Goraksha

National Daily

कविता : वृद्धावस्था

 खगराज न्यौपाने
तन्तेरी यो वय पर हुँदै दर भागेर जादा
वृद्धावस्था अलि गरी छेउमा आइ पुग्दा
कस्तो कस्तो अलि असजिलो लाग्न थाले रहेछ
गम्दै जादा दिन सब गए आज गाह्रो भए छ

खाए पच्थ्यो रुचिकार थियो खाद्य बस्तु अनेकौ
जल्दो बल्दो युवक मनथ्यो आज वार्धक्य भैत्रो
टाढा हेर्दा कुन चिज अहो ! भन्न सक्दैन नेत्र
साथी लौरो अब हुन गयो दिक्क छन् भाव मित्र

खाने इच्छा छन् त छ यहा पाच्य खाना हुँदैन
हिड्ने इच्छा अलि पर छ है शक्ति सामथ्र्य छैन
आँखा तर्दा मनुजहरु ता दर भाग्थे डराइ
ऐले हेप्छन् सकल भनु वा चित्र दुख्दो छ भाइ

मेरो यस्तो हगित भयो बन्धु तिम्रो छ कस्तो ?
यस्तो हाम्रो विधि नियम हो भाृग्नु पर्ने छ कस्तो ?
चिन्ता गर्दा मन मनभरी दिक्क लाग्दो रहेछ
यस्तै हो यो सकल धरती चित्रले गम्नु पर्छ

सुन्दा वार्ता विचलित भयो भित्रको चेत मेरो
बस्ती बस्ती सबतिर छ रे वृद्धको बास यौटो
हाम्रा आफ्ना सकल जनता वृद्ध जो छन् त्यही छन्
आफ्ना छोरा पर पर हुदा चिन्तना मात्र गर्छन्

बाबाआमा सकल जनको राख्न सक्दैन चासो
वृद्धासारा गरिकन अमा छाडि आएर नासो
यस्तो गर्दा बुधजनहरु बस्न सक्लान् कसोरी
हे तन्नेरी ! किन किन भुल्यौ वृद्धको स्नेह बिर्सी ।