सुभाष न्यौपाने
युरोप, अमेरिका हेर ईसाईमा रमाउँछन् ।
बाईबल हातमा लिई राष्ट्र उत्सव मनाउँछन् ।।
के त्यहाँ छैनन् अरु हिन्दु, बौद्ध, इस्लाम ?
यसमै मान्दछन् गौरव, यसमै छरे सम्मान ।
यही हैन राष्ट्रको धर्म दिए पाइन्छ रे मान ।।
खाडी, पाकिस्तान र अफगान इस्लाममा रमाउँछन् ।
जान्छन् मस्जिदमा रोज रोजामै खुसी साट्द छन् ।।
यही हैन राज्यको धर्म अझै कति लुकाउँछौ ?
तिमिले खोजेको निरपेक्ष अझै भाइ लडाउँछौ ??
उत्पत्ति कालदेखिको हिन्दुराष्ट्र नेपाल हो ।
हिन्दुराष्ट्र बनाउन किन हो तिमी डराएको ?
मक्का मदिना भन्दै पवित्र ईस्लाम हुन्छ रे ।
जेरुसलम, इजरायल एहुदी पुण्य भूमि रे ।।
आराध्य देवको भूमि हिमवर्त्य नेपालको ।
विश्वका हिन्दुको पहिचान नेपाल हिन्दुराष्ट्र हो ।।
आहुति दिन्छन्, सहिद बन्छन् आफ्नो पहिचान खातिर ।
शास्त्रले पनि त्यही भन्छ धर्मो रक्षति रक्षति ।।