calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

घोराहीमा कांग्रेसको चुनावी प्रचारप्रसार समिति गठन

दाङ, १९ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गरेर नेपाली काग्रेसले चुनवाी प्रचार प्रसार समिति गठन गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १५ मा उपनिर्वाचनका लागि चुनावी प्रचार प्रसार तथा निरक्षण समिति गठन गरिएको हो ।

यही मंङसिर १४ गते घोराही उपमहानगरपालिका वडा नं. १६मा हुने निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार ताराबहादुर डागीलाई जिताउनका लागि नेपाली कांग्रेस घोराही–१५ नम्बर वडा समितिका सभापती प्रकाश श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार तथा चुनावी गतिविधि निरीक्षन समिति गठन गरिएको हो ।

साथै घोराही उपमहानगरपालिका वडा नम्बर १६ को उपनिर्बाचनमा एक ढिक्का भएर लाग्न सम्पुर्ण पार्टीका क्रियाशील सदस्य तथा नेता कार्यकर्ताहरुलाई एव शुभ चिन्तकहरुमा अनुरोध गरेको घोराही उपमहानगरपालिका वडा नं १५ का वडा समिति सचिव लेखनाथ बुढाथोकीले जानकारी दिएका छन् ।