नागरिक समाज दाङको संयोजक थापा

गोरक्ष समाचारदाता
दाङ, २० फागुन । नागरिक समाज दाङको संयोजकमा निमबहादुर थापा चयन भएका छन् । उनी निर्वाचनमार्फत् चयन भएका हुन् । थापा र रामदया गुप्ताबिच भएको निर्वाचनमा थापा निर्वाचित भएका हुन् । समाजको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

समाजको सचिवमा नारायणप्र्र्र्र्रसाद श्रेष्ठ र कोषाध्यक्षमा बसन्तराज भट्ट रहेका छन् । सदस्यमा हरिप्रसाद पाण्डेय, लक्ष्मी आचार्य, नारायणप्रसाद शर्मा, दामोदर भण्डारी, निर्मला गौतम, नवराज श्रेष्ठ, खगेश्वर पोख्रेल, शरद गौतम, हरिप्रसाद रिजाल, दधिराम खनाल रहेका छन् । उपसंयोजक र एक सदस्य पछि थप गरिने भएको छ । उद्घाटन कार्यक्रम समाजका संयोजक केबी मसालको अध्यक्षता तथा समाजका पूर्व संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा टीकाराम उदासी, समाजका पूर्व संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, नयाँ युगबोधका सम्पादक लक्ष्मी आचार्य, घोराही खानेपानी संस्थाका बरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतम, मानव अधिकार सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्मा, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष डा लोकराज पराजुलीलगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा समाजको वार्षिक प्रतिवेदन सचिव नारायणप्रसाद श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिलाल विश्वकर्माले प्रस्तुत गरेका थिए । समाजका उपसंयोजक निमबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य हरिप्रसाद पाण्डेयले गरेका थिए ।