दाङ, ९ वैशाख । लकडाउनको समयमा दाङको देउखुरीमा एक व्यवसायी ग्राहकबाट कुटिएका छन । आज विहान देउखुरीको राप्ती गाउँपालिका–८ पिपरीमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षिय नन्दराम गुप्ता कुटिएका छन । उनलाई सोही ठाउँ निवासी कालिचरण चौधरीको कुटिएको प्रहरीले जानकारी दिएको छ ।
्सामान किन्ने क्रममा भएको सामान्य विवादमा चौधरीले गुप्तालाई कुटेका प्रहरी चौकी सिसहनियाका प्रमुख गोपालकुमार मल्लले जानकारी दिएका छन । घाइते गुप्ताको नाक र मुखमा चोट लागेको छ । घाइते गुप्तालाई विष्ट पोलिक्लनिक सिसहनियाँमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही पठाइएको छ । कुट्ने चौधरीलाई प्रहरी चौकी सिसहनियाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।