गोरक्ष समाचारदाता
दाङ, २९ माघ । थारू गीतका गायक तथा पत्रकार लक्ष्मीमान चौधरी सम्मानित भएका छन् ।
थारू राष्ट्रिय कलाकार मञ्चको प्रथम महाधिवेशनमा उनलाई सम्मान गरिएको हो । थारू संस्कृति झल्कने गीतसङ्गीतका माध्यमबाट थारू कलासंस्कृति संरक्षण गरेको भन्दै चौधरीलाई सम्मान गरिएको हो । महाधिवेशन चितवनको सौराहामा भएको थियो ।
चौधरीले लामो समयदेखि थारू कलासंस्कृति झल्कने खालका टिपिकल थारू गीतमार्फत् थारू कलासंस्कृति संरक्षणमा योगदान दिँदै आएका छन् । उनले थारू गीत लेखन, सङ्गीत तथा आफै गायन समेत गर्छन् । यसैगरी उनी थारू चलचित्र निर्देशक समेत हुन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय चौधरी गोरक्ष दैनिकका व्यवस्थापक हुन् भने रेडियो स्वर्गद्वारी एफएममा पनि कार्यरत छन् ।