Goraksha

National Daily

नेतृत्व विकास, शैक्षिक कार्यक्रमका सचेतनामूलक कार्यक्रम सञ्चालनमा लाग्ने छौँ : अध्यक्ष डाँगी [अन्तर्वार्ता]

जेसीज युवाहरुको क्षमता विकास र व्यक्तित्व निर्माणका लागि स्थापित संस्था हो । जिल्लामा जेसीजले विभिन्न सामाजिक अभियानहरु गर्ने गरेको छ । तुलसीपुर वडा नं. ६ लक्ष्मी टोलमा जन्मिएका तुलसीपुरका युवा, सामाजिक राजनीतिक र शिक्षा पेसामा आवद्ध पूर्णविक्रम डाँगी हालै तुलसीपुर नगर जेसीजको अध्यक्षमा चयन भएका छन् ।
वि.सं २०४५ सालमा जन्मिएका डाँगी तुलसीपुर नगर जेसीजमा वर्ष २०१७ मा साधारण सदस्य, वर्ष २०१८ मा तालिम संयोजक, वर्ष २०१९ मा उपाध्यक्ष, वर्ष २०२० मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०२१ मा प्रवक्ता, वर्ष २०२२ मा महासचिव र वर्ष २०२३ मा अध्यक्ष सल्लाहकारका साथै वर्ष २०२४ को लागि अध्यक्षमा जिम्मेवारी सम्हालेका छन् । जेसीज अभियान, तुलसीपुर नगर जेसीज र अब अध्यक्ष पछिको उनको भावि कार्यक्रम तथा जेसीजको अभियानबारे पूर्णविक्रम डागी“सँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।
 स्वागत छ यहाँलाई साता वार्तामा ? 
 धन्यवाद तुलसीपुर जेसीजको बारेमा कुरा राख्ने अवसर जुराउनु भएकोमा तपाईँ अनि तपाईँको पत्रिकालाई धन्यवाद ।
 कसरी जेसीजमा लाग्नु भयो ? 
 खासगरी यस संस्थाको सुन्दर पक्ष भनेको विभिन्न तालिमको माध्यमबाट युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्नु हो । साथै यस संस्थाले शासन व्यक्तिको नभई विधिको हुनु पर्दछ भन्ने कुरालाई विशेष ख्याल गर्दै विश्व वन्धुत्वको भावना कायम गर्ने र आफ्नो पेसा व्यवसायलाई उच्च मनोवल प्रदान गरी अगाडि बढ्न सक्ने प्रेरणा मिलेको देखेर नै जेसीजमा प्रेरित भएको हुँ । जेसीज जस्तो संस्थामा आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्ने गर्ने उद्देश्यले म जेसीजमा लागेको थिएँ ।
 कहिलेबाट जेसीजमा आवद्ध हुनुभयो ? 
 वर्ष २०१७ देखि साधारण सदस्यको रूपमा प्रवेश गरी हाल निरन्तर जेसीज यात्रामा आवद्ध भएको छु ।
 तुलसीपुर नगरजेसीजको अध्यक्षमा सर्वसहमतिबाट चएन हुँदा कस्तो महसुस गर्नु भएको थियो ? 
 जेसीज यात्रासँगै विभिन्न वर्षहरूमा संस्थाले प्रदान गरेको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भयो । एक पद एक कार्यकालको भावनासँगै विभिन्न पदहरूमा बसेर काम गर्दै सबै सदस्यहरूको माया र हौसला प्राप्त गर्न सफल भएको महसुस गरे । आदरणीय धरोहर पूर्व अध्यक्षज्युलगायत सबैको साथ सहयोगले सर्वसहमति रूपमा अध्यक्ष पदमा निर्वाचित हुन पुग्दा सार्है खुसी र थप जिम्मेवारी प्राप्त गरेको महसुस भएको छ ।
 जेसीज संस्था केहो र यसले के काम गर्दछ ? 
 जेसीज १८ वर्षदेखि ४० वर्षसम्मका सकारात्मक सोच भएका युवाहरूको तालिमको महा विश्वविद्यालय हो । जेसीजले खासगरी विभिन्न ४ क्षेत्रहरूमा काम गर्छ जस्तै भनौँ व्यक्तिगत क्षेत्र जसमा विभिन्न तालिममार्फत् युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने अवसर प्रदान गरिन्छ । त्यसैगरी सामुदायिक क्षेत्रअन्तर्गत युवालाई विभिन्न कार्यक्रमको, सामाजिक अभियानको संयोजकको भूमिका निभाउन मौका दिएर सामाजिक उत्तरदायित्व निर्वाह गराउन सिकाइन्छ ।
त्यसैगरी व्यवसाय क्षेत्रअन्तर्गत युवालाई विभिन्न पेसा, व्यवसायमा लाग्न उत्प्रेरित गरिन्छ । पेसा व्यवसायलाई कसरी मार्केटिङ गर्ने, कसरी मुनाफा आर्जन गर्न सकिन्छ भनेर सिकाइन्छ र कुसल व्यवसायी बनाउन पनि जेसीजले प्रेरित गर्दछ भने अन्तिममा जेसीजले अन्तर्रास्ट्रिय क्षेत्रअन्तर्गत देश तथा अन्य देशका युवासँग भाइचाराको सम्बन्ध स्थापित गर्न मद्दत पु¥याउनुको साथै सहयोग आदानप्रदानमा टेवा पु¥याउँछ ।
 नगरजेसीजले केकस्ता अभियानहरू सञ्चालन गरेको छ ? 
 जेसीजमार्फत् हामीले युवालाई विभिन्न तालिममार्फत् नेतृत्व, व्यक्तित्व विकास गर्नुको साथै सामाजिक उत्तरदायीत्वअन्तर्गत समाजमा आइ पर्ने जस्तोसुकै समस्याहरूलाई पनि सहजता बनाउने काम गरिरहेका छाँै । अहिले बिरामीलाई रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम, निःशुल्क शिक्षण, सरसफाई, सचेतना लगाएका विभित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छाँै ।
 जेसीज त्यसमा नि तुलसीपुर नगरजेसीजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन तथा तपाई अध्यक्ष भएपछि के कस्ता योजना छन् ? 
 जेसीजमा एक वर्ष एक कार्यकालको अवधारणाअनुसार प्रत्येक वर्ष हरेक अध्यक्षको आफ्नो कार्यकाल सफल बनाउनलाई केही न केही नयाँ काम गर्दै जेसीजलाई समाजमा स्थापित गर्नु भएको छ । मैले पनि आफ्नो कार्यकालमा केही काम गर्ने योजना बनाएको छु । आफ्ना सदस्यलाई विभिन्न तालिमका माध्यमबाट व्यक्तित्व एवम् उद्यमशील गराई समाजमा सफल नेतृत्व र सफल व्यवसायी पस्किने योजना छ ।
तुलसीपुर क्षेत्रका युवामा सकारात्मक सोचको विकास, नेतृत्व विकासको लागि विभिन्न तालिम सञ्चालन गर्ने, सबै वडाहलाई समट्ने गरी शैक्षिक कार्यक्रमका साथै विभिन्न किसिमका सचेततामूलक कार्यक्रम जस्तैः साइबर क्राइम, लागु औषधसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, तुलसीपुरभित्र कुनै पनि सार्वजनिक स्थानमा यात्रु तथा तिर्थालुलाई सहजताको लागि सार्वजनिक शौचालय निर्माण गर्ने त्यस्तै समाजमा आइ पर्ने हरेक समस्याहरू समाजसँग सहकार्य गरी सम्बंन्धित ठाउँहरूमा समाधानका लागि पहल गर्ने र विश्वव्यापीकरणको अवधारणालाई अनुशरण गरी समाज रहेका युवालाई विश्व सामु प्रतिस्पर्धा गर्न सकिने कुशल नेतृत्वको विकास गर्दै लैजाने योजना छन् ।
 जेसीज युवाको नेतृत्व र व्यक्तित्वको विकास गर्ने संस्थाको रूपमा चिनिन्छ, त्यस अभियानलाईृ कसरी सार्थकता दिनु हुन्छ ? 
 हो, मैले अघि पनि भने जेसीजले विभिन्न कार्यहरू गर्दै आएको छ र गर्ने पनि छ । हामीले जेसीजमार्फत् विभिन्न क्षेत्रका तालिम, गोष्ठी, सेमिनारमार्फत् युवाको क्षमतालाई अझ प्रस्पुटन गराउँछौ र विभिन्न कार्यक्रमको आयोजना गरी युवालाई नेतृत्व प्रदान गर्दै तिनिहरूको नेतृत्व, व्यक्तित्व विकास गर्छौँ ।
 तुलसीपुर नगरजेसीजले सबैलाई समेट्न सकेन भन्ने गुनासो छ नि सबैलाई समेटेर कसरी लैजाने सोचमा हुनु हुन्छ ? 
 जेसीज आफैमा सबैलाई जोड्ने संस्था हो । अर्थात सबै अटिने मन, जेसीज वन्धुत्व स्थापित गर्ने संस्था हो । हामी कहीँ कतै कुनै कुरामा विचलित नभई यस क्षेत्रका हरेक युवा एउटा किसानको छोरा होस्, शिक्षक, व्यापारी, सरकारी निकायमा काम गर्ने सबै यस संस्था अट्नु भएको छ । जो जेसीजका आस्था बुझ्नु भएको छ, उहाँहरूको संस्थाभित्र निरन्तरता छ । तथापि संस्थामा काम गर्दै अगाडि बढ्ने क्रममा केही साथीहरूलाई हरेक पदमा जोड्न नसके तापनि जेसीजलाई आत्मसात गर्दै पदमा नरहेर पनि काम गर्ने वातावरण संस्थाले अवश्य पनि प्रदान गरेको छ ।
जेसीजमा लागेर लामो समयसम्म जेसीजमा रही निरन्तर सक्रियता प्रदान गर्नु भएका केही साथीहरूलाई वर्ष २०२४ को कार्यसमितिमा समेटेका छौँ । साथै उमेरका कारणले केही जेसीज सदस्यज्युको हिजोको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई यस वर्ष मानार्थ सदस्यको रूपमा मनोनित गरी उहाँहरूलाई जेसीज यात्रामा पुनः जोड्न सफल भएका छौँ । साथै यस कार्यबाट जेसीजमा आवद्ध सम्पूर्ण साथीहरूमा थप खुसी र हौसला मिलेको आभास भएको छ ।
 अन्तमा केही भन्नु छ ? 
 म हजुर तथा हजुरको लोकप्रिय पत्रिकालाई धेरै–धेरै धन्यवाद तथा आभार प्रकट गर्दछु । हजुर सम्पूर्णलाई कि मलाई मेरो र जेसीजको बारेमा केही कुरा राख्ने अवसर प्रदान गरिदिएकोमा । अन्त्यमा म सम्पूर्ण युवालाई नेतृत्व, व्यक्तित्व विकास गर्दै एउटा असल लिडर, व्यवसायी बन्न जेसीज नै एक खुला विश्वविद्यालय हो । धन्यवाद ।