तुलसीपुर १९ बाँसगढी घर भई हाल काठमाडौँमा बस्दै आएकी प्रतिमा रेग्मी सम्पर्क बिहिन भएकी छिन् । काठमाडौँमा उपचाररत उनि माघ २२ गते घरबाट निस्कीएको परिवारले जनाएको छ । एन्जाईटीको समस्या रहेकी उनको उपचार भईरहेको थियो ।
काठमाडौँ चन्द्रागिरी नगरपालिका १० मा बसोबास गर्दै आएकी उनि माघ २२ गते बेलुका ७ बजेतिर घरबाट निस्कीएको र हाल सम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ ।
रातो ज्याकेट, कालो सुरुवाल कुर्ता,सेतो रंगका चप्पल लगाएर उनि घरबाट निस्कीएकी थिईन् । परिवारले उनलाई भेटाउने जो कसैले पनि ९८५११८०१४२ वा ९८५५०५८०११ नम्बरमा फोन गरिदिन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।