दाङ, १० वैशाख । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस मनाएको छ । २२ अप्रील १८७० मा भोल्गा नदिको नजिक रुसमा लेनिनको जन्म भएको थियोे ।
२००६ साल बैसाख १० गते लेनिनको जन्मदिन पारेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । अहिले कम्युनिष्ट पार्टी विभिन्न चिरामा भएपनि सबैको स्थापना यहि हो । अहिलेको असहज परिस्थितिका कारण भौतिक रुपमा साथै रहेर कार्यक्रम गर्न नसकेका बेला राष्ट्रिय जनमोर्चाले भिडियो कन्फरेन्समार्फत कार्यक्रम गरेको हो ।
राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर अध्यक्ष हरि खरेलको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले लेनिनको जन्म र जिवनीको बारेमा प्रकाश पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको बर्तमान अबस्थाको बारेमा जानकारी गराएका थिए ।
उनले बर्तमान नेकपाको सरकार कम्युनिष्ट ब्यबस्थाको सारथी होइन बाधक भएको कुरा बताए । उनले अहिलेको प्राकृतिक बिपत्तिको बेला पनि विभेद गरेको र ठिक ढंगले बिपत्ति सामना गर्न लाग्न नसकेको कुरा बताएका थिए । त्यसै गरि अहिलेको कोरोना भाइरसको कारणले कामदार र कमजोर आर्थिक अबस्था भएका जनताको सहयोगी बन्न सम्पपुर्ण नेता कार्यकर्तालाई अनुरोध गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुवेदी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला सदस्य रामप्रसाद पोख्रेललगायतले मन्तव्य राखेका थिए । राष्ट्रिय जनमोर्चा घोराही १४ का अध्यक्ष नारायण खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर उपाध्यक्ष मनिराम खनालले गरेका थिए ।