संकटका बेला दिल खोल्यो दाङले

लिलाधर वली

दाङ, ८ बैशाख । कोरोना नियन्त्रणका लागि लगडाउन गर्दा दैनिक मजदुरी गरी छाक टार्ने र गरिब बिपन्न परिवारको चुलोसमेत नबल्ने अवस्था आएपछि दाङका दशवटै स्थानीय तहले विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण गर्दै आएका छन् । उनीहरुले लकडाउनका क्रममा समस्यामा परेका दैनिक मजदुरी गरी खाने गरिव, बिपन्न तथा मजदुरहरुलाई चामल, दाल, तेल, नून र सावुनलगायतका सामग्री सहयोग गर्दै आएका छन् ।

दशवटा स्थानीय तहमा १४ हजार १ सय २९ बिपन्न परिवारलाई ३ लाख १५ हजार३ सय ८० किलो चामल वितरण गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन समितिका सूचना अधिकारी विश्व आर्यालले जानकारी दिएका छन् । उनका अनुसार १९ हजार ९ सय ६१.४ किलो दाल, १४ हजार ६२.५ किलो नून, १३ हजार ५ सय ९३ लिटर तेल, १२ हजार ३ सय ७३ पिस सावुन, दुई सय किलो आलु, ५८ किलो टमाटर, १ सय ९० सोविन र १ सय २० किलो काउली राहत वितरण गरिएको छ । स्थानीय तहअन्तर्गत सबैभन्दा धेरै राहत तुलसीपुर उपमहानगरपालिकाले ५ हजार ४९ परिवारलाई वितरण गरेको छ भने सबैभन्दा थोरै दंगीशरण गाउँपालिकाले २ सय ९ घरपरिवारलाई राहत वितरण गरेको छ ।

घोराही उपमहानगरपालिका
राहत वितरण गरिएको घर संख्या १२६७
चमल : २५७८५ किलो
दाल : २१४३.९ किलो
तेल : ११०३ लिटर
नून : १३३४ किलो
सावुन : १२४७ गोटा

तुलसीपुर उपमहानगरपालिका
राहत वितरण गरिएको घर संख्या : ५०४९
चामल : ११०१९०किलो
दाल : ४००६ किलो
तेल : ३३६४ लिटर
नून : ४७७९ किलो
सावुन : ७३७० पिस

लमही नगरपालिका
राहत वितरण गरिएको घर संख्या : १७२१
चमल : ४२१८० किलो
दाल : १८७० किलो
तेल : १४७६.५ लिटर
नून : १६१८.५ किलो

गढवा गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : २३६५
चामल : ५६०९०.५ किलोग्राम
दाल : ५११० किलो
नून : २२४६ किलो
तेल : ४४९५ लिटर
साबुन : ००

शान्तिनगर गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ८८६
चामल : २२१५० किलो
दाल : ३५४४ किलो
नून : ८८६ किलो
तेल : ८८६ लिटर
साबुन : ००

बबई गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ९४५
चामल : २४८८५ किलो
दाल : ११२९ किलो
नून : १८९१ किलो
तेल : ११२९ लिटर
साबुन : १८९१ पिस

राप्ती गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ७४७
चामल : ६२०५ किलो
दाल : १२९५ किलो
नून : ७४७ किलो
तेल : ६२९.५ लिटर
साबुन : १४९४ पिस

बंगलाचुली गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ५७०
चामल : १४९३० किलो
दाल : २८४ किलो
नून : २५ किलो
तेल : ५३ लिटर
साबुन : ००

दंगीशरण गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : २०९
चामल : ३३२७ किलो
दाल : १६४.५ किलो
नून : १७५ किलो
तेल : ८७.५ लिटर
साबुन : ००

राजपुर गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : २७१
चमल : ९६३७.५ किलो
दाल : ४१५ किलो
नून : ३७१ किलो
तेल : ३७१ लिटर
सावुन : ३७१ गोटा

राहतकोषमा दुई करोड

खेमराज रिजाल

दाङ, ८ बैशाख । जिल्ला विपत व्यवस्थापन कोषमा हालसम्म करिब २ करोड रुपैयाँ जम्मा भएको छ । हालसम्म उपलव्ध जिन्सी खाद्यान्न भने राहत वितरण मापदण्ड २०७६ बमोजिम राहत वितरण भैसकेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । कोषमा जिन्सी स्टक भने छैन ।

आवश्यक परेको अवस्थामा खरिद गरी राहत उपलव्ध गराउनुपर्ने व्यक्तिहरुलाई प्राथमिकताका आधारमा वितरण गरिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । राहत वितरण मापदण्डवमोजिम वितरण भइरहेको छ ।

संघीय सरकारले जारी गरेको मापदण्डलाई आधार मानी स्थानीय तहहरुले पनि राहत वितरण गरिरहेका छन् । जारी भएको मापदण्डमा असंगठित क्षेत्रका मजदुरहरुलाई प्राथमिकतामा राखी यातायात क्षेत्रमा काम गर्नेहरुमा लागू भएको छ । सो मापदण्डमा विशेषगरी असंगठित क्षेत्रका मजदुरहरुलाई समेटिएको छ । त्यसैगरी निर्माण क्षेत्रमा काम गर्ने जुनसुकै स्थानका स्थायी बसोबासी भए पनि उनीहरु लकडाउनमा कार्यस्थलमै रोकिएका छन् भने उनीहरुलाई पनि मापदण्डबमोजिमको राहत वितरण गरिने छ ।

मापदण्डमा एकजना श्रमिक परिवारका लागि ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नून र एउटा नुहाउने सावुन उपलव्ध गराउनुपर्ने उल्लेख गरिएको छ । यद्यपि राहतको माग गर्ने श्रमिकहरुको संख्या अधिक भएपछि मापदण्डबमोजिमको परिणाममा भने राहत वितरण गरिएको छैन ।