महायज्ञमा २५ लाख बढी संकलन

तुलसीपुर, १६ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञको चौथो दिन २५ लाख बढि आर्थिक संकलन भएको छ । महायज्ञको चौथो दिन मंगलबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी २५ लाख २२ हजार ९ सय ९९ रुपैयाँ प्राप्त भएको छ ।

मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विदेशबाट समेत आर्थिक सहयोग जुटेको छ । चौथो दिनमा सबैभन्दा बढि हमाल परिवारले महायज्ञमा दान गरेका छन् । तुलसीपुरका प्रतिष्ठित व्यवसायी तथा नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालको परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका ५ निवासी हाल अमेरिका बस्दै आएका रविन्द्रकुमार धिताल र अर्चना धितालले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । तुलसीपुरका रञ्जन गौतमको परिवारले ५६ हजार ६ सय ५६ रुपैयाँ प्रदान गरेका छन् । बिजौरी बस्ने मोहन घर्तीपरिवारले ५१ हजार १सय ११ रुपैयाँ, राप्ती यातायात सेवा प्रालिले ५५ हजार ५ सय ५५ रुपैयाँ महायज्ञमा दान गरेको छ ।

तुलसीपुर–११ निवासी धन बहादुर केसी,कौशिला केसी द्वारा स्व।बुवा थिरमान खत्री र स्व आमा धनसरि खत्रीको स्मृतिमा ५५ हजार ५ सय तुलसीपुर–०७, झुमरे निवासी मोतीराम शर्मा, टिकादेवी शर्माबाट २५ हजार ५ सय ५५ दान गरेका छन् । त्यस्तै महासज्ञमा अन्य विभिन्न व्यक्ति, टोल विकास संस्था, महिला समुह, वन उपभोक्ता समुह, सहकारी संस्था लगायतका संस्थाहरु रहेका छन् ।