सुभाष न्यौपाने
के हो मानव अधिकार के हो सहिद दिवस ?
तस्करी भ्रष्टाचारी पाल्न जनता भए दिवस !!
आन्दोलन परिवर्तन देशको सम्झदै सहिदलाई !
न भयो जनाधिकारको रक्षा न सम्मान सहिदलाई !!
हरेक वर्ष मनाउने सहिद दिवस यस वर्ष पनि मन लागि नलागि सरकारले मनाएको छ । पञ्चायती व्यवस्थालगायत सत्तरी वर्षसम्म सरकारले दिएके सार्वजनिक विदा यस वर्ष कटौती गरेको छ । यसमानेमा सरकारले आफूलाई बडा शक्तिशाली सम्झेको होला ? किनभने अहिलेको सरकार उग्रवाम र दच्छिण पन्थी भनिनेहरुको गठबन्धनबाट बनेको हो तर जनतालाई आशा थियो कि वाम लोकतान्त्रिक शक्तिको समिश्रणबाट बनेको सरकार पक्कै पनि समाजवादी स्वरुपको तयार हुने छ तर विडम्बना जन अपेक्षाअनुसारको न त राज्य सत्ता नै सञ्चालन हुन सक्यो न त जन अपेक्षाअनुसारको जनाधिकारको रक्षा गर्न सरकार सफल भयो ।
सहिद दिवसमा जनताको सहभागितासहित जसरी राज्यतर्फबाट देशमा सहिद दिवस मनाइन्थ्यो त्यसमा केही चासो छैन । माओवादी तथा प्रच्ण्डलाई उनलाई त सहिद दिवसको उपलक्ष्यमा आफ्ना लडाँकु भनिने चोर, डाकाको कति संख्यालाई सहिद घोषणा गर्न सकिन्छ भन्ने ध्याउन्नमा छ भने सत्ताधारी भनिने सदनको पहिलो दल नेपाली कांग्रेस उसैको थाङ्नामा सुतिरहेको छ । त्यतिमात्र हैन माओवादी त जन युद्ध विदसलाई अदालतले केही औचित्य नभएको हुँदा राज्इले उत्सवका साथ मान्न र मनाउन नपर्ने तथा नपाइने भन्ने फैसलाले सबै प्रकारका माओवादीहरु क्रुद्ध छन्, आक्रोशित छन् । उनीहरु नेपाली जनतालाई गर्छन् फुुलाउँदै मुठ्ठी बटारेको सलामले तर्साउन चाहन्छन् ।
किनभने उनीहरु धंकीपूर्ण राजनीतिप्रति अभ्यस्त छन् र सजिलो पनि मान्दछन् तर याद राख्नु समय त्यति सजिलो र सहज छैन । के जनताले राजा फालेर ल्याएको गणतन्त्र तिमीहरुलाई राजा बनाउन हो त ? यति गर्दा पनि तिमीहरुको मति सप्रिदैँन बुद्धि फेरिँदैन भने तिमीहरु सत्तामा रहन लायक छैनौँ भने तिमीहरुले सहिदलाई गरेको ढोङपूर्ण सम्मान जनताको लागि अपमान हो । यिनलाई थाहा छकि छैन जनता खुसी भए मात्र सहिदलाई सम्मान गरेको ठहर्छ । संगठित अपराधमा सोर्णिम गाथा कोरिसकेको मुलुक नेपालका शासकहरुको गतिविधिले कसर मुलुकका निमित्त साहद त प्राप्त गर्ने सहिदहरुको आत्माले कसरी शान्ति पाउला ? गौतम बुद्धको देशले कसरी शान्ति पाउला ? ती शासक भनाउदाहरु जसलाई जनताले राजाको ठाउँमा सत्तामा पु¥याएका थिए । तिनै शासकहरु अहिले जनतामाथि शासक बनेर सवार गर्ने कचेस्टामा छन् तिनीहरुलाई थाहा छैन कि जनताले उनीहरुलाई तह लगाउने र ठगान्ने समय पर्खिरहेका छन् ।
लोकतन्त्रको नाममा बलिया पाखुरा हुने कुनै पनि निकाय अपराध गर्न पछि परेका छैनन् । चाहे सरकार होस या संघ संस्था तर पनि उनीहरु लाज नमानी आफू र आफ्नो समूहलाई लोकतन्त्रवादी भनेर परिभाषित गर्न र प्रस्ट्याउन खोज्दै छन् । सहिदलाई श्रद्धाञ्जली दिँदै होसकी मानव अधिकार रक्षक बनेर होस् यो मुलुकमा त जनविरोधी कामहरु सरकराले लुकेर गर्ने प्रच्लन छ । त्यसमा जनताले शंका पनि गरिरहेका छन् । कतै सहिद दिवस के अवसर पारेर प्रचण्ड सरकारले हाम्रा सहिद त माओवादी लडाकु र जनमिलेसियाहरु मात्र हुन् भन्दै गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द छुट्न पनि सक्छन् । किनभने उनको सरकार जसले ठड्याए र अड्याय पनि सरकारका विजनेस सदनमा जसले पास र पास गर्न सहयोग गरेको भए पनि माओवादीले यो देश सरकार र सदन माओवादीको मात्र हो भन्न बेर लाउन्नन् ।
त्यसैले माओवादीका सहिदको लिस्टमा नपरेका हुनाले कतै दशरथ, धर्मभक्त, गंगालाल र शुक्रराजहरु कतै नेपालको सहिदको लगतबाट छुट्ने त हैनन् ? मुलुकको राजनैतिक अवस्था त्यस्तो छ । राजनैतिक विछ्रिङ खलताका कारण नै नेपालमा सबैतिर अन्योल बढ्दै गइरहेको छ । जनता प्रश्न गर्छन् सहिद दिवस मनाउनुको तात्पर्य सहिद र मुलुकको गरिमा बढाउन हो कि के ? हुन त मुलुक सहिद र सहिद दिवसको गरिमा बढाउनलाई हुनुपर्ने हो तर विडम्बना यहाँका सत्ता सञ्चालक र राजनैतिक नेतृत्वकर्ताहरुको प्रवृत्ति कस्तो देखियो भने सहिद र जनताको नाममा मुलुक लुट्ने रह्यो भने मुलुकको नाममा जनता ठग्ने प्रवृत्ति बढेर गएको छ । जनताको नाममा जनतालाई ढाटेर सहिदलाई लगाइदिएको त्यो माला चाहे राष्ट्रपतिले लगाउन चाहे प्रधानमन्त्रीले लगाउन त्यो माला सहिदको लागि छातीमा रोपिएको भाला हो ।
सहिदको सम्मान भावनाले नेपाली जनताले गर्छन् तिमीहरुको अपराधपूर्ण मानसिकताले सहिदलाई जलया पुष्प जे चढाए पनि त्यसले वायुमण्डल नै विसाक्त गर्छ भने आफै भन तिमीहरु कति अपराधी हौला, कति दुराचारी हौला ? यो कपोल कल्पीत कुरा होइन यो त तिमीहरुको चरित्रको यथार्थ बनाइ सकेको छ । कलुसित मन मनसाय बोकेका तिम्रा हातहरुले जबसम्म सहिदहरुलाई माला लगाउँछौ तबसम्म यो मुलुकका न त शान्ति होस न त समृद्धि आवस । राज्य सत्ता जबसम्म जनतालाई साक्षी राखेर सहिदप्रति भावपूर्ण तरिकाले न त मस्तक बन्न सक्दैन तबसम्म सहिदलाई लगाइहिएको माला र अविरको कुनै अर्थ छैन । तिमीहरु शान्ति र अग्रगमनको उदाहरण दिन सक्छौ सहिदलाई साक्षी राखेर ?
त्यसैले त्यो ढोगी चरित्रले उनीहरुलाई लगाइदिएको माला र अविर निकालखि हाल, पुछिहाल । सप्ताह व्यापी सहिद दिवस मनाउँछौ, त्यसको तात्पर्य पुष्टि गर्न सक्दैनौ फेरि आफ्नै पार्टीको डाका, गुण्डाहरुको नाम सहिदको लगतमा थप्न कोसिस गर्छौ, अब भन तिमीहरुको यो चालाले कहिलेसम्म सहिदको सपना साकार पार्ला, सार्थक होला ? मारिएका र मरेका सत्र हजारभन्दा शढी राज्य सुरक्षा र विद्रोहीतर्फका लडाकुहरु र यिनै लडाकुहरुले विभिन्न बहानामा मारेका निशत्या जनताको रगतबाट यो परिवर्तन भयो तर परिवर्तनले सार्थकता नपाउँदाको कारण पनि हो प्रचण्ड राज्य सत्ताको सिंहासनमा बस्दा बरबराउने गर्छन् । किनभने त्यो रगत र सहिदको साहदतले सुखी जनता र समृद्ध मुलुकको परिकल्पना गरेको थियो तर त्यो सबै विडम्बना रह्यो ।
अझ सहिद दिवस र मानव अधिकारको नाममा राज्यले कुनै विषय उठान ग¥यो र व्याख्या गर्न थाल्यो भने जनताका कन्सिरीका पारा तातिन्छन्, जनता यी भच्छेक शासकप्रति आक्रोसित हुन्छन् र आक्रमण बन्छन् । त्यस्तै दशरथ चन्द, शुक्रराज, धर्मभक्त र गंगालालसँग सहिद सरोजको यिरालार रामलक्ष्मणलाई जोडेर नेपाली कांग्रेस जनतालाई ठग्न र ढाट्न लागिरहेको बुझिन्छ । त्यसैले पनि यी राजनैतिक दलहरु जसले नेपालमा आफ्नो राजनैतिक विरासतको व्याख्या गर्छन् नेपाली जनतासँग ।
तिनीहरुलाई सहिदको बारेमा थाहा रहेन छ किनभने सहिदहरुको साहदतको अपेक्षा त राजनैतिक दलसँग भएको देखिएन, उनीहरुको अपेक्षा त जनतासँग भएको देखियो किनकि दलहरुले मुलुकका लागि केही गर्दैनन् भन्ने थाहा पनि रहेछ । त्यस्तै नेकपा एमालेको चाला पनि त्यस्तै छ । सुखानी हत्याकाण्डका सहिद र मदन भण्डारी हत्याकाण्ड भन्दै नेपाली जनता तथा आफ्ना थानगन्ति कार्यकर्ताहरुलाई ओली बा आफ्ना मिठा गफ र उखान टुक्कामा भुलाइरहेका छन् । नेताहरु कांग्रेस, एमाले र माओवादीमा जहाँसम्म लाग्छ बुझ्न त सबैभन्दा बढी जालझेल शेरबहादुरले नै होलान् तर उनको शारिरीक अवस्थाको कारण स्वरमा अस्पष्टता भएसँगै उनका कुराहरु सुन्न उनकै कार्यकर्ताहरु त चासो राख्दैनन् भने विपक्षीहरुले कति चासो राख्लान् ?
तर जेसुकै हवस् कांग्रेस र कम्युनिष्टहरुले मुलुकमा प्रजातन्त्रको पुनस्थापनासँगै आफूलाई राज्यसत्ताको जिम्मेवारी मिलेकोबेला जन उत्तरदायी तरिकाले राज्य सत्ता सञ्चालनमा ल्याएर जनताको सेवकको रुपमा आफूलाई उभ्याउन सकेको भए आज यिनीहरु रुनु पथ्र्यो ? जनताले यिनीहरुको साथ किन छोड्नु पथ्र्यो ? जनताले उनीहरुको मञ्चलाई तिरस्कार गरिसके अहिले न त राजनैतिक दलसँग क्षमायाचना गर्ने हिम्मत छ न त हामीले यति काम गरेउ अब एकपटक हामीलाई अन्तिम मौका दिनुस् भन्ने हिम्मत छ । अब सरकारको लागि पनि त काम गर्नुपर्छ । कोभिडको प्रकोपमा विश्व समुदाय प¥यो औषधी र मास्क तथा भ्याक्सिन किन्दा सरकारले कमिसन खान्छ मन्त्रीले खाएको कमिसनलाई सरकारले खाएको भन्ने कि नभन्ने ? मुलुक हरेक प्रकारको आर्थिक चपेटामा परिरहँदा पनि सरकारले उनीहरुको उत्थानको लागि अहिलेसम्म खासै कुनै काम गरेको जस्तो देखिएन ।
सहिद र सहिद परिवारमा पनि राज्यले विभेद गरेको देखियो । राष्ट्र, राष्ट्रियता र नागरिक स्वतन्त्रताको लागि आफ्नो जीवनको बलिदानी गर्ने सहिदहरुलाई पनि दलमा विभाजन गरेर राख्न मिल्छ, यदि त्यसैगरी सहिदलाई समूह, समूहमा विभाजन गरेर फरक–फरक पहिचान र परिभाषा गर्ने हो भने ती सहिदले दिएको बलिदानी र उत्सर्गलाई कसरी मूल्यांकन गर्ने ? सम्मानको त कुरै छोडौँ । जसले सहिदको बलिदानीको मूल्यांकन गर्छन् उनीहरुले नाम चुलेकार अग्रपंक्तिका भनिनेहरुलाई आफ्नो दलको ढाँचा लगाउन खोज्दै छन् । तिनीहरुले बुझ्ने कुरा त के भने सहिदको मूल्य भनेकै उनको दलको सदस्य हुन भन्ने नभई सहिदले मुलुकको स्वतन्त्रताको लागि दिएको त्याग र बलिदानी हो । त्यसैले अहिलेको सरकार र विशेषगरी गठबन्धनकारी दलका नेताहरुलाई त सहिदगेटमा गएर सहिदहरुलाई माला लगाइ दिने अधिकार छैन ।
तिम्रा हातको माला पहिराएर सहिदहरु !
खुसी छैनन् काही पनि रोएका छन् धुरु–धुरु !!
सत्तापक्षले जनता र सहिदको नाममा जनयुद्ध विदस मनाउन पाउँ भन्दै आन्दोलन गर्ने रे, त्यो पनि जन आन्दोलन त होला के र ? नेपाली कांग्रेसले पनि सहमति जनाउने त हैन गठबन्धन दलको नेतृत्व कर्ताको नाताले ? किनभने नेपाली कांग्रेसको सशस्त्र मोर्चा सम्हालेका क्याप्टेन यज्ञबहादुर थापा र थिरवम मल्ल पनि सशस्त्र युद्धकै क्रममा मारिएका हुन् राणाहरुको सुरक्षा सेनाकोतर्फबाट ।
हामी सबैले बुझ्नु पर्ने कुरा नेपाली कांग्रेसको सुरक्षा दस्ताले कहिले पनि सहमत र असहमतको बहानामा निहत्या नागरिकमाथि आक्रमण गर्ने काम गरेन जतिलाई राज्यको सुरक्षा निकाय र सुरक्षा दस्तासँग लड्यो तर नेकपा माओवादीले थालेका सशस्त्र युद्ध भने नागरिकमाथि वैचारिक असहमत विषयलाई लिएर जसरी हत्या, अपहरण जस्ता घटनाहरु घटाउन गयो जसको कारण आज माओवादी पार्टीका नेताहरु जनविरोधी कित्तामा उभिँदै छन्, जनताबाट तिरस्कृत हुँदै छन्, फेरि पनि जनताको कांग्रेस तिनैलाई बोकेर हिड्न खोज्दै छ ।
अझ सहिदलाई साक्षी राखेर । कसैले भन्न सक्छ ? क्याप्टेन यज्ञबहादुर थापा र थिरवम मल्ल निहत्या जनतालाई मार्ने क्रममा मरेका हुन् भनेर ? माओवादी लडाकु त पहिले निहत्या जनताको विभिन्न बहानामा सफाया गरेर वा गर्ने क्रममा मारिएका हुन् राज्य सुरक्षा निकायबाट उनीहरुको राजनैतिक खेती नै विषयक्तपूर्ण विजबाट उम्रेको हुनाले नै अहिलेसम्म त्यो खेती विषादीपूर्ण छ । अनि अहिले सहिदलाई सम्झेर छर्ने भनेको त त्यही विखत होलानी ?