राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेलझुण्डीमा सुरु
तुलसीपुर, २७ माघ । १४ औं दाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेलझुण्डीमा सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गरेका हुन् ।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षता तथा अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको विशिष्ट आतित्यमा उद्घाटन भएको प्रतियोगितामा बोल्दै अर्थमन्त्री मास्कीले दाङ जिल्ला खेलकुदको उर्वरभुमि भएको भन्दै दाङको पहिचान झल्कने गरि खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म चिनाउन यस्ता प्रतियोगिताले सहयोग पु¥याउने बताए । उनले खेलले मानिसलाई अनुसासित र स्वस्थ बनाउने भन्दै खेल क्षेत्रको विकासका लागि सवै लाग्नुपर्ने बताए ।
‘खेलकुदको विकासका लागि सवै लाग्नुपर्छ यसलाई सवैले फराकिलो दृष्टिकोणले सोच्नु पर्छ – मास्कीले भने ।’ उनले जिल्लालाई खेलकुद हवको रुपमा विकास गरि दक्षखेलाडीहरु उत्पादन गर्न तर्फ लाग्नुपर्ने बताए । ‘खेलकुद क्षेत्रको विकासका लागि मैले गर्न सक्ने सहयोग मबाट हुनेछ सवैले खेलक्षेत्रको विकासका लागि पहल गर्न आवश्यकछ –उनले भने ।’
दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य नोखि रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । प्रतियोगितामा जिल्लाका १० पालिकाका खेलाडीहरुले भाग लिएका छन् । विभिन्न खेलहरु बेल्झुडीमा सञ्चालन हुने छन् ।