सिँचाइ कुलो निर्माणमा जटिल समस्या

युवराज शर्मा
खेतीपाती गर्ने किसानका लागि सिँचाइ कुलो आवश्यक हो । यो खाद्य उत्पादनका लागि पानी सिँचाइ गर्नुपर्छ । यस्ता कामको निर्माण गर्न सरकारी सहयोग हुनु किसानलाई खेतीपातीमा प्रोत्साहन दिनु हो । यस निर्माण कार्यमा प्राविधिक इञ्निियर, ओभरसियर, दक्ष डमर्की र मजदुरहरुको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमा पनि स्थानीय सरकारको रेखदेख आवश्यक छ । प्राविधिक इञ्जिनियर, ओभरसियर, डकर्मी, मजदुरहरुलाई प्रोत्साहन गर्नु वडा अध्यक्ष र सदस्यहरुको भूमिका, गाउँलेहरुलाई श्रमदान गर्न प्रेरणा दिन्छ ।

कस्तो ठाउँमा कस्तो कार्य गरेर सिँचाइ कुलो बनाउने आइडिया, इष्टिमोट, लागत दरभाउ निश्चित गर्ने इञ्जिनियर, ओभरसियरको हो । उनीहहरुले आफूले गर्नु पर्ने काममा ध्यान दिएनन् भने ठिक तरिकाले योजना अगाडि बढ्न सक्दैन । अधुरो कार्य बन्छ । नक्सा राम्रो भएन भने योजना सफल बन्दैन । नेपालमा सिँचाइ कुलो भिरालो चट्टानबाट बनाउनु पर्ने पनि हुन्छ । त्यस्तो ठाउँको र समतल ठाउँको सिँचाइ कुलो निर्माण गर्दा प्राविधिकको लागत इष्टिमेट महत्वपूर्ण हुन्छ । यस्ता कार्यमा स्थानीय सरकारका निकायहरुको ध्यान जादैन । निर्माण् कार्य दिगो बन्दैन । नागरिकले काम राम्रो भएन भन्छन् भने किसान सिँचाइमा समस्या भोग्छन् । उनीहरुले जटिलता महसुस गर्दछन् ।

भोटेदह एउटा सिँचाइ गर्ने सिँमसार हो । जहाँको पानीले उत्पादन बढाउँछ । यसले बर्षे बाली र हिउँदे बालीनालीमा सिँचाइ पु¥याउँदै आएको छ । यसबाट बग्ने पानीलाई परापूर्वदेखि सिँचाइमा प्रयोग गर्दै आएको जनजीवन छ । जुन सिँचाइ कुलोले अदुवा बारी र डाङडुगे गाउँहरुमा सिँचाइको काम गर्दै आएका किसान छन् । जहाँ तोरी, गहुँ, मसुरो, चना, केराउ, तरकारी, सागपात, प्याज, लसुन र भनिया खेतीमा सिँचाइ गर्दै आएका किसान छन् । सिँचाइका साथै गाई भैँसी बाख्रा र अन्य पशुपंक्षीलाई पनि खानेपानीको समस्या टार्दै आएका कृषि कर्मीहरु छन् । गाउँमा बस्न रुचाउनेहरुले यहाँको सिँचाइ कुलो, भोटेदहको सिमसार पानीले नागरिकलाई गाउँमा बस्ने वातावरण बनाएको छ । सिँचाइ मुक्त हुने आशामा थिए । उनीहरुको आशाको पर्खाई लामो भएको थियो ।

आव ७८÷०८० को विनियम बजेटबाट स्थानीय सरकारले आर्थिक सहयोग रु तीन लाख दिने निर्णय ग¥यो । स्थानीय व्यक्तिहरु भएको उपभोक्ता समिति बन्यो । जसमा मधुसुदन भुषालको अध्यक्षतामा समितिको चयन भए पनि दुई गाउँको साझा कुलो भएकोले सबैले आपसी समझदारीमा काम गरेको हुँदा एकताको भावना देखिन्छ । जनश्रमदानको मूल्यांकन गर्ने हो भने करिब तीस हजारले काम भइसकेको छ । अझ श्रमदान गर्न नागरिक तयार छन् । उनीहरुमा काम गर्ने जागर र उत्साह पनि बढेको छ । सानो रकम स्थानीय सरकारले उपलब्ध गराए पनि करकठ्ठा ३ प्रतिशत भएको हुँदा खुद पाउने रकम रु नौ हजार कट्टा भएर रु दुई लाख एकान्नब्बे हजार हुने देखिन्छ । यस रकमबाट सिँचाइ कुलो निर्माण भइरहेको छ ।

यति थोरै रकमबाट १४२ मि. लम्बाई कुलो निर्माण गर्नु पर्ने छ भने पहिरोमा ३ मिटर चाक्लो ५ मिटर उचाईको दुई स्थानमा स्टेरिङवाल बनाउनु पर्ने काम पूरा भएको छ । किसानको उत्साहलाई हेर्दा सिँचाइ कुलो पक्की गराउनु पर्ने सन्देश यो कुलाले स्थानीय सरकारलाई दिएको छ । साथै भोटेदह एउटा प्राचिन समयदेखिको सिमसार क्षेत्र हो । यो दहको महत्व ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्छ तर पर्यटकीय क्षेत्र भए पनि पर्यटन कार्य क्षेत्रमा यस ठाउँले पाएको छैन । यो ठाउँ सरकारी पहुँचमा छैन । माघे सक्रान्तिमा भोटे बाबाको पूजा हुन्छ । बराहाबाबाको शक्ति भएको स्थानीयको भनाई छ ।

नेपालमा पाने सिमसार क्षेत्रको महत्व धेरै छ । त्यसमध्येको एउटा भोटेदह सिमसार पनि एक हो । २०७४ साल मा वडा अध्यक्ष राममणि पाण्डेको सक्रियतामा दहको सरसफाई भयो । त्यसपछि सिँचाइ कुलो महत्वपूर्ण छ । जुन कुलाको पानीले करिब एक हजार बिगाहा सिँचाइ गर्छ । पहिरो जाने स्थान भएकोले विपत व्यवस्थापनको सक्रियतामा पाएको अनुदान वर्तमान समयमा कोशे ढुंगा बनेको छ । भोटेदहको सफाई गर्नु पर्ने छ भने त्यहाँ भएका वनभोज स्थल, पानीधाराको मर्मत सम्हार गर्नु पर्ने छ । दहको संरक्षणमा दीर्घकालिन योजना स्थानीय सरकारबाट बन्नु पर्छ ।

वर्तमान समयमा स्थानीय सरकारको कार्यक्षेत्रमा यो दहको विकासको पर्खाईमा छ तर अदुवाबारी टोल विकास संस्थाले गहिरो ध्यान पु¥याएको छैन भने भोटेदह सामुदायिक वन उपभोक्ता समितिले दहमा माछा पालन र बिक्रीको काम पनि गर्दै आएको छ । त्यस रकमबाट दहको विकास भएको पाइन्न । आर्थिक मितव्यापिता र पारदर्शीता नभएकोले जिम्मेवारी पक्षले ५ वर्षको समय खेर गएको पाइन्छ । कसैले पनि कुलो निर्माणमा ध्यान दिएनन् । किसान सिँचाइ कुलो निर्माण जटिल समस्याको रुपमा भएको थियो । जिम्मेवार पदाधिकारीहरुको दायित्व र कर्तवय घटेको धेरै देखिएका छन् । कार्य व्यवस्थाप्रति आस्थावान बन्न नसकेर हो वा कामप्रति रुचि नभएर हो, बुझ्न सकिएमो छैन भन्छन्–गाउँलेहरु ।

गाउँमा बसेर जीवनयापन गर्ने मानिसको व्यवसाय नै खेतीपाती गर्ने, पशुपालन गर्ने र ग्राहस्थ्य उत्पादन बढाएर घरमा आर्थिक स्रोतको व्यवस्था मिलाउनु हो । यस्ता कार्य गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारको आर्थिक अनुदान नै प्रेरणाको स्रोत हुन्छ तर वास्तविक किसानप्रति तीनै तहका सरकारमा सक्रियता पाइन्न । खेतीपाती खेतीपाती र पशुपालन गर्नुपर्छ । वर्तमान समयमा खेतीपातीका लागि सिँचाइ गर्न कुलो निर्माण गर्नुपर्छ भने उत्पादन बढाउनका लागि रासायनिक मल र उन्नत जातको बिउबिजन आवश्यक पर्छ । पशुपालन व्यवसाय घट्दै छ भने कतै–कतै पशुपालन गर्न छोडेर यान्त्रिक खेती गर्ने तरिकालाई धेरै बढवा सरकारबाट भएपछि पशुपालन गर्ने कार्यहरु हट्दै गएको गाउँघरमा पाइन्छ । यस्तो अवस्था देशमा देखिनु सरकारले पशुपालन गर्ने किसानप्रति बेवास्ता गरेको र उनीहरुलाई प्रेरणा जगाउन अनुदान दिने व्यवस्था नगरेको यथार्थ सत्य हो । यस कार्यमा स्थानीय सरकारको कमजोरी मान्नु पर्छ । स्थानीय सरकार गठन भएको पनि ७ वर्ष बितिरहेको छ तर प्राङ्गारिक मल उत्पादन गराउनेतर्फ ध्यान नदिएको पाइन्छ ।

स्थानीय सरकारले प्राङगारिक मल उत्पादन गराउन किसानलाई प्रेरणा जगाउने गर्नुपर्छ । पशुपालनमा ध्यान दिनुपर्छ । त्यस्ता वर्गका किसानलाई अनुदा, आर्थिक पटके सहयोग र एकमुष्ट रकम दिएर प्रेरणा जगाउनुपर्छ । खेतीपाती गर्न गाउँमा सल्लाह दिएर खाद्यमा आत्मनिर्भर गराउनु पर्छ । सिँचाइ कुलालाई पक्कि बनाई दिएर सिँचाइ प्रवन्ध मिलाई दिनुपर्छ । यस्ता कार्यहरु स्थानीय सरकारले आफ्नै कोषबाट, प्रदेश सरकारबाट र केन्द्रीय सरकारबाट बनाउने व्यवस्था गर्नुपर्छ । गाउँको विकास नभएसम्म देशमा विकासको लहर आउँदैन र गाउँमा आर्थिक उन्नती हुन सक्दैन । राजधानी र सदरमुकाममा बसेर विकास गर्ने कुरा गर्नु दिवा स्वप्न हो । मानिसको रहनसहनमा परिवर्तन ल्याउनु स्थानीय सरकारको जिम्मेवारी हो । भोटेदह समिसारबाट बग्ने पानी पटाउनका लागि निर्माण कुलोले सिँचाइ प्रवन्ध गाउँलेहरुबाट हुने छ । पानीको वितरण प्रवन्धमा कसैले खिचला गर्नु हुँदैन । आपसी समझदारीमा सिँचाइ गर्न पानीको वितरण गर्नु पर्ने छ ।