महायज्ञमा एकैदिन २० लाख संकलन

तुलसीपुर,१५ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन झण्डै २० लाख आर्थिक संकलन भएको छ ।
महायज्ञको तेस्रोदिन विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १९ लाख ८१ हजार ६८ रुपैयाँ प्राप्त भएको छ । मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विदेशबाट समेत आर्थिक सहयोग जुटेको छ ।

तुलसीपुर उपमहानगरपालिका –६ बस्ने गोमा खड्का र श्रीमान हरिबहादुर खड्का र छोरा प्रशान्त खड्काले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । तुलसीपुर निवासी टिकाराम रेग्मीले १ लाख ११ हजार १ सय ५५ रुपैयाँ, तुलसीपुर निवासी नरेशराज भण्डारीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, हिमाल एकेडेमीबाट १ लाख २५ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

यसैगरी तुलसीपुर बस्ने कुन्ति न्युरे परिवारको तर्फबाट ७५ हजार १ सय ७५ रुपैयाँ प्राप्त भएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी हाल अस्टे«लिया बस्ने कौशिला केसीका बुवा धनबहादुर केसी र आमा शुशिला केसीले ५५ हजार ५ सय ५५ रुपैयाँ, तुलसीपुर निवासी एकराज आचार्यले ५६ हजार ६ सय ५६ रुपैयाँ, जसपुर बस्ने टेकबहादुर डाँगी वैद्यबाट ५५ हजार ५ सय ५५ रुपैयाँ, केशवराज खरेलबाट ५५ हजार ५ रुपैयाँ प्राप्त भएको छ ।

महायज्ञमा आर्थिक सहयोग गर्नेमा टोल विकास संस्था, महिला समुह, वन उपभोक्ता समुह, सहकारी संस्थालगायतका संस्थाहरु रहेका छन् । महायज्ञको तेस्रो दिन भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । पण्डालभित्र भक्तजनहरुको भिड रहेको थियो । कथा वाचक भास्कर कोमलनयन गौतमले महाभारत र शिवपार्वतीको कथा वाचन गरेका थिए । कथा वाचन प्रत्येक दिन बिहान ११ देखि अपरान्ह् ४ बजेसम्म हुने गरेको छ ।