन्दुराष्ट्र नेपाल भने विषयमा बहुमत महासमिति सदस्यहरुले हस्ताक्षर गरेको विषयलाई रोयोको पहाड बनाएर कांग्रेससँगको सत्ता गठबन्धन तोड्नु परेको भन्ने कुरा बतायो । त्यो त सरासर झुट थियो भने नेपाली कांग्रेसलाई लगाएको मिध्याआरोप मात्रे थियो । त्यसले पनि नेपालमा यदि हिन्दुराष्ट्रको एजेन्टा कुनै राजनैतिक दलले उठाउँछ भने नेपाली कांग्रेसलाई राजनैतिक घाटा केही पनि छैन । केवल सत्ता गठबन्धन फेर्नुको कारण त दुई छिमेकि प्रभुहरुको आदेश र निर्देशन पालना गर्नु हो । जसको विश्वसनियताको लागि फोडेर देखाएको मात्र हो ।
प्रचण्ड नेतृत्वको सरकार गठबन्धनको सरकार भनिए पनि प्रचण्ड चाहीँ दुई छिमेकिहरुसँग चोचो, मोचो मिलाएर उनले जे भन्छन् त्यही मानेर सत्ता लम्बाउने आलपूर्ण चाल हो, यसमा जनतालाई कुनै दुविधा छैन । उनले नेपाली कांग्रेसलाई लगाएको आरोप हिन्दुराष्ट्र नेपाल त नेपाली जनताको लागि सकारात्मक सचेतनाको विषय बनेको छ, आध्यात्म राष्ट्रको अवधारणा विषय बनेको छ । हरेक आवधिक निर्वाचन पश्चात गठन भएका जुनसुकै सरकार गलत नै गठन भए पनि नेपाली जनताले उक्त गठबन्धनलाई केही हदसम्म आवश्यकता पनि मानेका छन् भने हाम्रो संविधानको मर्म पनि त्यस्तै रहेको छ तर यहाँ त हरेक सरकार गठन पश्चात गरिएका नयाँ गठबन्धन तथा समीकरणहरु नेपाल र नेपालीको चाहना विपरित गठबन्धनकारीहरु गएको देखिन्छ ।
स्वभाविक सरकार गठनमा भएका सहमतिका विरुद्ध गठन गरिएका नयाँ समीकरणहरु आजसम्म मुलुक र मुलुकबासीको हितमा भएको देखिँदैन । जसको कारण नेपालमा राजनैतिक अलपत्रता र आर्थिक वितन्डी आउनुको साथै मुलुकमा तस्कर र भ्रष्टाचारको सञ्जाल बलियो बन्दै गइरहेको देखिन्छ । राजनैतिक दलहरुको अपवित्र गठबन्धन अर्थात् मुलुक खाने गठबन्धन जति बढ्दै जान्छ उति–उति मुलुक ध्वस्त पार्ने नीति मुलुकमा हावी हुँदै जान्छ । तिनै कारणले विदेशी प्रभुहरुको स्तुती बढ्दै जान्छ, मुलुकको राष्ट्रियतामा खलल आउँछ भने राष्ट्रियता लरखराउँदै ढल्न सक्छ । अर्थतन्त्र डामाडोल हुँदै जान्छ जसको कारण मुलुक परनिर्भर र पराजीवि भएर बाँच्नु पर्ने हुन्छ चने सधैभरी विदेशी प्रभुको स्तुतीगन गराउनु पर्ने बाध्यता हुन आउँछ ।
वान टु वान सम्वाद गरेर होस वा टु वाई टु को सम्वादमा होस् हुँदा खाँदाको कुनै पनि सहमतिको विकल्पमा नयाँ सहमति खोज्नु र कार्यान्वयनमा जाँदा जनतामा सकारात्मकताको आभाष हुनु पर्नेमा अहिलेको नयाँ गठबन्धनले त्यो आभाष दिन सकिरहेको छैन । किनभने पहिलेको गठबन्धनमा पनि सरकारको नेतृत्व प्रच्ण्डले नै गरेका थिए भने नयाँ गठन भएको सरकारको नेतृत्व पनि प्रचण्डले नै गरेका छन् । यसबाट पनि जनताले के बुझेका छन् भने जोगि उनै हुन् झोली र कमाण्डलु मात्र फेरिएका हुन् भन्ने जनताले बुझिसकेकाा छन् । झोली र कमण्डलु भनेको त जोगीले जोगीका लागि महत्वपूर्ण भिक्षा पात्र हुन् । यसलाई जनता यसरी बुझ्छन् कि भिक्षापात्र फेरिनुको मतलब त कि त झोली र कमण्डलु चुहिने चुहिने भए यता त झोली र कमण्डलु साना भए ।
भाँडो सानो भएको भए त्यसले मागेको भिक्षा त्यसमा अटाएन भन्ने बुझाउनु पर्छ भने भाँडो चुहिनुको अर्थ हो मागेको भिक्षा त्यस भाँडोमा अडेन । यी शब्दको अर्थ नेपाली जनताले बुझिसकेका छन् । हिजो नेपाली कांग्रेससँगको गठबन्धनमा मन्त्रीपरिषदबाट तिन हजारभन्दा माथिको संख्यामा रहेका आफ्ना विभिन्न तहका अस्वस्थ अपाङ्ग कार्यकर्ताहरु जो माओवादीबाट विचलित भइरहेका थिउ उनीहरुलाई सहिद घोषणा गरेर समेट्ने काम गरेका छन्, आफ्नो घट्दो जनाधरलाई सम्मानपूर्वक समेट्ने कार्य गरे । त्यस्तै दशलाख रुपैयाँ घोषित रकम अब हेर्दै जानुस् वर्षमान पुनले तुरुन्तै निकासीको व्यवस्था मिलाउने छन् । हिजो सहित घोषणा गर्दा नेपाली कांग्रेस मुखमा लड्डु हालेर बस्यो, अब रकम निकासी गर्ने बेला ओली बाले उखान टुक्का हालेर बस्ने छन् ।
मुलुकले उत्पादन गरेर बाँड्नु पर्ने भए पो पुग्दैनकि भन्ने शंका हो । ऋणबाटै कारोबार गर्नेलाई केको चिन्ता ? मुलुकका नाममा आउने ऋण त होनी । मुलुककै नाममा थपिन्छ ।यी सबै गतिविधिहरु मुलुकका निमित्त घातक छन् । जतिपटक जसरी जुट्ने र फुट्ने गरेर बनेका जतिपनि सरकार छन् आजसम्म ती सरकारहरु जनपक्षीय सरकार बन्न सकेका छैनन् । ती सरकार जनपक्षीय सरकार बन्न सकेनन् । ती सरकारले न त जनताको समस्या समाधान गर्न खोजे न त जनसमस्यालाई समाधान गर्न खोजे । जतिपटक जुनसुकै गठबन्धनका सरकार बने पनि ती सरकारले सगरमाथा ढाक्ने हिउँलाई भ्रष्टाचारले ढाक्ने अवस्थामा पु¥याए भने बुद्धको शान्तिको देशलाई गुमनाम नेपाल बनाइसके । अब भन्नुस् दलहरुको गठबन्धनको सरकारले त मुलुकमा क्षति न्यून गर्लाभन्दा मुलुकलाई क्षेतविक्षत बनाइरहेको छ । हाम्रा सुप्रिमोलाई सहिद घोषणा गरेर राहत बाँडेर हिजो सशस्त्र युद्धमा परेर बनेका घाइते अपाङ्गहरुलाई आफूतिर तान्ने काम गर्नेछन् ।
ओलीका शान्त र खुसी मुद्रामा चिया वगान सेयर गर्ने छन् । नयाँ गठबन्धन गर्नलाई वान टु वान वार्ताबाट सहमति भएको होस् वा टु वाई टु वार्तामा सहमति भएर गठन भएर बनेको सरकार भए तापनि यस सरकारले शान्ति र समृद्धिको पक्षमा कुनै काम गर्न सक्ने सम्भाव देखिँदैन । नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई हठात लत्याएर नेकपा एमालेलगायतका दलहरुसँग नयाँ गठबन्धनको सरकार गठन गरेर विश्वासको मत माग्ने क्रममा नेपाली कांग्रेसले आफूसँग भएको सहमतिलाई हठात तोडेर मुलुकलाई नयाँ भडखालोमा हाल्न जाने प्रचण्ड नेतृत्वको धोखेबाज सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिँदैन, दिँदैन अन्य गठबन्धनमा सहभागि हुन पुगेका राजनैतिक दलहरुले पनि विश्वासको मत दिनु आफैप्रतिको धोका हो, अविश्वास हो भन्ने विचार सदनमा नेपाली कांग्रेसका महामन्त्री विएवम् माननीय विश्व प्रकाश शर्माले सदनमा व्यक्त गरेको अभिव्यक्तिलाई कसले अस्वीकार गर्न सक्दैन । यस विषयलाई भोलि एमालेलगायतका दलहरुले पनि महसुस गर्ने छन् ।
अहिले त एमाले ०७९ पोष १० को घटनाको प्रत्युत्तरमा ०८० फागुन २२ घटाएको पनि हुन सक्छ, तर यति काम गरिरहँदा नेकपा एमालेले बुझ्नु पर्ने कुरा प्रचण्डले स्वभाव अनुसार हिजोको नेकपा विघटनको घटना नदोहरियोस् । भर्खर मात्र २९ फागुनमा भएको राष्ट्रिय सभाको निर्वाचनमा नयाँ गठबन्धनतर्फका उम्मेदवार नारायण दहाल निर्वाचित भएका छन् ।
उनी नेकपा माओवादी केन्द्रका तर्फबाटका उम्मेदवार हुन् । उनले राष्ट्रिय सभामा सहभागि ५६ सांसद मध्ये एकजना सांसद तटस्थ रहेका थिए भने ३९ सांसदहरुले दहालको पक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत परेको थियो । यो हार र जितको लागि परेको मत हो । यस अवस्थामा नेपाली कांग्रेसले बहुचर्चित सिखण्डि उम्मेदवार कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउनु पर्ने थियो, त्यो चाहीँ कांग्रेसको गल्ती हो । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पनि प्रतिनिधि सभामा सरकारको पक्षमा विश्वासको मत पाएका छन् ।
सदनमा उपस्थित २६८ सांसदमध्ये प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले १५७ मत प्राप्त गरेर विजयी भएका छन् । अब हेरौ यिनको राजनीति र सरकार कसरी अगाडि बढ्छ ? जनताले बुझेको कुरा के छ भने हिन्दुराष्ट्र नेपालको विरुद्धमा गठबन्धन फेरिएर बनेको गठबन्धनको सरकार पक्कै पनि नेपाल र नेपालीको सरकार न हुन सक्छ । विश्वासको मत माग्ने क्रममा सदनलाई सम्बोधन गर्दै गर्दाको अवस्थामा प्रधानमन्त्रीको प्रस्तुतीशैली र प्रधानमन्त्रीको मुद्राले जनमानसमा कस्तो सन्देश दिन्छ होला ? सिंह बनेर गर्जन प्रचण्डलाई उतिबेलाको आफ्नो प्रस्तुती र विषयबारे जानकारी पनि नहुन सक्छ । म सदनमा कसरी उभिरहेका छुँ र बोलिरहेको छुँ भन्ने कुरा तिम्रो धरीखाँबो ओली बालाइृ सोध्नु कि म सदनमा कसरी प्रस्तुत भएको थिएँ भनेर ?