Goraksha

National Daily

शिक्षा क्षेत्रमा चुनौती छन् : मन्त्री खनाल

हिमाल महरा
दाङ,२९ माघ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सीप युक्त शिक्षा अहिलेको अपरिहार्य रहेकोे बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराहीले क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उचित शिक्षा आर्जन गरेर मुलुुक निर्माणमा योगदान दिन आग्रह गरे ।

शिक्षाको बिकास नभए सम्म मुलुकको कुनै पनि विकास सम्भव नहुने भन्दै मन्त्री खनालले समयानुकुल शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए । ‘शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास सम्भव छैन,’ मन्त्री खनालले भने ‘अब समयानुकुल शिक्षाको व्यवस्थापन गरिनु पर्छ, ताकि यहाँ पढेका विद्यार्थीहरु अन्त्र्राष्टिय स्तर सम्म प्रतिष्पर्धाका लागि योग्य बन्न सकुन् ।’ उनले अहिले शिक्षा क्षेत्रमा विभिन्न चुनौती रहेको र यी चुनौतीलाई चिर्दै उत्कृष्ट शिक्षा प्रदान गरिनु पर्ने समत बताए ।

मुलुकको बिकासका निम्ती युवा तथा विद्यार्थीहरुको प्रमुख हात रहने भन्दै मन्त्री खनालले युवाहरु मुलुकको विकासका निम्ती सचेत बन्नु पर्ने बताए । यसका निम्ती प्रदेश सरकार युवाहरु संग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत उनले बताए । महेन्द्र बहुमुखी क्याम्पसको ६४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले साविक राप्ती अंचकका ५ वटा जिल्ला र केही जाजरकोट विद्यार्थीहरुले यस महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेर आज समाजको विभिन्न ठाउँको नेतृत्व गरि रहेको स्मरण समेत गरे ।

कार्यक्रममा घोराही उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीले शिक्षा नै समग्र विकासको प्रमुख आधार रहेको बताए । साथै उनले दाङमा महेन्द्र बहुमुखी क्याम्पस शिक्षा हासिल गर्ने प्रमुख थलो बनेको र सरकारी स्तर बाट सुरु हुन लागेको इन्जिनियरीङ पढाई संचालनलाई यस क्याम्पसले भवन दिएर सहयोग गरेकोमा धन्याव समेत व्यक्त गरे ।

कार्यक्रमका नेपाली काँग्रेस दाङका सभापति एवं महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्ववियु सभापति शंकर प्रसाद डाँगीले यस क्याम्पसले धेरै जनशक्ति देशका लागि उत्पादन गरि सकेको भन्दै अब पनि क्याम्पसले अझ सक्षम जनशक्ति उत्पादन गर्ने बिश्वास व्यक्त गरे । त्यो जनशक्तिको रुपमा देश, समाज र आफ्नो परिवार प्रति उत्तर दायी बन्नु पर्ने समेत उनले बताए ।

स्ववियु सभापति मनोज डिसीको सभापतित्व एवं मन्त्री खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख भरतराज न्यौपाने, नेविसंघका केन्द्रीय सदस्य निरज गिरी, महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्ववियु सभापति बालकृष्ण डांगी, नेपाल पत्रकार निवर्तमान अध्यक्ष सविन प्रियासन, विप्लव निकट अखिल (क्रान्तिकारी )का घोराही नगर अध्यक्ष खुम रिजाल, अखिल (क्रान्तिकारी)दाङका संयोजक गिर बहादुर महरा, अनेरास्ववियु दाङका सह संयोजक वसन्त प्रसाद भन्डारी, महेन्द्र उक्त कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसको ६४औं अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोेगिताका विजेतलाई पुरस्कार वितरण, नवआगन्तु विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गर्नुको साथमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण स्ववियु सचिव बसन्त भण्डारी र सदस्य रमिला शर्माले गरेका थिए ।