महिला सामुदायिकद्वारा दाङ र प्यूठानमा ८ लाख सहयोग

दाङ, ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा हुन सक्ने खाद्यान्य अभावलाई मध्यनजर गर्दै महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले नगद र खाद्यान्य सहयोग गरेको छ ।

सस्थाको कार्यक्षेत्र रहेका स्थानीय तहहरुलाई खाद्यान्न दिन सुरु गरेको छ । जस अन्तर्गत पहिलो चरणमा दाङ र प्यूठानमा नगदसहित खाद्यान्न सहयोग गरिएको हो । कोरोना भाइरसका कारण भएको विपदको समयमा समुदायमा रहेका बिपन्न, सिमान्तकृत तथा दैनिक ज्याला मजदुरी गरि खाने ब्यक्ति, समुदायमा तथा संस्थामा आवद्ध बिपन्न, सिमान्तकृत तथा जनजाती सदस्यहरुलाई सहयोग प्रदान गर्ने उद्देश्यले दुई जिल्लका विभिन्न स्थानीय तहलाई सहयोग हस्तान्तरण गरिएको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिएकी छिन ।

दुई जिल्लाका स्थानीय तहहरुलाई ७ लाख ३० हजार ७ सय बराबरको सहयोग अनुदान प्रदान गरिएको छ । दाङमा ४ लाख ३८ हजार रुपैया, प्यूठानमा २ लाख ९२ हजार ७ सय रुपैया र शसक्तिकरणका लागी शिक्षा कार्यक्रम अन्तर्गतका बालबालिकाको परिवारलाई एक लाख बराबरको खाद्यान्य र नगद गरि ८ लाख ३० हजार ७ सय रुपैया बराबरको अनुदान सहयोग गरिएको योगीले बताइन ।

दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका बबई गाँउपालिका, दंगिशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका, राजपुर गाँउपालिका, गढवा गाँउपालिका र राप्ती गाँउपालिका र प्यूठानको स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिका, नौबहिनी गाँएपालिका, ऐरावति गाँउपालिका, मल्लरानी गाँउपालिका, सरुमारानी गाँउपालिका र झिमरुक गाँउपालिकामा खाद्यान्यसँगै स्थानीय तहको विपद ब्यवस्थापन कोषमा नगद सहयोग गरेको हो ।

आर्थिक सहयोगसँगै विपतको समयमा दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा सामुदायिक सचेतना प्रदान गरि सामाजिक सद्भाब तथा कोरोना भाइरसबाट बच्न सकिने विषयमा सर्वसाधारणहरुलाई सचेतना बनाउने काम पनि भएको संस्थाले जानकारी दिएको छ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले दाङको घोराही उपमहानगर पालिकालाई हात धुने साबुन खरिदकालागि नगद ४५ हजार ६ सय रुपैया, तुलसीपुर उपमहानगर पालिकाकालाई १५ क्विन्टल चामल, शान्तिनगर गाउँपालिकालाई ११ क्वीन्टल चामल, दगिशरण गाउँपालिकााई १० क्वीन्टल चामल, बबई गाउँपालिकार्ला १० क्वीन्टल चामल, राजपुर गाउँपालिकालाई १० क्वीन्टल चामल हस्ताणतरण गरिएको छ ।

यसैगरि लमही नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा ५० हजार, राप्ती गाउँपालिका दाङको बिपत ब्यवस्थापन कोषमा नगद ५० हजार र गढवा गाँउपालिकाको विपद व्यवस्थापन कोषमा छ हजार नगद रकम सहयोग गरिएको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले बताए । प्यूठानको स्वर्गद्धारी नगरपालिको बिपद ब्यवस्थापन कोषमा नगद ५० हजार रकम जम्मा गरिएको छ भने प्यूठान नगरपालिकालाई मास्क खरिदकालागि नगद ३५ हजार र खाद्यान्य खरिदकालागि नगद ३५ हजार रुपैया गरि कुल ७० हजार रुपैया नगद सहयोग गरिएको छ ।

नौबहिनी गाउपालिकामा खाद्यान्य खरिदकालागि नगद ३७ हजार ७ सय रुपैया, मल्लरानी गाउँपालिकामा खाद्यन्न खरिदकालागि नगद ३० हजार, ऐरावती गाउँपालिकामा मास्क खरिदकालागि नगद ५० हजार, झिमरुक गाउँपालिकामा मास्क खरिदकालागि नगद २५ हजार र सरुमारानी गाउँपालिकामा खाद्यन्न खरिदकालागि नगद ३० हजार सहयोग गरिएको रेग्मीले बताए ।