राप्ती आँखा अस्पतालको  सुर्खेतको गर्भाकोटमा सेवा विस्तार

 तुलसीपुर, २४ फागुन ।  राप्ती आँखा अस्पतालले कर्णाली प्रदेशको गुर्भाकोटमा सेवा विस्तार गर्ने भएको छ । सो सम्वन्धमा कर्णाली प्रदेशको गुर्भाकोट नगरपालिका  सुर्खेतको मेहेलकुनामा रहेको सामुदायिक आँखा उपचार केन्द्र सर्जकिल सेन्टर विकास र विस्तारका लागि त्रिपक्षय सम्झौता समेत भएको छ ।

नेपाल नेत्रज्योति संघको  परिपत्र बमोजिम  नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा अगाढी बढाई , भविषयमा दोस्रो तहको आँखा अस्पतालका रुपमा अगाढी बढाउने उद्धेश्य अनुरुप  आँखा उपचार केन्द्रको संचालन र सुव्यवस्थापन गरी शल्यक्रिया सेवाको शुरुवात गर्न तीनै पक्ष विच विभिन्न जिम्मेवारीहरु सहित सम्झौता भएको हो ।

राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी नगरपालिकाको तर्फबाट नगर प्रमुख हस्त पुन र  सामुदायिक आँखा उपचार केन्द्र, गुर्भाकोट सञ्चालन सहयोग समितिको तर्फबाट बिर्खबहादुर सार्कीले सम्झौतामा हस्ताक्षर विहिवार  गरेका हुन् ।  गुर्भाकोटमा आँखा उपचार केन्द्रको भवन निर्माण भई  आँखा उपचार सेवा सुरु यस अघिनै भएको थियो ।

 

 नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरञ्ज, दाङ, गुर्भाकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यलय, गुर्भाकोट सुर्खेत र  सामुदायिक आँखा उपचार केन्द्र, सञ्चालन सहयोग समिति, गुर्भाकोट, सुर्खेत बिच  भएको सम्झौता बमोजिम   सामुदायिक आँखा उपचार केन्द्रकोलागि नेपाल नेत्रज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम मार्फत प्राप्त हुने कोटाहरुको व्यवस्थापन र उक्त प्राप्त कोटाको उपलब्धता   को आधारमा निःशुल्क आँखा शिविर गर्ने छ ।

 

गुर्भाकोट आँखा उपचार केन्द्रमा दुई महिनाको एक पटक शःसुल्क मोतिविन्दुको शल्यक्रिया गर्ने र  ६ महिना पश्चात विरामीको चाप र अवस्थालाई हेरी प्रत्येक महिनाको एक पटक शल्यक्रिया गर्न सकिने र नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले नेपाल नेत्रज्योति संघ, कर्णाली प्रदेश संग समन्वय र सहकार्य गरी सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर), गुर्भाकोटलाई आँखा अस्पताल को रुपमा विकास र विस्तार गर्नमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

 

त्यस्तै विशिष्टकृत सेवाहरु रेटिना, कोर्निया, अकुलोप्लाष्टि, पिड्याट्रिकको लागि राप्ती आँखा अस्पतालमा उपचार सेवा उपलब्ध गराईने  सम्झौतामा उल्लेख भएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए । त्यस्तै गुर्भाकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यलय, मेहलकुना सुर्खेतले नेपाल नेत्रज्योति संघको विधान बमोजिम,  जिल्ला कार्य समितिमा प्रतिनिधित्व गर्ने र सामुदायिक आँखा उपचार केन्द्र, गुर्भाकोटलाई दोस्रो तहको अस्पतालको (रुपमा विकास र विस्तार गर्नमा  सहयोग गर्ने छ ।

त्यस्तै  सामुदायिक आँखा उपचार केन्द्र, गुर्भाकोटबाट उपलब्ध हुने सेवाहरु खरिद गरी गरिव तथा असाह् आँखाका विरामीहरुलाई निःशुल्क उपचार सेवाको लागि सहयोग गर्ने छ ।

उज्यालो अभियान कार्यक्रम मार्फत पालिका भित्रको सम्पुर्ण वडाहरुमा निःशुल्क आँखा जाँच कार्यक्रम गर्नमा सहयोग गर्ने र मोतिविन्दु साथै जटिक प्रकारको आँखाको उपचारको लागि सहयोग उपलब्ध गराउने  छ  सम्झौतामा उल्लेख छ ।

त्यस्तै सामुदायिक आँखा उपचार केन्द्र, गुर्भाकोट, सञ्चालन सहयोग समिति, ले गुर्भाकोट आँखा उपचार केन्द्रबाट नियमितरुपमा आँखा उपचारको सेवा प्रवाह गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने ,नेपाल नेत्रज्योति संघको प्रशासनीक तथा आर्थिक नियमावली बमोजिम प्रशासनी तथा आर्थिक व्यवस्थापन गर्ने छ  र सामुदायिक आँखा उपचार केन्द्र, गुर्भाकोटको विकास र विस्तार, दिर्घकालिन आत्मनिर्भरताको लागि रणनीतिक योजनाहरु बनाउने छ ।

 

विभिन्न समयमा त्यहाँ निःशुल्क शल्यक्रिया समेत भएको थियो । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सुर्खेतको आर्थिक सहयोग तथा गुर्भाकोट नगरपालिकाको सहकार्य डा. सुरेश रसाइलीको नेतृत्वमा भएको निःशुल्क शल्यक्रियामा केहि दिन अगी ३ सय १ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । यो संगै अव पुर्वी सुर्खेतका गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका तथा सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाका नागरिकहरुलाई आँखाको शल्यक्रिया र उपचारका लागि सहज हुने छ ।