घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु

घोराही, १६ फागुन । दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधवार विहान गाडी मोड्ने क्रममा रा १ क १२७८ नम्वरको टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ निवासी ३० बर्षीय नारायण शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार सिमेन्ट उद्योगभित्र रहेको पेट्र«ोल पम्पमा टिप्परमा तेल हाल्ने क्रममा ठक्कर दिदा शर्माको मृत्यु भएको हो । प्रहरी उपरिक्षक केसीका अनुसार टिप्परको ठक्करबाट गम्भीर घाइते शर्माको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने टिप्पर चालक ३० बर्षीय बसन्त जिएमलाई नियन्तत्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक केसीले बताए ।

मृतकका आफन्तले दुर्घटनामा लापरवाही भएको भन्दै दोषीलाई कारवाही उचित क्षतिपुर्तीको माग राखेर सिमेन्ट उद्योगको गेटमा नारावाजी गरिहेका छन् ।