सनलाइटको २७ औं बार्षिकोत्सव

टेकबहादुर पुन
लमही,७ फागुन । देउखुरीको लमहीमा रहेको सनलाईट मोडर्न सेकेण्डरी इङ्लिस स्कुलले आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिष गौतमको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका थिए । गुणस्तरीय शिक्षाका माध्यमबाट विश्व बजारमा प्रतिष्पर्धा जनशक्ति उत्पादनमा विद्यालयले ध्यानदिनुपर्ने बताएका थिए ।

साथै नगर प्रमुख चौधरीले विद्यार्थीले विद्यार्थीको मनोभावनालाई बुझेर स्कुलमा शिक्षकहरुले पढाउनुपर्ने बताएका थिए । कार्यक्रममा विद्यालयको बार्षिक गतिविधि तथा आगामी योजनाका बारेमा विद्यालयका प्रिन्सीपल रेशमबहादुर बुढाले जानकारी गराउनुभएको थियो । बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नका साथै विज्ञान प्रदर्शनी समेत प्रस्तुत गरेका थिए ।