लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु परिक्षण गर्ने “क्याथ ल्याब” सेवा सुरु

देउखुरी १६ फागुन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परिक्षण गर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । अस्पतालको ११४ औ बार्षिकोत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले क्याथ ल्याव सेवा सुरु गरेको हो ।

मुटुको परिक्षण गर्ने क्याथ ल्याव सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उदघाटन गरेका हुन । प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो भएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय राजु खनालले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्षमा २२ करोड रुपैंयाँ बिनियोजन गरेको जानकारी दिएका छन् ।
क्याथ ल्याव सेवा सुरु भएसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण फड्को मारेको मन्त्री खनालको भनाई छ । “मुटु सम्बन्धी सानो समस्या हुँदा पनि अन्यत्र जानु पर्ने बाध्यता अब हटेको छ । अब प्रदेश भित्रै यस्को उपचार हुन्छ ।” मन्त्री खनालले भने,“प्रादेशिक अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल बनाउने कार्य अन्र्तगत यो सेवा सुरु गरिएको हो ।”

एनले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउनको लागि कुनै कसर बाँकी नराखि काम गरिने बताएका थिए । स्वाथ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकिकृत विकास आवश्यक रहेको भन्दै आफुले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको वताए । उनले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दी अनुसार चिकित्सक अभाब हुन नदिने बताएका हुन ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने वताए । अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचारमा थप सहज हुने डा थापाले बताए । दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवा लिने अस्पतालमा मुटुरोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याव सेवा जरुरी भएको अस्पतालका बरिष्ट मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको थियो । क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर लगायत गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले जानकारी गराएका थिए ।