अभिभावकसँग देउखुरी पब्लिक स्कुल

टेकबहादुर पुन
लमही,७ फागुन । देउखुरी पब्लिक इंग्लिस माध्यमिक बोर्डिङ स्कुल देउपुरले आफ्ना अभिभाबकसँग वृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । बार्षिक कार्यक्रम अनुसार बिद्यालयले सोमवार अभिभावकसँग अन्तरक्रिया गरेको हो ।

विद्यालयले हरेक बर्ष अभिभाबकसँग सल्लाह सुझाव लिएर विद्यालयका गतिविधिलाई अघि बढाउने गरेको देउखुरी पब्लिक इंग्लिस माध्यमिक बोर्डिङ स्कुलका प्रिन्सिपल भुमाण्डप केसीले बताएका छन् । प्रिन्सिपल केसीको अध्यक्षता तथा समाजसेबी काशीराम डाँगी छम्पालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी अभिभावकले विद्यार्थीलाई जीवनउपयोगी र नैतिक शिक्षालाई प्राथमिकता राखेर पठनपाठन गराउनुपर्ने सल्लाह सुझाव दिएका थिए ।

अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुद, संस्कृतिक कार्यक्रम गर्नुपर्ने, विद्यालयले सञ्चालन गर्ने परिक्षाका पेपरहरु अभिभावकले पनि हेर्न पाउनुपर्ने, विद्यालयले विद्यार्थीलाई खुवाउने खानाको टेष्ट गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

शिक्षक बिजय सुनारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्व शिक्षक तथा शेयरधनी मोहन घिमिरे, विद्यार्थी एन्जल बस्नेत, शेयरधनी भीम भुषाल, अभिभाबक अनुप भण्डारीलगायतले सुझाव दिएका थिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षक शिक्षिकाको नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सन्दिप भुषालले गरेका थिए । साथै विद्यालयले आगामी शैक्षिक सत्रदेखि बिद्यालयले आफ्नै भवनबाट शिक्षा दिन थालेको छ । भवन निर्माणको काम अन्तिम चरणमा रहेको बिद्यालयले जनाएको छ ।