सहिदहरुको योगदान बिषयक अन्तरक्रिया

तुलसीपुर, १६ माघ । सगरमाथा इङलिस स्कुलले सहिद दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ ।

विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा अधिवक्ता सालिकराम रेग्मीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, रास्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएको आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतलाई सम्झिनुपर्ने बताए उनले मुलुकमा पछिल्नो अवस्थामा झैझगडा र दुर्घटनामा ज्यान गुमाएको ब्यक्तिलाई समेत सहिद घोषणा गरिनुले बास्तविक सहिदहरुको अपमान भएको बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पर्यटक शाखा प्रमुख झरेन्द्र खरेलले विद्यार्थीहरुलाइ सहिद भनेको के हो ? सहिद देखाएको बाटोमा हिड्न किन आवश्यक छ ? भन्ने कुरामा प्रकाश पारेका थिए । कार्यक्रममा सहिदहरुका सपनाहरू अधुरै रहेकोमा सहभागीहरुले दुख व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप वलीले विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहिदप्रतिको सम्मान र उनीहरुले देखाएको बाटोमा हिड्न प्रेरित गरेकोमा खुसी व्यक्त गरे । पछिल्लो अवस्थामा विद्यार्थीहरुमा बिदेशको मोह बढदै गएकाले देश भक्ती भबना हराउदै गएकोमा जोड दिए ।

विद्यार्थीहरुलाइ देशप्रतिको माया जगाउनमा यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थियो । विद्यार्थीहरु सन्दीप चौधरी, दीक्षा शाह, मनिस केसी, अमित नेपालीलगाएतले बक्ताहरुसँग जिज्ञासा राखेका थिए । विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरदशर्मा मजगैयाले गरेका थिए ।