महेश्वरप्रसाद पौडेल
अहिले कोरोना भाइरसका कारण विश्व समुदाय मारमा परेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा देखिएसँगै सरकारले देश लकडाउन गरेको छ । लकडाउनका कारण देश ठप्प रहेको छ । जसले गर्दा गरिखाने वर्ग ठुलो मारमा परेका छन । जसका कारण अहिले कामका लागि घरदेखि काठमाण्डौलगायतका विभिन्न स्थान पुगेका मजदुरहरु फर्किरहेका छन । गाडी नचल्दा उनीहरु पैदल नै हिडर घर पुगिरहेका छन ।
सरकारले गरिव,मजदुर वर्गलाई राहतको घोषणा गरेपनि दिन सकेको छैन । राज्यले कोरोना भाइरसबाट पीडित जनतालाई सहयोग गर्ने भनेर कोरोना कोष स्थापना गरेको छ । उक्त कोषमा अर्बौ रकम समेत जम्मा भएको छ । अव के गर्ने सरकार त्यो कोरोना कोषको अर्बौं रकम ? न कुनै निति नियम छ, न त कुनै पीडितलाई राहत बितरण भएको छ । यहाँ जनता भोकले छटपट्याई रहेका छन ? कोरोना राहत कोषमा २ अर्ब भन्दा बढि रकम जम्मा भइसकेको छ ।
३ अर्ब बिश्व बैंकले सहयोग गरेको छ । यो रकम खै केका लागि हो । किन राखिएको छ । यस्को बाँडफाँड पीडितहरुलाई राहत बितरण, निति नियम केही बनाउनेतर्फ कसैको ध्यान छैन । यो बिपत्तिको घडीमा जनतालाई छर्लङ्ग बनाई दिनु पर्यो । राम्रोलाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्नु पर्छ । सम्पूर्ण नेपाली आमाबुबा ,दाजुभाइ ,दिदीबहिनीहरुप्रति मेरो बिनम्र आग्रह छ । कोरोना कहरको बिपत्तिमा आफू सुरक्षित रहदै अरुलाई पनि सुरक्षित बनाउदै अहिले हालको लागि यो कोरोना राहात कोषमा पैसा जम्मा गर्नु भन्दा सबैले आ–आफ्नो स्थान वरिपरि भोकभोकै तड्पिएका पिडामा छट्पटी रहेका लामो–लामो दुरिबाट भोकभोकै, पैदलमार्ग यात्रा गरिरहेका निमुखा श्रमिकको पिडामा मलमपट्टी लगाउन कोशीस गरौ ।
आफ्नै टोल,गाउँ बस्ती, छरछिमेक वरिपरि भोकभोकै तड्पिएका निमुखा गरिबीको चपेटामा परेका, रोग भन्दा बढि भोकले पिल्सिएका मानिसहरुको सहयोगको लागि सकिन्छ आफै स्वयं उपस्थिति भई सहयोग गरौ । यदि सकिदैन भने आदरणीय समाजसेवी तथा मिडियाकर्मी साथीहरुमार्फत सहयोगको हातहरु फैलाओैँ,। आफू बचौँ र अरुलाई पनि बचाओेैँ । जय देश जय नेपाली जनता।
काठमाडौं