पुरस्कृत तथा सम्मानित प्रतिभा छनौट

दाङ,२४ फागुन । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङलेपुरस्कृत तथा सम्मानित प्रतिभा छनौट गरेको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष प्रदान गर्ने पुरस्कारका लागि गठित पुरस्कार  छनौट समितिका संयोजक दीपक शर्मा समीरको अध्यक्षतामा यहि फागुन २२ गते घाेराहीमा सम्पन्न बैठकले पुरस्कृत सष्टाहरूको छनौट गरेको हो  ।

पुरस्कृत हुने स्रष्टाहरूमा यज्ञबहादुर  बुढाथोकी स्मृति पुरस्कारबाट साहित्यकार नारायण नेपाल,

कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट साहित्यकार यज्ञबहादुर डाँगी र देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट साहित्यकार छविलाल कोपिलालाई पुरस्कार प्रदान गर्ने निणर्य गरिएको छ । पुरस्कार  छनौट समितिका सदस्यहरूमा शारदा शर्मा र प्रकाश के सी रहेका थिए ।

त्यसै गरी जिल्ला शाखा दाङको यश वर्ष  वर्ष वरिष्ठ  साहित्यकार उत्तमकृष्ण मजगैयाँ, परिषद्का केन्द्रीय अध्यक्ष डा टीकाराम उदासी, दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार कमलमणि देवकोटा र  विश्वकृतिमानी सङ्गीतकार सन्तोष श्रेष्टलाई सम्मान गर्ने निर्यण गरेको छ ।

परिषद् जिल्ला शाखा दाङले स्रष्टा सम्मान तथा काव्य उत्सव-२०८० अन्तर्गत (साहित्यपुञ्ज लोकार्पण, स्रष्टा सम्मान, पुरस्कार समर्पण १६औँ बार्षिक समाराेह, पाँचौ अधिवेशन, काव्य उत्सव) मिति २०८० चैत्र २४ गते ११ बजे होटल माला इन घोराही गर्ने भएको हो ।

उक्त कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष दीपक शर्मा समीरले सम्मानित तथा पुरस्कृत ब्यत्तित्व, परिषद्का आजिवन सदस्य, साहित्यकार, पत्रकार एवम् साहित्यानुरागी सबैमा अनुराेध गरेका छन।