मेरो खुशी : श्रीलंकाको सहककारी अध्ययन भ्रमणमा जादा…
लगनशिल, इमानदार र कर्मठ व्यक्ति उनी सानै उमेरमा धेरै ठुलो जिम्वेवारी समाल्न सफल भएका छन् । मिजासिला र कर्ममा विश्वास गर्ने तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर दाङ निवासी जनक भण्डारीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था तुलसीपुर दाङको प्रमुख कार्यकारी अधिकृत जस्तो ठुलो जिम्वेवारी समाल्न सफल भएका छन् ।
सहयोगी तथा सबैका प्रिय भण्डारीले आफ्नो स्कुल तहको पढाई स्थानीय सामुदायिक विद्यालय श्री गुरु जजुर मावि रक्षाचौर दाङबाट पुरा गरे । २०५९ सालमा प्रथम श्रेणीमा एसएलसी परिक्षा उत्तिर्ण गर्दा आफु निकै खुशी भएको बताउँछन् । कक्षा १ देखी १० सम्म श्री गुरु जजुर मावि रक्षाचौर दाङमा अध्ययन गरेका भण्डारीले १२ कक्षा श्री पद्मोदय पब्लिक उमावि भरतपुर, घोराही दाङबाट पास गरेर त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गरेका उनले भारतबाट पनि व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । कर्पोरेट संसारका ठुला–ठुला कम्पनीहरुमा काम गर्ने हुटहुटी लिएर भारत गई व्यवस्थापन बिषय पढेर उत्तराखण्डको नैनिताल जिल्लाको अस्पताल प्रशासनमा राम्रै सेवा सुविधाका साथ काम गरिरहेका थिए । उनलाई आफ्नै गाऊ ठाउमा काम गर्ने इच्छा जागेपछि भारत छोडी नेपाल फर्केका थिए ।
आफ्नो देश बाहिर भिन्न भाषा, सैली र संस्कृतिमा रहेर सानै उमेरमा राम्रो व्यवस्थापकिय भुमिका निभाएका उनलाई कार्यरत संस्थामा कर्मचारीहरु र लगानीकर्ता दुवैले दिएको माया ममता लाई सम्झदा अहिलेपनि मन खुसी हुने बताए र सो अवधिको जागिरमा आफुले विश्वविद्यालयमा पढेका व्यवस्थापनका विष्याको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाएको बताए ।
भारतमा राम्रो तलव, गाडि सुविधा, बस्नेको राम्रो सुविधा भएको जागीर हुँदा हुदै जीवनमा पैसामात्र सवै थोक होईन र आफुले सिकेको सिप आफ्नै देशमा प्रयोग गरी आफ्नै देशमा पौरख गर्ने योजना बनाई नेपाल फर्केर हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थामा व्यवस्थापक पदबाट सेवा सुरु गर्दा पनि खुशी भएको सुनाए ।
नेपाल फर्की सहकारी संस्थामा काम सुरु गरेपछि सहकारी अध्ययन गर्नकालागि भारत सरकार कृषि मन्त्रालयको सहयोगमा वैकुण्ठ मेथा राष्ट्रिय सहकारी व्यवसाय व्यवस्थापन संस्थान, पुणे, महाराष्ट्र, भारतमा सहकारी अध्ययन तथा अनुसन्धानकालागि गई कक्षामा सहकारी अनुसन्धानात्मक कार्यमा उत्कृष्ट भई नगद पुरस्कार र श्रीलंकामा सहकारी अध्ययन भ्रमणको अवसर पाउदा जीवनमा धेरै खुसी भएको बताए । कक्षामा उत्कृष्ट हुँने २ जना विद्यार्थीलाई हरेक बर्ष श्रीलंकामा सहकारी व्यवसायको अध्ययन तथा अनुसन्धान गर्न लैजाने कार्यक्रममा म एउटा सामुदायीक विद्यालयबाट एसएलसी गरेको मान्छे, तेहा राम्रो विद्यालयबाट पढेर अंग्रेजीमा टपटप खारिएका विद्यार्थी माझ पनि आफु कक्षामा उत्कृष्ट हुँदा धेरै खुसी भएको बताए ।
त्यस्तै २०७६ सालमा बंगलादेशमा रहेका सहकारी संघ सस्थाहरुको व्यापारको मोडेलको अध्ययन अनुसन्धान गर्न जादा धेरै कुराहरु सिक्ने अवसर पाएकोमा पनि खुसी भएको वताछन् । तुलसीपुर, दाङस्थित १०२ जना कर्मचारी र ४००० जना सदस्य रहेको शिक्षा, सञ्चार, वित्तीय, डेरी, इन्धन सम्बन्धी र नविकरणीय उर्जा सम्बन्धी क्षेत्रमा काम गरिीहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लि।मा प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी समालेर संस्थाको बेहत्तर हितकालागि लागेको बताए ।
उनीसंगै पढेका साथीहरु युरोप र अमेरिकामा छन् तर उनले नेपाली भुमी तेसमा पनि आफ्नै गाऊघरमा काम गर्न पाउदा खुसी लाग्ने बताए । मैले अन्य निजी क्षेत्र वा कर्पोरेट कम्पनहिरुमा काम गरेको भए सो संस्थाका सञ्चालक वा मालिकलाई कसरी खुसी बनाउने भरेर रात दिन सोच्थे होला तर अहिले यो संस्थाका ४००० जना सदस्य र संस्थाका आम सेवाग्राही र यो सामजलाई कसरी आर्थिक रुपमा स्वावलम्बी बनाई उहाँहरुको सामाजीक र सांस्कृतिकस्तरमा परिवर्तन ल्याउने जिम्वेवारी सम्हाली राख्दा त्यो भन्दा जिन्दगीमा अरु खुसी के हुन सक्छ र ?
म आफुसंगै समाज र सामाजिक कार्यमार्फत हजारौँलाई कसरी खुसी गराउने भन्नेमा छुँ उनेले भने । त्यस्तै राप्ति शान्ती उद्यानको पूर्वसचिव र हालको सल्लाहकारको जिम्वेवारी पाएका भण्डारीले राप्ती शान्ति उद्यानको विकास र विस्तारमा आफुले काम गर्न पाएकोमा अर्को खुसी व्यक्त गरे ।
धेरै सुभचिन्तक, साथीभाई र आफन्तीहरुले पैसा कमाउने उमेर किन सामाजीक कार्यहरुमा समय खेर फालेको भनेर सल्लाह दिनेहरुलाई देशमा युवाहरुले सामाजिक क्षेत्रमा कार्य नगर्ने हो भने समाजको विकास कसरी हुन्छ त ?
भण्डारीले आफु उद्यानको सचिव हुँदा उद्यानको शौन्दर्यकरणकोलागि धेरै कामहरु गरेको बताउछन् । हामी समितिमा हुँदा उद्यानको गुरुयोजना बनाई राजधानी काठमांण्डौँ लगायत विभिन्न संघ संस्था र निकायहरुमा गई उद्यानकोलागि स्रोत जुटाएका थियौँ । आफ्नो कार्यकालमा उद्यानमा बुद्धको मुर्ति स्थापना, मिनी जु, बाल बगैचा, वाटर फाउनटेन निर्माण लगाएतका कामहरु भई हाल सयौँ पर्यटकहरु उद्यान भ्रमण गर्न आएको देख्दा खुसी लाग्ने बताए ।
त्यस्तै भण्डारीले सामाजिक संस्था झुलेनी सेवा समाजको संस्थापक सदस्य भई क्यान्सर पीडित परिवारको बच्चालाई निशुल्क शिक्षा दिन पाउदा, सरकारी विद्यालयका गरिव विद्यार्थीहरुलाई न्यानो कपडा वितरणलगायत धेरै क्षेत्रहरुमा सहयोगहरु गर्न पाउदा म खुसी छुँ भने । त्यस्तै जीवनको ३५ बर्षको उमेरमा २०७८ सालको बैशाखमा विवाह बन्धनमा बाधिएका भण्डारीको घरमा पहिलो सन्तान छोरा जन्मिदा र आफु अफिसको काम लगायत सामाजिक कामहरुमा लागेर परिवारलाई समय कम दिदापनि श्रीमतीबाट साथ र सहयोग पाउदा खुसी व्यक्त गरे ।
‘खुसी आफैमा छ, सत्कर्म गरेपछि खुसी आफै मिल्छ, म जहिले पनि इमानदारीता, लगनशिलता र मानवियतामा विश्वास गर्छुँ’ उनले । तुलसीपुर–७ निवासी जनक भण्डारी हाम्रो पहुँच सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन ।