नयाँ गठबन्धन र देशको भविष्य

सुभाष न्यौपाने
सत्ता गठबन्धन भत्कियो बाहिरिन पुग्यो कांग्रेस !
कम्युनिष्ट एक भए खल्यो नयाँ जनदेश !!
फागुन सातदेखिको गोदावरी सम्मेलनमा !
हिन्दुराष्ट्र हावी भयो प्रस्तुत एजेण्डा मध्येमा !!
प्रचण्डलाई खलबलायो सलबलायो हिन्दु राष्ट्रले !
माधव नेपालको नाम सुन्नै सक्दैनथे ओलीले !!
माधव नेपाललाई रोक्ने ओलीको चाहानाथ्यो !
हिन्दु राष्ट्रको नारा प्रचण्डलाई बहाना भयो !!
हिन्दु राष्ट्र बनाउने जनता छन् जनार्दन !
ॐनमःशिवाय, नारायण हरोहर !!

कम्युनिष्ट पार्टीकै अनुरोधमा गठन भएको कांग्रेस कम्युनिष्ट बिचको गठबन्धन डोरी असिसाल फाल्गुन २१ गतेबाट चुडिएको छ । चौहत्तर सालको गठबन्धन मुक्त निर्वाचन पश्चात प्राप्त मतको आधारमा गठन भएके बहुमतको सरकार स्वयम् कम्युनिष्टको आफ्नै खैयाका कारण विघटन हुन पुगेको थियो । एक नम्बर अध्यक्ष पनि आफै प्रधानमन्त्री पनि आफै भएर हामीलाई पेल्नु पेले शेरबहादुर जी हामी तपाईलाई सहयोग गर्छौँ सत्ता सम्हाल्नु प¥यो भन्न शेरबहादुर देउवासँग अनुनय विनय गर्न सन्चेस्वर लिएर प्रचण्ड माधव नेपाल, झलनाथ खनाल सहित दलबल लिएर पुगे ।

त्यसको लगत्तै नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सदन विघटन गर्दै निर्वाचनको मिति समेत तोक्न पुगे । त्यसका विरुद्धमा कांग्रेस माओवादी, समाजवादी आदि दलका नेताहरु संविधानको सर्वोच्चता हनन् भयो । सदनको अस्तित्व हरण भयो भन्दै सदन पुनः स्थापित गरिपाउँ भन्दै सर्वोच्च अदालतसम्म पुगे । चित्तै रह्यो, धर्मै रह्यो भने झै सर्वोच्चले पनि संसद पुनः स्थापित गरिदियो, प्रधानमन्त्री पदमा ओली नै कायम रहे । त्यतिबेलासम्म एमाले र माओवादीलाई आ–आफ्नो कित्तामा फर्काइसकेको थियो, सर्वोच्च अदालतले । जसको कारण सकार नेकपा एमालेले चलाइरहेको थियो भने नेकपा माओवादीले आफ्नो विश्वासको मत फिर्ता लिइसकेको थिएन ।

हुँदै जाँदा त्यसको करिब डेढ महिनापछि केपी शर्मा ओलीले दोस्रो पटक फेरि सदन विघटन र निर्वाचनको मिति अनुमोदन गरिपाउँ भन्ने निेवदन लिएर शितल विनास वियाकुरीमा रातको बाह्रबजे पुग्दा एक हातमा छाप र एक हातमा कलम लिएर बालुवाटारबाट आएको पत्रलाई अनुमोदन गर्न यिाकुरीमा विद्या तयार भएर बसेको थिएन । शितल निवासमा चौध सेकेण्ड पनि लागेन ओलीको निवेदन अनुमोदन गर्न । केही थोरै नेता तथा कर्मचारीले मात्र थाहा पाए मुलुकको सदन र सरकार विघटन भएको कुरा जुन विषयको बारेमा आम नागरिकले भोलि बिहान मात्रै थाहा पाए ।

ओलीको अधिनायकवादी शैलीको विरुद्धमा हामी एकजुट भएर प्रतिपाद गर्नु प¥यो भनेर शेरबहादुरको नेतृत्वमा अधिनायकवादका विरुद्धको आन्दोलनमा केन्द्रित हुन पुगे । त्यसै क्रममा माधव नेपाल र प्रचण्ड एउटा कित्तामा उभिएर पार्टीको नेकपाको केन्द्रीय कमिटीमा बहुमत आफूसँग रहेको भन्दै केपी ओलीलगायतका केही नेताहरुलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी पार्टी–पार्टीबाट बर्खास्त गर्छन् भने त्यस्तै खालका पार्टीको केन्द्रीय कमिटीको बैठक बसाएर पार्टी अध्यक्ष एवम् तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल झलनाथ खनाललगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गर्छन् र आफू अध्यक्ष रहेको नेकपा आधिकारिक ररहेकोले आफ्नो नेतृत्वको नेकपालाई आधिकारीकता प्राप्त गरियोस् भन्दै सर्वोच्च अदालतसम्म हारगुहार गर्न पुगे ।

केपी ओली प्रधानमन्त्री नै रहेको कारण अन्य सबै नेताहरु पदीय प्रभावको कारण आफू अनुकुल फैसला नहुने कुरामा अलि बढी विश्वस्त पनि भए । यसको चाँजोपाँजो सबै मिलाउने जिम्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्ड माधव नेपाललगायतका नेताहरुले दिए । सोहीअनुसार शेरबहादुर देउवा र चोलेन्द्र शम्शेरको आपसी सहमतिबाट दोस्रो चरणको सदन विघटन गर्दाको फैसला आएको अनुमान सबैले गरेका छन् । यदि शेरबहादुरले त्यस विषयमा वास्ता नगरेको भए नतिजा के आउँथ्यो के आउँथ्यो । प्रचण्ड र माधव नेपालको हड्डि पिसाई गर्थे ओलीले । न त प्रचण्ड माओवादीको नेता बनेर नेतृत्व गर्न पाउँथे, न त माधव नेपालले समाजवादीको यिनीहरु नेकपा भन्ने पार्टीबाट न त हैसियतले छुट्टिन पाउँथे, न त पार्टीमा सुख मनले नेता बनेर बस्न पाउँथे । प्रचण्ड र माकुनेलाई ओलीको पेलाईबाट सुखमन उन्मुक्ति दिलाएर हैसियतको नेता बनाएर राख्ने नै शेरबहादुर हुन् । प्रच्ण्ड र माकुनेलाई यापना मात्र राखेर पुजा जति सबै आफ्नो गराउने अवस्थामा ओलीले नेकपालाई पु¥याइसकेका थिए । यस्तो अवस्थाबाट प्रचण्ड र माकुनेलाई सुरक्षित अवस्थामा अवतरण गराउन हर सम्भव प्रयास गरेका शेरबहादुर देउवाले भनौ या नेपाली कांग्रेसले गठबन्धनप्रति कुनै अन्याय गरेको देखिँदैन ।

कोशी प्रदेशको राष्ट्रिय सभाको निर्वाचनको नतिजाले के देखाउँछ भने त्यहाँ कांग्रेस एमालेका बिचमा गठबनधन भएको पुष्टि हुन्छ । किनभने त्यहाँ कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन्, घटना स्पष्ट छ । कोशी प्रदेशको राष्ट्रिय सभाको निर्वाचन र कांग्रेसको गोदावरी भेलामा उठेको हिन्दुराष्ट्रको एजेण्डा त्योत प्रचण्डको देखाउने दाँत मात्र हो । गठबन्धन कै कारण शेरबहादुरले उक्त एजेण्डा महासमितिको भेलामा छलफलको लागि पेस गर्न अनुमति दिएनन् । हिन्दुराष्ट्रप्रतिको मेरो धारणालाई न त शेरबहादुरले रोक्न सक्छन् न त प्रचण्डले नै त्यो त मेरो व्यक्तिगत अधिकार हो । चोरसँग मिलेपछि चोरको अनुशासन पनि पालना गर्नुपर्छ भन्ने मान्यताले गर्दा नै प्रचण्ड, नेपाललाई अस्तित्वमा राख्नकै लागि पनि चुनावी सरकार गठन गर्ने अवस्थामा शेरबहादुर विवादमा तानिए, गजेन्द्र हमाल प्रकरणमा प्रचण्ड माधव नेपाल हाम्ीलाई ओलीले पञ्जाबाट मुक्त गराउन शेरबहादुर नै चाहिन्छ भन्दै प्रतिपक्षी बनेर सुतेको शेरलाई ब्युँताउन गएपछि शेरले उनीहरुको सुरक्षाको ग्यारेन्टि दिएर सुरु गरेको सुरक्षा अभियान मात्र हो गठबन्धन ।

हरेक विषय र प्रशंगमा अनुशासन जोडिएको हुन्छ, जो सबैले पालना गर्नुपर्छ । कुनै पनि संगठन बिच भएको सहमति भाडिए पछि राजनैतिक अस्थिरताको वातावरण सिर्जना हुनु कुनै अनौठो र नौलो हैन । यसैबिचमा चर्चामा आएका विषय हुन् नेपाली कांग्रेसले अब केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरौँ यो गठबन्धनलाई पनि भत्काइ दिउँ । झ्वाट्ट हेर्दा आक्रोस पोखेको जस्तो लागे पनि यो विषय नेपाली राजनीतिमा स्वभाविक र आवश्यक पनि हो । यो मुलुकका कुनै पनि खालको अतिवाद हावी हुन् दिनु हुँदैन । यहाँ अहिले मुसो बनेर बस्ने सिंह बनेर क्लिने प्रवृति नेपाली राजनीतिमा नेकपा माओवादीको देखिएको छ । यो मुलुकमा जुनसुकै खालको गठबन्धन भए पनि नेकपा माओवादीको नेतृत्वमा सरकार गठन हुँदासम्म प्रतिसोध साध्नेभन्दा अरु कुनै काम हुन सक्दैन ।

उनीहरुले जति नै विकास निर्माण र शिक्षा स्वास्थ्यसहितको रोजगारका कुरा गरे पनि उनीहरु कांग्रेस एमालेको आन्तरिक तथा बाह्य जनमत देखेर अलि आत्तिने र आकंकित हुने गर्दछन् । उनीहरु नारा मात्र मिठा र रसिला लगाउँछन् तर काम भने हरेक कानुनी प्रक्रियालाई केन्द्रीय कमिटी र पोलिड ब्युरोको आदेश जसरी कार्यान्वयन गराउन चाहन्छन् । हरेक गठबन्धनमा त्यो परिस्थिति नबन्न सक्छ । उनीहरु हप्की, दप्कीको राजनीतिक स्कुलबाट प्रशिक्षित माओवादीका नेता कार्यकर्ताहरु जबरजस्ती र अपराधलाई नै आफ्नो पार्टीको मुलमन्त्र सम्झन्छन् र सोही अनुसार व्यवहारमा उतार्न चाहन्छन् । हिजो नेकपा रहँदा केपी ओलीको पैलानबाट बढी उन्मुक्ति प्रच्ण्डलाई नै चाहिएको थियो । किनभने उनी त एउटा पार्टीको सुप्रिमो भएर दुनियामा हप्किएर दप्की गर्दै आएका व्यक्ति थिए । माधव नेपाल, झलनाथ त केपी ओलीभन्दा पहिले नेकपा एमालेको नेतृत्व गरिसकेका नेता हुन् । उनीहरु माथि ओलीको सांगठिक आक्रमण अलि अस्वभनीय कार्य हो ।

माधव, झलनाथले पनि आफ्नो दायित्वलाई बिर्सनु हुने थिएन । यी सबैका बाबजुत पनि प्रचण्डसहित माओवादीको अस्तित्व नेपाली कांग्रेसले जोगाइ दिएको सबैकुरा प्रचण्डले बिर्सिए । के माओवादीसँग गठबन्धन छ भन्दैमा नेपाली कांग्रेसले आफ्नो एजेण्डा छोड्नु पर्ने ? जुन एजेण्डाले प्रत्यक्ष जनतासाग् सरोकार राख्दछ । हिन्दुराष्ट्र नेपाल नेपालीको एजेण्डा हो, नेपाली कांग्रेसको मात्र हैन त्यही एजेण्डाकै कारण माओवादीसँगको गठबन्धन भत्कदा नेपाली कांग्रेसले दुःख मान्नु पर्दैन, किनभने नेपाली जनताको एजेण्डामा माओवादी सहमत भएन भन्ने सन्देश जनता समक्ष लगरे अब नेपाली कांग्रेस अगाडि बढ्नुपर्छ । आफूसँग क्षमता भएर पनि कांग्रेस किन जनताका एजेण्डाहरुको बारेमा अन्य दलहरुको विमतिको कुरा किन बाहिर व्यक्त गर्न नसक्ने ? यसै विषयमा जनताले कांग्रेसप्रतिको विश्वासमा शंका उत्पन्न गरेका हुन् ।

अन्तर्राष्ट्रि स्तरमा पनि नेपाली कांग्रेसको आर्थिक, राजनैतिक एजेण्डाहरु अनुमोदित भइसकेका छन् । यसरी अन्तरर्राष्ट्रिय स्तरमा अनुमोदित भइसकेका एजेण्डाहरुमा लगानी गर्न अन्तर्राष्ट्रिय जगत लगानी गर्न समेत तत्पर छ, जसलाई विपीको प्रजातान्त्रिक समाजवादले अस्थाइरहेको छ । नेपाली राजनीतिमा वामपन्थि भन्ने शब्द हो, या नीतिको त्यो देखाउने दाँत मात्र सावित भएको छ, किनभने त्यो दाँत्ले कामपन्थीको आहारा पचाउने गरी चपाउन सक्ने अवस्थामा छैन । जनवाद र सर्वहाराको नाममा जनताको आँखामा छारो हालिरहेका छन् । मुलुक अहिले संघदेखि प्रदेशसम्मका सबै संरचनाहरु धरासायी बनिरहेका छन् । प्रदेशमा कहीँ मुख्य मन्त्रीले बरखास्त गर्ने त कही राजीनामा गर्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने क्रम बढिरहेको छ । यस्तो राजनैतिक अवस्थाले मुलुकको धरासायी अर्थतन्त्रलाई कसरी डोराउने हो थाहा छैन मुलुकको आर्थिक् गतिविधि भने क्रमश तहसनहस हुँदै गइरहेको छ । त्यसप्रति नेपाली राजनीतिको नेतृत्वमा रहेकाहरुलाई कुनै वास्ता छैन ।

अहिले नयाँ गठबन्धनका योजनाकार तथा नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रच्ण्डले त सार्वजनिक रुपमै भनिसके म बाँचुन्जेल राजनीतिलाई यसैगरीस् घुमाइ राख्छु’ प्रचण्डले यसरी फलाक्दै छन् ओली यिनका नयाँ संरक्षक बन्दै छन् अब भन्नुस यिनीहरु कसैलाई मुलुक समृद्धि बनाउनमा चासो रहेछ त ? यी सबैको ध्यान मुलुकलाई समृद्धिको नाममा तहसनहस बनाउने चाहाना हो प्रभुलाई खुसी बनाउने इच्छा हो । हिजो गठबन्धनको सरकार भए पनि जनादेशको सरकार थियो । किनभने हिजोको गठबन्धनको नेतृत्व नेपालको संसदको पहिलो पार्टीले गरेको थियो त्यसैले त्यो सरकारको नेतृत्व जसले गरे पनि जनमतको सरकार थियो, तर अहिले गठन भएको सरकार बहुमतको भए पनि जनमतको जनादेशको सरकार हैन ।

जसरी शेरबहादुर देउवाको तारतम्यबाट प्रचण्डले माओवादीको नेतृत्व गर्ने अवसर पुनः प्राप्त गरे, माधव झलनाथलगायतका नेताहरु नेकपा एमालेबाट चोइटियर एमाले कटफुटेर गएर पनि हैयितमा समाजवादी बनेर बस्ने अवसर प्रदान गर्ने तत्काल सर्वोच्च अदालतका प्रधानन्याधिस चोलेन्द्र शम्शेर राणालाई सदनमा महा अभियोग लगाएर निवम्वन गरे तर पुष्टि गर्न सकेनन् । यी सर्पको जस्तो जिब्रा भएका यी नेताहरुले अब कुनै पनि न्यायीक निकायबाट साथ पाउने अवस्था नभए पनि कोही झोलेहरु त जहाँ पनि हुन्छन् तिनैहरु न्याय लगेर पाउमाा चढाउन जान्छन् । हैन भने अवगठित नवगठित सरकारको नेतृत्वकर्ता र यसका नाइकेको चलाइ जाला हेर्दा जनताले न त विश्वास गरेका छन्, न त गर्ने अवस्था देखिन्छ । गठबन्धन पूरा नै रहे पनि यो मुलुकमा जनताको शासन लागु हुने अवस्था त देखिएको थिएन, किनभने सत्ताभित्र सबैखाले षड्न्त्रकारीलगायत तस्कर र भ्रष्टाचारहरुको झुण्ड नै थियो ।

त्यसैमा पनि गठबन्धन फेरियो यसबाट जनता समृद्धिको आशावादी त पक्कै छैनन् तर जनतालाई के पिर बढ्यो भने उनीहरुले त अलिकति खाएर केही तृप्ती गरेका थिए कि अब फेरि नयाँ खाली पेट लिएर नयाँ तस्कर र भ्रष्टाचारका झुण्डहरु भित्र पसे अब यिनले तिनलेभन्दा धेरै खोस्रने खोतल्ने हुन् कि भन्ने पिर मात्र हो । नयाँ गठबन्धनको नयाँ शक्ति बाँडफाँड गरेका छन् एमाले–८ माओवादी–५ रास्वपा–४ र नेकपा समाजवादीलगायत अन्य दुई स्थानमा मन्त्रीहरु सिफारिस भइसकेका छन् । अब यिनीहरुले चर्तिकला देखाउने र जनताले हेर्ने काम मात्र बाँकी छ । व्यक्ति पात्र फेरिनुसँग जनतालाई कुनै वास्ता छैन, प्रवृति कस्तो देखाउने हुन् जनता त्यही दृस्चयको खर्पाइमा छर्न । अहिले खानपिनका निम्ति सबै प्रदेशरु जुहारीमा छन् ।

कुनै प्रदेशले अधिवेशन बोलाएका छन् कुनै प्रदेशले वर्षातगी त कुनै प्रदेशले दिएको विश्वासको मत फिर्ता लिइरहेका छन् । जसको कारण मुलुकका कतिपय गम्भीर विषयहरु ओझेलमा परेका छन् भने जनता समुल्लमा छन् । हिजो पनि आज पनि नेपाली जनताले कांग्रेस, कम्युनिष्ट पार्टी संगत जनताले खासै अपेक्षा राखेका छैनन् । उनीहरु अन्य सबै प्रयोगबाट असफल पुष्टि हुँदै आइरहेका थिए । हुँदाहुँदा कोरोनाको संक्रमणकाल र पछिल्लो आर्थिक संक्रमणकालको अवस्थले पनि उनीहरु मूल्यांकनमा असफल देखिएका छन् । अहिले जनताले आशा गरेका व्यक्तिहरुश्र हुन् रास्वपाका सांसदहरु । आजका दिनसम्म जनताले वास्ता गरेका छैनन् । किनभने जनता एकपटक रबीलगायत सबै मानवीयहरुको कार्यदक्षताको प्रत्यक्ष अवलोकन र मूल्यांकन गर्ने अवसर जनताले रास्वपालाई प्रदान गरेका छन् । अब उसको नीति र गति जनताले हेर्न खोजेका छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्किएपछि यो मुलुकमा पूर्णरुपमा वापन्थी युक्त नयाँ गठबन्धन तयार भएको छ । यस गठबन्धनलाई नेपाली जनताले कुनै आग्रह पूर्वग्रहले नहेरे पनि पूर्णवाम नेतृत्वको सरकार विकल्प सरकार बन्न सक्छ कि सक्दैन भन्ने कुरामा भने दुविधाकै छन् । किनभने यो मुलुकमा पूर्ण बहुमत सहति गठन भएको वामपन्थी राजनैतिक दलहरुको सरकार आफ्नै गाँडा लोटका कारण वामपन्थीहरुको अन्तर्राष्ट्रिय स्तरमा समेत एकताको सन्देश दिँदै गठन भएको सरकार तहसनहस भएको ताजा घटना सबैका सामु छर्लंग छ । त्यसैले पूर्णवाम गठबन्धनको सरकारप्रतिको आशंका पनि यथावत छ । त्यसैले अहिलेको गठबन्धन जनताको कठघरामा छ ।

किनभने वाम गठबन्धन भनेको नागरिकलाई र विपक्षीलाई पायसम्म दम्काएर राज गर्ने प्रकृतिका राजनैतिक दल हुन् । उनीहरु गरिब र सर्वहाराको नारामा जनतालाई भुलाएर प्रतिपक्षलाई प्रतिस्प्रधात्मक विकासको नमुना नदिएर प्रतिसोध पूर्ण व्यवहार देखाउन चाहन्छन्, नारा भने उही नै हो गरिब र सर्वहारा । यति हुँदा हुँदै पनि नेपाली जनता वर्तमन सरकार वर्तमान लोकतान्त्रिक नेपालमा लोकतन्त्रको वैकल्पिक शक्ति बन्न सक्ला त भन्ने आशंका पनि त्यत्तिकै गरिरहेका छन् भने रास्वपाबाट सञ्चालनको परीक्षामा खासै सहभागी नभएका व्यक्ति भएकाले पनि नेपाली जनता उनीहरुको कार्य सम्पादन मूल्यांकन गर्न चाहन्छन् ।