सुभाष न्यौपाने
न सुध्रिए बुद्धि यिनको सप्रिदैन मति !
बाल मतलब क्षति होस देशमा जति–जति !!
मुलुकको समृद्धिलाई बोकि हिड्ने कांग्रेस !
जनताको अपेक्षालाई बोकि हिड्ने कांग्रेस !!
कम्युनिष्टको जस्तो तिम्रो नीति नि हैन रे !
जुट्ने फुट्ने उनको त आफ्नै संस्कृति रे !
तिमी जुटे देश जुट्छ उन्नत बन्छ देश !!
देशले माग्यो तिम्रो त्याग जुट्न के छ ?
यतिकुरा बुझ तिमी सबैकुरा बन्छ !
प्रजातन्त्र पर्यावाची कांग्रेसनै हुन्छ !!
मुलुकले भव्यताका साथ ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइसकेको छ भने नेपाली कांग्रेसले पनि चौधौँ महाधिवेशन सम्पन्न भए पश्चात महा समतिका सदस्यहरुको भेला पाmगुन ७ गतेदेखि सुरु ग¥यो । नेपाली कांग्रेसले आफ्नो विशेष कार्यक्रमहरु सञ्चालन गर्दा पनि प्रजातन्त्र दिवस तथा प्रजातन्त्रिक मान्यता राख्ने दिनहरुलाई शुध दिन पारेर सञ्चलन गर्ने गरेको छ । त्यो पनि प्रजातन्त्रप्रतिको आदर्श र मूल्यको सम्मान गरेको नेपालमा राजनैतिक शक्तिका रुपमा उदाएका सबै राजनैतिक दलहरुले एउटा मात्र चाहना राखेको राजनैतिक दलहरुले प्रजातन्त्र र राष्ट्रियता भन्ने मूलमर्मलाई कहिल्यै नबिर्सियुन भन्ने हो । सरकारले पनि फागुन ३, ७ र ८ गते तिन दिन भव्य रुपमा औपचारिक कार्यक्रम गरेर मनायो र े किनभने सरकारको प्रजातन्त्र दिवस मनायने स्थलमा सञ्चारकर्मीको क्यामरा डाउन गरियो ।
यो मुलुकको कस्तो प्रजातन्त्र हो ? जनताले नदेख्ने जनताले नबुझ्ने पनि प्रजातन्त्र हुन्छ ? यस प्रश्नको जवाफ सरकारको नेतृत्व गरेका अन्य राजनैतिक दलहरुले त देलान् नै तर जनताले चाहेको जवाफ नेपाली कांग्रेसले दिनुपर्छ । नेपाली जनताले आफूलाई रैतिबाट नागरिक भएको महसुस भएको यो दिन राज्यले महोत्सवको रुपमा मनाइरहँदा जनतालाई मुलुकको आर्थिक, सामाजिक तथा राजनैतिकलगायतका सबै विषयहरुको बारेमा जानकारी गराउने निकाय राज्यको चौधौ अंगको आवाज किन बन्द गर्न खोजियो किन सञ्चारकर्मीको क्यामरा डाउन गरियो ? के यही हो त प्रजातन्त्रको श्रृंगार ? यो त प्रजातन्त्रको लागि राम्रो र सकारात्मक सन्देश हैन ।
प्रजातन्त्र दिवस मनाउँदा राज्यले जनता सहभागि गराउने हो वा प्रजातन्त्रलाई नागरिकबाट अलग राखेर मनाउने हो । त्यस विषयमा राज्यले पहिलै नै विशेष सूचना जारी गरेर जनतालाई उपस्थित हुनबाट परै राखेको भए सरकारले जनताको प्रजातन्त्र दिवस सुरक्षित मनाउन सक्थ्यो कि ? त्यति भए सञ्चारका क्यामराहरु सव्यदृश्यको सहजताको लागि बिना क्यामरा उपस्थित हुन्थे । अनि राज्य सञ्चालक दलका हुक्के बैठकले मात्र क्यामरा चलाउन पाउँथे खुसी मनाउथे सत्ताधारीहरुको जयमान गर्थे । जनताले त प्रजातन्त्र भनेको आफूले राजेको शासन व्यवस्था भनेका थिए । जसलाई जनताले जनताद्वारा जनताको लागि गरिने शासन पद्धति मानेका थिए ।
त्यसैले पनि जनता आफ्नो कार्यक्रम मनाउन उपस्थित भए जनताको सञ्चार सुसूचित गर्नको लागि उपस्थित भएका हुन् । किन त्यस्तो भएके भन्ने विषयमा यसको जवाफ सरकारले दिने भन्ने त औपचारिकता मात्र हो । गठबन्धनकर्ता दलको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाट हरेक सम्वेदनशील प्रश्नको जवाफ जनताले खोजेका छन् । राजनीतिकमा जनताले प्रजातन्त्रसँग कम्युनिष्टलाई जोडेका हुँदैनन् । नेपालमा भएका सबै आन्दोलनको शिखर प्रजातन्त्रले चुमेको छ अधिनायकवादे होइन । विश्व राजनीतिमा प्रजातन्त्र विशिष्ट पहिचान रहेको हुँदा पनि हरेक आन्दोलन र क्रान्तिमा पेटबोली जस्तोसुकै रहे पनि मुखबोलीमा प्रजातन्त्र नै रहन्छ ।
हरेक आन्दोलनले प्रजातन्त्रकै नाममा सफलता हात पारेका छन् भने आन्दोलन त दलहरुले प्रजातन्त्रको नाममा प्राप्त उपलब्धी पश्चात प्रजातान्त्रिक चरित्र देखाउन नसकेको हुँदा उनीहरु प्रजातन्त्रलाई लोकतन्त्र नामको विशिष्टता दिइरहेका छन् । जो उनीहरुको जनतामा फाल्ने शब्दजालको रुपमा आइरहेको छ । यसरी नाममा विशिष्टता । कर्ममा निकृष्टता भएको कारण पनि नेपाली राजनीतिज्ञहरुले आफ्नो दलका सबै गतिविधिहरुलाई प्रजातन्त्र र लोकतनत्रको मिठो नारा दिएर जनता अलमलाईरहेको छन् । नेपाली कांग्रेसको महासमितिको बैठकमा नेपाली जनताले नेपाली कांग्रेसमार्फत् हिन्दुराष्ट्रनेपालको ऐजेण्डा पनि पेस गरिरहेका छन् ।
नेपाली कांग्रेसको महासमितिको बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मुलुकको लागि आवश्यक सम्पूर्ण विषयमा छलफल गर्न सकिने र शासकीय स्वरुप बाहेक अन्य सबै विषयमा छलफल बहसका साथै अन्य सबै विषयलाई आवश्यकताको आधारमा राष्ट्र र जनताको हितको विषयलाई संविधानमा संसोधन गर्नको लागि समेत सरकार समक्ष पेस गर्न सकिने छ भन्ने छलफल गर्न सकिने छ भनेर सम्बोधनको क्रममा बताइसकेका छ्न । त्यसमा हिन्दु सनातन धर्म पनि पर्दछ । राज्यको धर्म हुन्छकि हुँदैन भन्ने विषयमा अफगान, पाकिस्तान, खाडीमुलुक तथा युरोप, अमेरिका आदि मुलुकलाई हेनुस उनीहरु कुार न बाइबल हातमा लिएर सपथ गर्छन् । इस्लाम देशहरु पाकिस्तान, बंगालदेश, अफगान तथा खाडी मुलुकका शासकहरु आफूलाई गौखान्वथित मान्दै कुरा न हातमा लिएर सपथ गर्नुले के बुझाउँछ ?
हो, जनसंख्याको हिसाबले घटिबढी होला तर त्यहाँ हिन्दु बौद्ध, इसाई छँदै छैनन् भन्ने त हुँदै होइन नि ? त्यस्तै युरोप। अमेरिकाको सन्दर्भमा भन्नु पर्दा त्यहाँका शासकहरुले सगर्म आफू इसाई भएकोमा गौरवान्नित भएको महसुस गर्दै भन्छन् म इसाई हुँ भनेर मुलुकका राष्ट्रिय उत्सवहरुमा बाइबलका साथ उपस्थित हुन्छन् यो राज्यको धर्म होकि होइन ? त्यस देशमा हिन्दु बौद्ध, इस्लाम जैन सम्प्रदायका नागरिक छैनन् ? सबै देशमा सबै खाले धर्म सम्प्रदायका नागरिकको उपस्थित नभएको कहाँ छ ? जुन मुलुक आफ्नो उत्पत्ति कालदेखि जुन धर्म र सम्प्रदायको नामले परिचित छ त्यस धर्मको अस्तित्व त्यही धर्म र सम्प्रदायको नाममा अडेको छ ।
नेपाल देश हिन्दु धर्मकै आधारमा गठन गरिएको मानी आएको र चलि आएको हो । सोहीअनुसार हिन्दु राज्य नेपाल भनेर चिनिनु र मानिनु पर्छ भने अन्य सबै धर्मलम्बीहरुले सुरक्षित साथ आफ्नो धर्म परम्पराअनुसार कामकाज गर्न पाउने निश्चित र सुरक्षित संविधानमा गरिनु पर्छ । यस विषयमा नागरिक बिचमा कुनै मतभेद छैन किनभने यस मुलुकका शासकहरुनै हलि गोठाला भइदिएको कारणले नेतृत्व गर्न असक्षम रहेको कारणले पनि मालिकको जुठो पूरातिर बढी आकर्षित भएर जनतामा द्वन्द्व निम्ताउने काम भइरहेको छन् । युरोप, अमेरिकी राज्यका शासक तथा उच्च पदस्थ व्यक्तिले राष्ट्रिय उत्सव मनाउँदा तथा सपथ लिँदा बाइबल हातमा लिइर अर्थात बाइबलको कसमका साथ सपथ लिने गर्छन् । त्यसमा गर्व र गौरव गर्छन् त्यो उनीहरुको राज्यको पहचिान हो, राज्यको धर्म हो ।
संसारको विशाल प्रजातान्त्रिक मुलुक भारत जहाँ मोदी सरकार गठन भइसकेपछि भारतका करिब–करिब सबै ठुला सहरहरुलाई धार्मिक पर्यटनसँग जोडिसकेको छ । उत्पत्ति कालदेखिनै हिन्दुस्तान रहेको भारत अंग्रेजले शासन गर्दा समेत पनि हिन्दुस्तान मरेको थिएन । जसको कारण पनि भारत हिन्दुस्तान भन्ने प्रवल इच्छा तिव्ररुपमा बढ्दै गएको थियो । भारतका शासकहरु हिन्दु, बौद्ध, इस्लाम, इसाई जुनसुकै धर्म, सम्प्रदायका भए तापनि उनीहरु हिन्दुस्तानलाई आफ्नो पहिचान र गौरवको रुपमा लिन्छन् । यही हो राष्ट्रको धर्म र गौरव भनेको भारतले त आफूले बनाएका पूरातात्विक रुपमा रहेका भौतिक संरचनाहरु तथा मठमन्दिरहरुको निर्माणको स्थितिलाई हेर्ने हो भने भारतले आफू हिन्दुराष्ट्र तथा हिन्दुस्तान रहेको भन्ने परिचय र परिभाषा दिइसकेको छ । किनभने त्यस देशका शासकहरु स्वाभिमान छन् अभिमान छन् ।
जुन स्वभावले गर्दा उनीहरुलाई संसकारको कुनै पनि ताकतले हल्लाउन र धम्काउन सक्दैनन् । संसारका जुनसुकै मुलुकका शासक पनि नेपाल प्रवेश गर्नुप¥यो भने हिन्दुस्तानसाग अनुमति लिने गर्दछन् । नेपाली शासकहरु पनि स्वाभिमान भएदेखि मिठो पिठोको लागि अरुको मुखताक्नु पर्ने हुने थिएन । सायद हाम्रा शासकहरु मिठो मसिनोमा पल्किएर होला हाम्रो राष्ट्रको पहिचान हिन्दुराष्ट्रलाई बिर्सन खोजेको । जुठोमिठो मसिनो भोजनको कारणले पनि होला उनीहरुले हिन्दुराष्ट्र र हिन्दु पहिचानमाथि अनर्गल प्रलाप गरिरहेका छन् । नेपाललाई धर्म, निरपेक्षको नाममा गैर हिन्दुवादी राष्ट्र बनाउन खोजिरहेका छन् । धर्म नभए नाता हुँदैन बुझ्न कम्युनिष्ट त्यस्तो पार्टी हो । उनीहरु आफ्नो धर्म लुकाएर अर्कामा भक्ति भाव चढाउने जातका मानव हुन् । हरेका मुलुकमा प्रणाली र प्रतिफलको प्राप्ती राजनैतिक नेतृत्वबाट नै प्राप्त हुन्छ तर हाम्रो नेतृत्वकर्ताहरु बिक्री भइसकेका नेतृत्वकर्ता भनौ या हुहिारा नेतृत्वकर्ता भएको हुनाले पनि उनीहरुले आफ्नो राष्ट्रको धर्म के हो भन्न नसकेका हुन् ।
विश्व राजनीति बुझिसकेका भन्नेहरु र विश्वका अन्य राष्ट्रहरुले कसरी आफ्नो राष्ट्रिय धर्मको बारेमा संसारलाई जानकारी गराइरहेका हुन्छन् भन्ने बारेकाा प्रशस्त जानकारी हुँदा हुँदै पनि किन आफ्नो राष्ट्रि धर्म यो हो भन्न नसकेको ? उनीहरुभित्र राष्ट्रप्रति कलुसछ कलमस छ । त्यसैले यी नेताहरु भन्नेहरु मौन साधिरहेका छन् । नेपाली जनताका विरुद्ध उनीहरुलाई के थाहा छैन । सृष्टिकालदेखि नै नेपाल हिन्दुराज्य हो भन्ने ? देवभुमि, तयोभूमि नेपाल हिन्दुराज्य नै हो त्यसैले नेपाली कांग्रेसले हिन्दुराष्ट्र नेपाल भन्ने अभियान सके सर्वसम्मत तरिकाले पास गर्न सके धेरै राम्रो हैन सर्वसम्मत रुपमा पास गर्न सक्दैनौ भने पनि बहुमतले पास गरेर अघि बढ हैन भने नेपाली कांग्रेस प्रतिको जन विश्वास पनि क्रमस घट्दै गइरहेको छ । अझ अर पनि घट्दै जाने छ ।
विश्व परिवेशलाई नबुझेर यदि नेपालमा राजनैतिक दल र नेपाल सरकारले नेपाललाई हिन्दुराष्ट्र बनाउन के प्रजातन्त्रले रोक्छ ? कुन प्रजातन्त्रले रोक्छ ? यदि प्रजातन्त्र र लोकतन्त्रको नाममा नेपाली कांग्रेसले गेनेदावरीमा चलिरहेको महासमितिको बैठकमा हिन्दुराष्ट्रसम्बन्धी एजेण्डालाई नै नगरी न्यूनीकरण गर्न खोजियो भने नेपाली कांग्रेस जनताको कांग्रेस बन्न नसक्ने भन्ने पुष्टि हुन्छ । यस महासमितिको बैठकबाट नेपाली जनताले हिन्दुराष्ट्रका बारेमा व्यापक छलफल हुने कुरामा विश्वस्त छन् । नेपालमा स्थापना कालदेखिको इतिहासले बताउँछ कि नेपाल हिन्दुराष्ट्र हो । यसमा तिमीहरुलाई हिन्दुराष्ट्रको बारेमा छलफल गर्न कसले छेक्यो ? यस पंक्तिकारल फेरि पनि दोह¥याउन चाहन्छकि भारतले आफूलाई हरेक सक्तमणबाट जोगाउँदै आफूलाई हिन्दुस्तान बनाइसकेको छ । विशाल भूगोल र जनसंख्याले भरिएको मुलुक भारत आफ्ना विभिन्न अप्ठेरा र व्यवधानहरुबाट जोगाउँदै हिन्दुस्तान बनेको देखेनौ तिमीहरुलाई अलिकति पनि राष्ट्रिय अस्तित्वप्रति चिन्ता छैन ? हिन्दुराष्ट्र बनाएर अन्य कुनै पनि धर्म, सम्प्रदायप्रति उचो हेला गर भनेर कसैले भनेको छ ?
नागरिक स्तरबाट त्यो विभेद भएको छ ? हिन्दु धर्ममा रहेको छुवाछुवतको विभेदमा विरोध गर्दै इसाई हुनु भएका दाजुभाइ दिदिबहिनीहरु तपाईहरुले नबुझेको कुरा त होइन । तैपनि कोट्याउन मन लाग्यो । दलित शब्दको विरोधमा छुवाछुतको विरोध गर्दै तपाईहरु इसाई बन्नु भयो तर तपाईहरुका कति छोराछोरीको बाहुन, क्षेत्रीलगायतका उपल्लो जाति भनिने कतिका छोराछोरीसँग तपाईक छोराछोरीहरुको विहावारी भएको छ ? केटोकटी वैवाहिक कार्यक्रम त उनीहरु दुवैको सहमतिबाट हुने कार्यक्रम हो । उनीहरुको मन मिल्ने कसैले रोकेर रोकिँदैन । कुनै जात धर्मले रोक्न सक्दैन । यदि कुनै परिवार वा कुनै समुदायले रोक्न खोज्यो वा रोक्यो भने असान्दर्भिक र दुःखद् घटनाहरु । त्यसका धर्मको उपस्थित हुँदै, कुनै पनि धर्मले छुवाछुत स्वीकारेको छैन, विभेद गरेको छैन । नेपालमा त विडम्बना भएको छ । विदेशीको जुठो पूरा खानेहरुले नेपालको हितका विरुद्धमा नेपालको राष्ट्रिय शक्ति र राष्ट्रिय अखण्डतालाई छिन्नभिन्न पारेर नेपाललाई सधै अशक्त बनाएर आफूले शक्ति राष्ट्र धाउने बाटो खन्न खोजेका मात्र हुन् । हामीले बुझ्नु पर्ने कुरा नेपाल त उत्पत्ति कालदेखि नै हिन्दुराष्ट्र हो, नेपाली कांग्रेसको गोदावरी भेलाको रुपान्तरणको आवाज भनेकै हिन्दुराष्ट्र हो ।