बत्तीमुनि अध्यारो

युवराज शर्मा
नेपालका नेपालीहरु साहसी र मेहनती छन् । उनीहरु वीर गोर्खादीले परिचित भएको इतिहास छ । विश्वमा आफ्नो नाम अमर राखेका थिए । ती दिनहरु सम्झना गर्ने मात्र भए । हुनतः नेपालको उत्तरमा विश्वको शक्तिशाली देश चीन छ । पूर्व, पश्चिम र दक्षिणमा पनि एशिया महादेशमा पर्ने भारतले घेरेको छ । यसबाट स्पष्ट हुन्छ कि नेपाल एउटा भूपरिवेष्ठित देश हो । यो देशका मान्छेहरु आवतजावत गर्न भारत भएर अन्य मुलुकहरुमा जानुपर्छ तर चीनको मार्ग भएर आवतजावत गर्ने भिसा चाहिन्छ ।

खुला सीमा नाकाहरु भारत जस्तो छैन । भारतका सीमानाकाहरु खुला मात्र होइन हाङ्गै ढोकाहरु खुला छन् । यहाँ आउने व्यक्तिहरु भन्छन्– बत्तीमुनीको अध्यारो देश । नेपाल सुन्दर छ । विश्वको सर्वोच्च शिखर सगरमाथा छ । अराध्य देव पशुपतिनाथको शक्तिपिठ मन्दिर छ । धेरै देवदेवीहरुका मन्दिरहरु छन् । ती मन्दिरहरुमा धेरै शक्तिपिठहरु छन् । भाषा बोल्नेहरुमा नेपाली भाषा बोल्नेहरुको संख्या धेरै छ तर सङ्घीय लोकतन्त्रात्मक, गणतन्त्रमा धर्म निरपेक्षता, भाषामा विधिता र परनिर्भरता भएको देख्दा नेपाल बत्तीमुनी अध्यारो भएको पर्यटकहरुको बुझाई छ ।

यस देशमा खोलिएका उद्योगहरु बन्द छन् । राजेगारीको कुनै वातावरण छैन । कृषिका लागि जमिन छ । युवाहरु विदेशीएका छन् । त्रिभुवन विमानस्थलमा विदेश जान युवाहरुको लर्को लागेको छ । दलका नेताहरु भन्छन्– नेपालका युवाहरुलाई स्वदेशमा रोजगारको व्यवस्था गर्छौ तर व्यवस्था गर्ने आधार छैन । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत, समाजवादी, नेरामोर्चा, जसपा, जमूपा र जनता दल समेत सात पार्टीहरुको सरकार गठन छ । दलका नेताहरुमा आपसी विश्वास, आस्था, ममताको गाँठो परेको छैन । सत्ता र शक्ति धनोपार्जनमा केन्द्रित छ । विकासमा हुन सकेको छैन । नेता र झोलेकार्यकर्ताहरु नवधनाका भएका छन् ।

हिजोका लडाकुहरु घाइते, विधवा, विधुर र टुहुरा बालबालिका विचल्लीमा छन् । उनीहरुलाई हेर्ने राज्य, नेताहरु बन्न सकेनन् । उनीहरुको शिक्षा, स्वास्थ्य र पठनपाठन हुन सकेको छैन । देशमा परिवर्तन ल्यायौ भन्ने नेताहरुले आफ्नो जीवनमा मात्र परिवर्तन गरेर नवधनाव्य भएका छन् । उनीहरुका छोराछोरीहरुलाई महंगा स्कूलहरुले निःशुल्क पढाउँछन् । आफ्नो उपचार गर्ने विदेशका महंगा अस्पतालमा जान्छन् । नेपालका अस्पतालहरको उपचारमा गणतन्त्र नेताहरुको डाक्टरप्रति विश्वास नभएर हो, अथवा विदेशी मोह बढेको हो भन्न सकिन्न । यसले नेताहरुप्रति जनआस्था गिरेको पाइन्छ । जसले नागरिकलाई उज्यालो पार्नका लागि प्रभावकारीता अपनाउनु पर्ने थियो, त्यस्तो गर्न सकेका छैनन् । त्यसैले जनता भन्छन्– बत्तीमुनीको अध्यारो देश नेपाल ।

नेकपा माओवादी २०५२ साल फागुन १ गतेदेखि नेपालमा सामाजिक, आर्थिक, राजनीतक, नैतिक, सांस्कृतिक परिवर्तनका ला िग भन्दै हिंसात्मक गतिविधि मच्चाएकै हो । उनीहरुको यस्तो गाउँघरमा जाउँ रक्सि खाएर मत्ताउनेहरुलाई निमन्त्रणा गरेकै थियो । झुठा मुद्दामा फसाउने, स्वास्नी कुट्ने लोग्नेहरुलाई नसिहत दिएकै थियो । नागरिकको आस्था र विश्वास बटुलेकै थियो । अहिले माओवादीको नीतिमा फरक आयो । सबै एकै भए भन्न सकिन्न तर सत्तामा पटक–पटक बसेर जे गर्नुपथ्र्यो त्यो गर्न सकेनन् ।

२०६५ सालदेखिको सत्ता मोह बढेको बढै भयो । अन्तमा बत्तीमुनीको कालो छायाभित्र वर्तमान सत्ताधारीहरु भएका छन् । जनता निराश भए । सत्ताधारीहरु बत्तीमुनी अध्यारोमा छन् । जहाँ प्रकाश पुग्दैन, त्यहाँ जे गरे पनि जनताको पहुँच छैन । आर्थिक, छाउप्रवृत्तिमा रमाउनेहरुको ताती छ । जनताका छोराछोरीहरु बाध्य भएर विदेशी रहेका छन् । गाउँघरमा मलामी जाने युवाहरु छैनन् । बत्तीमुनीको अध्यारोमा सत्ताधारीहरु रमाइरहेका छन् ।

नेपालको अर्थ नीतिलाई हेर्ने हो भने ऋणमा देश डुबेको छ । जन्मने बालकलै आफ्नो थाप्लोमा ८४ लाख ऋणको भारलाई थामेको छ । विदेशीएका युवाहरु भन्छन्– सत्ताधारीहरुले ऋणको भार थेग्न नसकेर नेपाललाई अविसित देशमा लैजाने त होइनन् ? चिन्ताको भूमरीमा छौँ । एकतर्फ मनमा घरको आर्थिक् अवस्तामा सुधार कसरी गर्ने हो ? भन्ने छ भने अर्कोतर्फ देशको अर्थ व्यवस्था बलियो हुनुपर्छ । त्यसका लागि कृषि र पर्यटन व्यवसाय नै हो । हरेक देशले सम्पन्नताका लागि कृषि नै प्राथमिकतामा राख्छन् ।

कृषिका लागि रासायनिक मल, किटनाशक ओखती, उन्नत बिउ बिजन समयमा उपलब्ध गराउन नसक्ने सरकारले कृषि व्यवसायमा प्रेरणा जगाउन सकेको पाइन्न । पैसा तिर्दा पनि किसानले खेतीपातीमा मल नपाउने वातावरण हरेक वर्ष भइरहेको छ । यसले खाद्य संकट पर्छ । त्यस्तै पशुपालन र पंक्षीहरुको पालनामा सरकार ध्यान दिएको पाइन्न । किसानहरुको उत्पादन र बजारीकरणको व्यवस्था पनि सरकारले गरिदिनुपर्छ । त्यसका लागि स्थानीय र प्रदेश सरकारको दायित्व हुनुपर्छ । गणतन्त्र सरकारमा व्यवस्थापन, प्रणाली र नियमहरुको पालन गराउन सङ्घीय सरकार पनि सफल हुन सकेको अवस्था छैन । जहाँ, न्याय, नागरिकले पाउन सकेका छैनन् । अर्थ व्यवस्था बिग्रदै गएको अर्थ विज्ञहरुको भनाई सुनिन्छ । जता हेरे पनि बत्तीमुनीको अध्यारो नागरिकले भोगेकै छन् ।

गाउँघरमा गाउँलेहरुलाई आवश्यक पर्ने सिँचाई कुलो, वन जंगलको संरक्षण र बिरुवाको संरक्षण गर्नु हो । यस्ता कार्यहरु स्थानीय तहको सरकारबाट हुनु पर्दथ्यो तर स्थानीय सरकारको ध्यान त्यस्ता कार्यहरुतर्फ अधिकांश स्थानीय तहले गरेनन् । कतै गर्ने चाहना पनि राखेनन् । त्यहाँका जनप्रतिनिधिहरुको एउटै चाहना देखियो कि अवसरलाई गुम्न नदिने र प्रशस्त मात्रामा धन कमाउने । हिजोका दिनमा फाटेका चप्पल लागएर हिड्नेको अवस्थामा सुधार ल्याउने । आफूलाई धनाध्य र भाग्यशाली बनाउने लक्ष्य देखाउँछन् । यस्ता कार्यले स्थानीय नागरिक बत्तीमुनी अध्यारोमा छन् ।

स्थानीय विकासका लागि सरकारी बजेट छ । नागरिकले श्रमदान पनि गर्छन् तर अल्प बजेटले काम हुँदैन भन्ने हेक्का पनि स्थानीय तहको सरकारले ध्यान दिएको प्रायः देखिन्न । स्थानीय सरकारले स्थानीयको जीवनस्तरमा सुधार गर्ने हो । प्रदेशको प्रदेश भित्रको र सङ्घीय सरकारले देशमा विकासको सन्तुलन कायम गर्ने हो तर त्यस्तो भएन । गणतन्त्र पनि लुटतन्त्रमा केन्द्रदेखि गाउँघरसम्म पुग्यो । यसको दोषी ठूला नेता, झोलेकार्यकर्ता, दलहरुको कार्यक्षमतामा देखिएको कमी कमजोरी हो । कुनैले पनि आफ्नो कमी कमजोरीलाई सुधार गर्न चाहन्नन् । अहिले नेपाल सुन्दर देश भएर पनि बत्तीमुनीको अध्यारो देश भएको अवस्था छ ।