शिवराज खनाल
लमही,१० चैत्र । लमहीमा रहेको कृपा पोलिकिल्निक एन्ड मेडिकलहलले लगडाउन अबधि भर निशुल्क सुगरको चेकजाँच गर्ने भएको छ ।
कोरोना भाइरसका कारण समस्यामा परेका व्यक्तिहरुका लागि निशुल्क सेवा दिन थालेको हो । लकडाउनको अवधिभर विहान साढे सात बजेदेखि दिउँसो १२ बजेसम्म निशुल्क सुगर चेकजाच सेवा दिन सुरु गरेको कृपा पोलिक्लिनिक तथा मेडिकल हलका संचालक प्रकाश आचार्यले जानकारी दिएका छन ।
कोभिड–१९ का कारण देशमा लकडाउनसंगै दैनिक काम गरेर छाक टार्ने मजदुरहरुले काम गर्न नपाइरहेको र यस सङ्कटको अबस्थामा उनीहरुको स्वास्थलाई मध्यनजर गर्दै निशुल्क सेवा सुरु गरेको उनले बताएका छन ।