यादव गिरी
अहिलेको डिजिटल क्रान्तिले हाम्रो जीवन, हाम्रा क्रियाकलाप र हाम्रै संस्थाहरु रुपान्तरण भएका छन् । उदाहरणको लागि मोबाइल फोनबाटै तपाईँ बैंकको रकम स्थानान्तरण गर्न, बिल तिर्न र अन्य आर्थिक कारोबार गर्न सक्नु हुन्छ । अब तपाईँ आफ्नो खल्तीमा राखेको एपबाट मुटुको चाल नाप्न सक्नु हुन्छ ।
त्यस्तै चालकविनाको गाडी सडकमा गुडेको पनि देख्न सक्नु हुन्छ । यो विकसित मुलुकबाट सुरु भएको भए तापनि पत्तै नपाई विकासोन्मुख मुलुकमा समेत समाज रुपान्तरणको माध्यम बनिसकेको छ । इन्टरनेटविना जीवन असहज हुन थालिसकेको छ । केटाकेटीले खेल्ने साधनको रुपमा होस् वा सूचनाको पहुँचको माध्यमको रुपमा होस् वा अन्तरक्रियाको माध्यम होस् वा ठुला कम्पनीका बहुद्देश्यीय महङ्खवपूर्ण बैठक होस्, सब रुपान्तरण भएका छन् । २१औँ शताब्दीको डिजिटल क्रान्तिले तर दुःखको कुरा कति विद्यालय र विश्वविद्यालय यसैको उपयोगबाट रुपान्तरित भएका छन् त ? हामीले चाहेर पनि किन यो हुन सकिरहेको छैन ? र हामी उही पुरानो भाषण कलामै विद्यार्थीलाई दीक्षित गर्ने काम गर्दै छौँ ? किन शिक्षकलाई अझै ज्ञानदाता र विद्यार्थीलाई त्यसको प्रापक मान्दै छौँ ?
Rosalind Picard र उनका साथीहरुले अमेरिकाको म्यासाचुसेत्ट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको प्रयोगशालामा गरेको अध्ययनले के पत्ता लगाएको छ भने शिक्षकले लेक्चर मात्र दिँदा विद्यार्थीको दिमागी क्रियाकलाप करिब शून्य नै हुन्छ । अझ उनीहरु निदाएको अवस्थाभन्दा पनि कमजोर हुन्छ । हार्वर्ड विश्वविद्यालयका प्रोफेसर Eric Mazur को अनुभव पनि त्यस्तै छ । उनी भन्छन्, लेक्चरले दिमागलाई समथर गराउँछ कुनै प्रगति हुँदैन । उनी अझ अगाडि थप्छन् Students are more asleep during lectures than when they are in bed! । त्यसैले नयाँ शिक्षणको निकै खाँचो भइसकेको छ ।
विश्वविद्यालय जान योग्य, को जान अयोग्य ? को प्रोफेसनल, को नन–प्रोफेसनल ? कसले प्राविधिक काम गर्ने, कसले नगर्ने ? कसले कति पढ्यो भने कुन तहको काम पाउँछ ? जस्ता कुरामा २०औँ शताब्दी अल्झियो । जसका कारण सिकाइको केन्द्र भनेको स्कुल, कलेज र विश्वविद्यालय नै मुख्य ठानिए । अनि विश्वविद्यालयबाट डिग्री लिएकाहरु नै सर्वत्र हाबी हुने र सिकाइका अन्य वैकल्पिक मार्ग कमजोर बन्न पुग्यो । अब २१औँ शताब्दी यो भन्दा पृथक धारणा राख्दछ । सामाजिक, आर्थिक र नैतिक हिसाबले नितान्त पृथक । अबको जमानामा मान्छेले भन्दा मेसिनले बढी काम गर्ने भएको छ, भलै यसैका कारण धेरै युवाले रोजगारी नपाएको अवस्था किन नहोस् । यो यथार्थ हो र यसलाई नस्वीकारी धर छैन ।
२१औँ शताब्दीको सिकाइ शैक्षिक संस्थाको ४ पर्खालभित्र मात्र सीमित छैन । यो व्यापक छ र जहाँ पनि सम्भव छ । अब छानिएकाले मात्र होइन प्रत्येक मान्छेले पढ्न पाउने वातावरण हुनु पर्छ । प्रत्येकले आफ्नो करिअर बनाउन सक्ने हुनु पर्छ । एकले अर्कोबाट सिक्ने क्रम सुरु भएको छ र यो अगाडि बढ्दै छ । शैक्षिक संस्थाको बढ्दो क्षमता र सिक्ने प्रवृत्तिले गर्दा एउटा संस्था र अर्को संस्थाबिच सिकाइ आदानप्रदानको सम्भावना पनि बढेर गएको छ ।
यी सव भूमण्डलीकरणका सम्भावित उपलब्धिका सूचक हुन् । त्यसैले नयाँ शिक्षण अब केवल कक्षाकोठामा मात्र सीमित छैन, यो बाहिर संसारमा पुगिसकेको छ । त्यस्तै शिक्षक वा शैक्षिक प्रणालीका अगुवाले पनि आफ्ना समकक्षीबाट जति धेरै र छिटो सिक्न सक्छन् त्यति किताब पढेर वा कक्षामा बसेर सिक्न सक्दैनन् । यिनै कुरालाई ध्यानमा राखेर नयाँ शिक्षणतर्फ उन्मुख हुने हो भने निकै ठुलो उपलब्धि हात पार्न सकिन्छ ।
अबको शिक्षा भनेको लेख्न र पढ्न मात्र जान्ने साक्षरभन्दा निकै माथि सोच्नु पर्ने भइसकेको छ । समस्या समाधान, सिर्जनात्मक प्रतिभाको प्रष्फुटन, सिकाइ समूह निर्माण, विचारको मन्थन, सहकार्यजस्ता अति आवश्यक सिप अब पनि विद्यार्थीले नपाउने हो भने सिकाइको अर्थ रहन्न । विद्यार्थी–विद्यार्थी बिच, विद्यार्थी–शिक्षक बिच र शिक्षक–शिक्षक बिच अब सिकाइ सहभागिता अनिवार्य भइसकेको छ । यसले मात्र शिक्षक र विद्यार्थीलाई भित्रैदेखि सिक्ने र सिकाउने समान उत्प्रेरणा प्रदान गर्दछ ।
एकाङ्की पढाइले २१औँ शताब्दीको भूमण्डलीकरणको माग र आवश्यकता धान्न सक्दैन । अरुसँगको सहकार्यमा प्रत्येक विद्यार्थीलाई आफ्नो सिकाइको नेतृत्व आफैँ लिने अवसर प्रदान गर्नु नयाँ शिक्षण (new Pedagogy) को मूल मर्म हो । अनि मात्र शिक्षालाई जगतसँग जोड्न सकिन्छ र सिकाइको अभिवृद्धि हुन्छ । यस्तो नयाँ सिकाइ खास गरी वास्तविक संसार र समस्या समाधान गर्ने सिपमा आधारित हुन्छन् । जसलाई डिजिटल प्रविधिमा भएको प्रवर्तनले ह्वात्तै अगाडि बढाउँछ । नयाँ शिक्षणको यो क्रम पियाजे, भिगोत्सकी र अन्य सिद्धान्तविदकै अवाधारणामा टेकेर अगाडि बढ्दै छ र सिकाइमा एउटा नयाँ आयाम थप्दै छ ।
नयाँ शिक्षण कुनै प्रयोगशाला वा कुनै विश्वविद्यालयमा परीक्षण गरेर नतिजा सार्वजनिक भएको विषय होइन । यो त प्रत्यक्ष कक्षाकोठाभित्र नै विकास गरिएको एउटा नवीन प्रयोग हो (Frontline) । विभिन्न मुलुकको अनुभवको आधारमा यो नयाँ शिक्षण विद्यार्थीको सिकाइप्रतिको नैराश्यपन र अरुचि घटाउन तथा आफ्नो पेसाप्रति सकारात्मक सोच राख्न नसक्ने शिक्षकका लागि सकारात्मक उर्जा प्रदान गर्न अगाडि बढेको छ । यस्ता कुरामा देशको शिक्षा प्रणालीले ध्यान दिनु पर्छ र ज्ञान सर्वसुलभ हुनु पर्दछ (ubiquitous) र ज्ञान नियन्त्रण गर्ने वस्तु होइन र राज्यले यस्तो गर्नु पनि हुँदैन ।
खास गरी अहिलेको २१औँ शताब्दीमा इन्टरनेटको पहुँच अल्पविकसित मुलुकमा समेत भएकोले शिक्षण सिकाइलाई रुपान्तरण गर्न प्रविधिको प्रयोग गर्नु पर्छ, गर्न सकिन्छ । यसैले शैक्षिक प्रणालीमा सुधार गरेर ज्ञान, शिक्षण कला र प्रविधिलाई (knowledge, pedagogy, and technology) एकीकृत गर्न सकिन्छ र चामत्कारिक उपलब्धि हासिल गर्न सकिन्छ । पाठ्यक्रम निर्माण प्रक्रियादेखि विद्यार्थीको मूल्याङ्कन नतिजासम्मको यात्रा new pedagogy हो । यदि लभध उभमबनयनथ को अवधारणा अगाडि बढाउने हो भने उही खर्चमा सिकाइको मात्रा दोब्बर बनाउन सकिन्छ । शिक्षामा खर्च बढे पनि यसले दिने प्रतिफल साँघुरो हुँदा शैक्षिक संस्थाप्रति नै वितृष्णा उत्पन्न भएको छ । अर्कोतिर विद्यालय बाहिरको संसारमा डिजिटल क्रान्तिले गर्दा हाम्रा युवाहरुले पाएको ज्ञान असान्दर्भिक हुँदै गइरहेको छ । विश्वका शक्तिशाली मुलुकहरुमा पनि यो व्यथा यस्तै छ ।
स्कुल कलेजबाट मात्र ज्ञानले बजार पाउन हम्मेहम्मे छ । त्यसैले ग्राजुएटहरु बजारको माग अनुसार छुट्टै पेसागत तालिममा सरिक हुन्छन्, काम पाउनाका लागि । अमेरिका, अस्ट्रेलिया, बेलायत, सबैतिर यस्तै छ । धेरै यस्ता मुलुकहरुको अध्ययनबाट के पत्ता लागेको छ भने विद्यालय र कलेजमा विद्यार्थीको बौद्धिक संलग्नता ४० प्रतिशतभन्दा पनि कम छ । यसरी एकातर्फ औपचारिक शिक्षण संस्थाहरुले प्रदान गर्दै आएका ज्ञान बजारको लागि काम लागिरहेको छैन भने अर्कोतिर आफ्नो इच्छा र रुचि अनुसार लिएका तालिम अत्यन्तै लाभदायक बनेका छन् ।
यसो हुनुमा डिजिटल क्रान्ति नै प्रमुख कारक बनेको छ । जसले सबैलाई एउटा स्वतन्त्र सिकाइको अवसर प्रदान गरेको छ । नयाँ शिक्षण (new pedagogy)) यसैको परिप्रेक्षमा अगाडि बढ्दै छ । विद्यार्थीलाई अर्थपूर्ण सिकाइतर्फ उन्मुख गराउने मुख्य एजेण्डा new pedagogy को हो न कि काम नलाग्ने डिग्री मात्र लिने । विद्यार्थीलाई आवश्यक सक्षमता विकास गर्न उनीहरुमा सिर्जनात्मक प्रतिभा विकास गर्ने र सहकार्यको आधारमा जीवनपर्यन्त समस्या समाधान गर्न सक्षम बनाउनु नै यसको मूल लक्ष्य हो । साथै उनीहरुलाई स्वस्थ रहन र सर्वाङ्गीण मानवका रुपमा विकास गरी समाजमा योगदानमूलक कार्य गर्न र बढ्दो ज्ञानमा थप ज्ञान सिर्जना गर्नसम्म सहयोग पु¥याउनु लभध उभमबनयनथ को मर्म हो । Old pedagogy मा शिक्षकले विषयवस्तु विद्यार्थीसम्म पु¥याउन सके ठिक मानिन्थ्यो तर अब त्यत्तिले मात्र पुग्दैन । जबसम्म विद्यार्थीमा पुग्नु पर्ने ज्ञान आवश्यक गहिराइमा पुग्दैन तबसम्म विषयवस्तुको व्याख्याले मात्र केही काम गर्दैन । अहिलेको २१औँ शताब्दीमा त्यही विषयवस्तुको साथमा प्रविधि टाँस्सिएको हुनु पर्ने छ र विद्यार्थीलाई त्यही प्रविधिको प्रयोगबाट स्वतन्त्र सिकारुको रुपमा स्वीकार्नु पर्दछ ।
सिकाइको दौरान विद्यार्थीसँग शिक्षकले कत्तिको सहकार्य गर्दछ र उसलाई अर्थपूर्ण रुपमा सिक्न सघाउँछ भन्ने कुरामा नै अबका शिक्षकको क्षमता मूल्याङ्कन गरिन्छ र सिकेका कुरामा विद्यार्थीको क्षमता छैन भने उनीहरुलाई पढाउने शिक्षकको पनि क्षमता छ भनेर मानिँदैन । किनभने new pedagogy को लक्ष्य नै नयाँ ज्ञानको सिर्जना गर्नु र त्यसलाई यथार्थ रुपमा उपयोगमा ल्याउनु हो । यसको लागि सिकाइ प्रक्रिया महङ्खवपूर्ण हुन्छ र त्यसमा शिक्षक–विद्यार्थी र विद्यार्थी–विद्यार्थी बिच सहकार्य र सहभागिता आवश्यक हुन्छ र तेस्रो, यी कार्य गर्न शिक्षक र विद्यार्थीलाई विद्यालयभित्र र विद्यालय बाहिर डिजिटल प्रविधिले निरन्तर सघाउ पु¥याइरहेको हुन्छ ।