विकासनगर गुट्कामुक्त टोल घोषणा

गोरक्ष समाचारदाता
दाङ, १४ माघ । विकासनगर टोल विकास संस्थालाई गुट्का तथा सूर्तीजन्य पद्धार्थमुक्त टोल घोषणा गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित विकासनगर टोलले नयाँ अभियानका साथ गुट्कामुक्त टोल घोषणा गरेको हो । टोलको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोललाई गुट्कामुक्त टोल बनाइएको जानकारी दिइएको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले यो अभियान निकै प्रशंसनीय भएको बताए । उनले आफ्नो वडामा रहेका एक सय ९ वटा टोलमध्ये विकासनगर टोलले सधैँ नयाँ भिजनका साथ काम गरेको हुँदा यस्ता स्वास्थ्य तथा सरसफाईमा महत्वपूर्ण भूमिका खेल्ने गरी काम गर्दा वडाको तर्फबाट सधैँ सहयोग गर्ने बताए । यस्तै घोराही नगर सरसफाई संयोजक भानसिङ बुढाले गुट्काले स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले गुट्का खान नहुने बताए । कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अथक मिहिनेत गरेर गुट्कामुक्त टोल बनाउन सफल भएका अध्यक्ष बेचन वलीले बताए । गुट्कामुक्त टोल घोषणा कार्यक्रममा घोराही उपमहानगरका सरसफाई शाखाका अधिकृत लक्ष्मण अधिकारी, स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीलगायतले आ–आप्mनो भनाइ राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष शोभा शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दीपक वलीले गरेका थिए ।