कविता : मनको प्रश्न मनलाई-के लकडाउन सकियो ?

सुलोचना गौतम

टक्क अडियो,
अनि सोध्यो मनले ‘लकडाउन सकियो’ ?
यो प्रश्नको जवाफ थिएन म सङ्ग
अनी सोंचे, के सकिएकै हो त ?
अझै बन्द छन् व्यापार ब्यवसाय,
बन्द छन् यातायात अनी आओत जाओत,
अझै उस्तै वातावरण त्रासमय
मानिस बन्दाबन्दीमै छिपेका छन्।
यो अबस्थालाई कसरी भन्न सक्छु म
लकडाउन खुल्यो भनेर ।

तर म निस्किएको छुँ,
त्रासलाई उछिन्दै
लकडाउनको त्यो त्रासमय क्षण गन्दै
कठै बन्दी बनेको २८ दिन पुगेछ ।
फेरि प्रश्न गर्दै छ मनले आफैलाई
के लकडाउन सकियो ?
सकिएके छैन भने म निस्किदै छु किन ?
जवाफ छैन् म सङ्ग
म मेरो गन्तब्यमा
त्रासका बाबजुद पनि पुग्नु छ,
बस् यत्ति थाहा त यतिबेला ।
घर देखि कार्यालय १० मिनेटको बाटो
१० मिनेटमा हजार प्रश्न मात्र किन ?
मजदुरका रोजिरोटी रोकिएका छन् अझै
भोकलाई सहन नसकी हिडिरहेछन् अझै
हुनेखानेहरुले डरलाई रोगभन्दा ठूले देख्दैछन्
हुदा खानेहरू भोकलाइनै ठूलो देख्दैछन् ।
यहि सम्झाउँदै सम्झिदै मनलाई मैले
सुरक्षित सामाग्रीको जोहो गर्दै छुँ ।

अनुहार ढाकेर कार्यालय पुगेको क्षण
मनमा त्रास छँदै थियो
मेरो परिवारलाई मैले
धरापमा पार्दै त छैन कतै ?
कोरोनाले छोए म मात्र त होइन,
ओहो सिङ्गो परिवार नै सन्क्रमित ।
टक्क अडिए कार्यालय बाहिरै,
फेरि प्रश्न उभियो अगाडि
के लकडाउन खुलेको हो र ?
किन यत्रो त्रास मनमा ?
एक दिन त जानुनै छ भन्दै
आफ्नो मनलाई आफैले सम्झाउदै
काममा लागिरहँदा पनि
फेरि टक्क अडेर मनले मनलाई सोध्छ, सोधी रहन्छ
के लकडाउन खुल्यो र ?

हिजोका दिनमा म घरबाट निस्कँदा
देखिने पसल बन्द छन् आज
हिजो म कार्यालयको काममा दौडिदा
भेट हुने मानिसहरू देखिएनन् आज
हिजो म कामले थाकेर बिसाउने
ती सितल चौताराहरू शून्य छन्
भोक लागेर खाजा खाने होटल बन्द
अनि थकाइ मेट्न पिउने चियाका
पसल पनि बन्द छन आज।
म बाध्यतामा निस्के
मसङ्गै मेरा सहकर्मी पनि
बाध्यताले नै निस्के आज
किनभने हाम्रा पाठकहरू
एक महिनादेखि समाचारको भोकमा थिए
त्यो भोक मेटाइदिने काम जो थियोर्
दायित्वबहन र कर्तव्य निर्बाह प्रतिको इमान्दार मनले
कोरोनाको चुनौतिवाट सुरक्षित हुन
र, प्रशस्त तयारीका साथ जिम्मेवारी निर्वाह गर्न
उत्प्रृरित गरिरहेको छ आज
त्यसैले त म कार्यालय अगाडि उभिएर
मनका प्रश्नको जवाफ दिदै छु
सहकर्मीहरुको साथले जिम्मेवारी बोक्दै छु ।

प्रश्न उठ्छ फेरि मनमा अर्को,
पत्रकारलाई आज किन शंका गरिदै छ यहाँ ?
समारहरुलाई मिथ्या किन भनिदै छ यहाँ ?