घोराही,७ फागुन । नेपाल विद्यार्थी संघ दाङले प्रजातन्त्र दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा दिप प्रज्वलन गरेको छ ।
प्रजातन्त्र प्राप्त भएको खुशीयाली तथा सहिदहरुको सम्झनामा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङले घोराहीस्थीत जिल्ला पार्टी कार्यालय र तुलसीपुरस्थीत बिपी चोकमा दिप प्रज्वलन गरेर मनाएका छन् । त्यसैगरी नेविसंघ महेन्द्र बहुमुखरी क्याम्पसको ईकाइको आयोजनामा घोराहीको बिपीचोकस्थीत बिपी कोइरालाको शालिकमा, नेविसंघ राप्ती बबई इकाइको आयोजनामा राप्ती बबई क्याम्पसमा दिप प्रज्वलन गरिएको हो ।

त्यसैगरी स्ववियु महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङको आयोजनामा महेन्द्र क्याम्पसमा दिप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाएको नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयमा फलफुल वितरण गरेर प्रजातन्त्र दिवस मनाएको हो ।


