दाङ,२० फागुन । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलीको जटिल अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीपुर निवासी ५१ वर्षीय महिलाको फुटेको पित्तथैलीको दुरविन विधिवाट सफल अप्रेसन भएको हो । ५ दिनदेखि पित्तथैलीमा संङक्रमण भएर अस्पतालमा उपचारारत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए ।
प्रतिष्ठानका सर्जन डा. अभिषेक पौडेल नेतृत्वमा सर्जन डा. आनन्द न्यौपानेसहीत एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराईसहितको चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको टोलीले फुटेको पित्तथैलीको अप्रेसन गरेको उनले बताए । उपचारको क्रममा पित्तथैली फुटेको पत्तालागेपछि अप्रेसन गरेर जोगिएको अप्रेसनमा संलग्न सर्जन चिकित्सक डा. अभिषेक पौडेलले बताए ।
उनले पित्तथैली फुटेकै कारण विरामीको ज्यान जान सक्ने अवस्था भएकाले समयमै अप्रेसनपछि विरामीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको बताए ।