सुभाष न्यौपाने
शक्ति र शक्तिको होड छैन यसको निचोड रे !
आज देखिएको बलियो भोलि निर्धो पनि हुन्छ रे !!
त्यो सबै कर्ममा हो भर पर्ने निरन्तर !
सधै बलियो रहने बैसयो कसको छ !
नेपाली राजनीति पनि गुज्रिएको छ त्यसैगरी !
निर्दो बलियो बन्दै जनता ठग्दै घरिघरि !!
नेपाली राजनीति त्यसैगरी गुज्रिएको छ, जसरी उम्रज र उमार्न सक्ने क्षमता न भएको अन्न एउटा दाना अर्थात गेडामा मात्र सीमित रहन्छ । त्यसैगरी मतदानको नतिजा आइसकेपछि निर्वाचित र सत्ता सिन दलहरुको लागि नेपाली जनता भेडा जस्तै बन्दछन् । राजनैतिक दलहरु त्यही आत्मरतीमा रमाउँछन् । निर्वाचन अगाडि अर्थात निर्वाचनको प्रचार–प्रसारको क्रममा आफू जनता समक्ष पुग्न जति तछाडमछाड गर्दै जनतालाई भेट्ने आतुरता देखाँउछन् । निर्वाचनको नतिजा र विजय भइसके पश्चात जनतालाई भेट्नका निमित्त गरेको होडबाजी जति सबै बिर्सन्छन् भने जनता देखे तर्सने अवस्थामा पुग्छन्, माटो बटारेर हिड्ने गर्छन् ।
लोकतान्त्रिक मुलुकमा परिमार्जित भइसकेपछि केको शाही शासनकालको कुरा गर्ने जसलाई हामी तानाशाही व्यवस्था भन्दथ्यौ । बेला मुलुक र मुलुकबासीका समस्या समाधान, निराकरण र मुलुकको उत्थानका निमित्त बहस र छलफल हुने गर्दथ्यो । समाजमा कही पनि एउटै स्वभावका त कही पनि हुँदैनन् । त्यतिबेला पनि मुलुकमा गलत प्रवृतिका जनप्रतिनिधि पनि थिए होलान् तर हामीले जसलाई तानाशाही र राजा बादशाहको सरकार भनेर जनताको सरकारको व्याख्या गर्दथ्यौँ, लोकतन्त्रको व्याख्या गर्दथ्यौँ, त्यही सरकार राष्ट्र राष्ट्रियता र लोककल्याणका निमित्त उत्तम देखियो । अहिले लोकतन्त्रमा आएर हामी लोकतन्त्रवादी भन्नेहरुको कसको विरोध गर्ने, कसको धञ्जी उडाउने, हाम्रो लोकतन्त्रमा आएर ? लोकतान्त्रिक सरकारभन्दा त तानाशाही सरकार नै लोकतान्त्रिक चरित्रको रह्यो रे, जनताको बुझाइमा के लोकतन्त्रवादी भन्नेहरु जनता ठग्ने मात्र हुन् ?
जनता ढाँट्ने मात्र हुन् ? आफ्नो राजनैतिक ताकतलाई जनताबाट अलग राखेर जनताबाट प्राप्त मतलाई अवमूल्यन गर्दै सुशासन र समृद्धिलाई जनताको सम्बन्धबाट अलग राखेर भ्रष्टाचार र तस्करी प्रवृतिको राजनैतिक खेललाई नै राज्य सत्ता सम्हालेका राजनैतिक दलहरुको व्याख्या छ । मुलुकमा राजादेखि प्रधानन्यायाधिससम्मका व्यक्तिको शासन सत्ता पनि नेपाली जनताले हेरिसके अनुभव गरिसके । राजाको राज्य सत्तालाई परम्परागत शासन प्रणाली परिवार गत शासन प्रणालीको रुपमा पनि हामीले बुझ्यौ, पढयौँ पनि । आफ्नै सहभागीतामा भएको आन्दोलनबाट उपलब्धी स्वरुप प्राप्त भएको राज्य व्यवस्था जसलाई हामी लोकतन्त्रको नामले सम्बोधन गर्छौँ । त्यो नै हाम्रो लागि अहिले अभिसाप जस्तै देखिएको छ । समृद्ध नेपाल, सुखी नेपाली बनाउने भन्नेमा राजनैतिक होडबाजी चलेन यहाँ त होडबाजी के मा चल्यो भने शासन सत्ता हत्याउनमा जनताको नाममा जनता ठग्नमा मात्र । उनीहरु आजका दिनसम्म ती राजनैतिक दलहरुको जनता र देशप्रतिको न त दायित्व बुझेको देखियो, न त जिम्मेवारी बुझेको देखियो ।
लोकतन्त्रको नाममा यो मुलुकमा कांग्रेस कम्युनिष्ट भन्ने दलहरुप्रतिको विश्वास दिनानुदिन घट्दै गइरहेको छ । यो अवस्था उनीहरुले बुझे पनि नबुझे पनि जनताको सरकारको रुपमा नेपाल सरकारलाई उभ्याउने प्रयास भने कतै गरेको देखिएन । प्रयत्न त आफू र आफन्त मोटाउनेतिर गरेको देखियो । जनताको स्वास्थ्य शिक्षाप्रतिको प्रतिबद्धता जति–जति जनाए पनि कार्यान्वयनतर्फ भने सरकार सधै उदासिन र अन्जानकार जस्तै देखिएको छ । त्यति हुँदा पनि यिनीहरुको होड त शासन सत्ता हत्याउने र सदन कब्जा गर्नेतर्फ मात्र उद्यम रहेको देखियो । तैपनि उनीहरु हामी नै अब्बल राज्य सञ्चालक हामी नै लोकतन्त्रमा संवाहक र पक्षपोषक तर जनताले यिनीहरुलाई शोसक र भ्रष्टाचारहरुको संज्ञा दिइरहेका छन् । तैपनि उनीहरु लाज नमानेर आफूहरु नै लोकतन्त्रवादी भन्दै मुलुकको लोकतान्त्रिक हस्सी उडाइरहेका छन् ।
जनताको अगाडि लड्न त भिड्नको नाटक गर्ने राजनैतिक दलहरु सडकमा एक अर्काका विरुद्धमा कुर्लिएको देखाउँछन् भने बन्द सत्रमा बसेपछि चोचो, मोचो मिलाएर खाने रणनीतिमै व्यस्त रहन्छन् । यिनीहरु नै लोकतान्त्रिक मुलुकका लोकतान्त्रिक चरित्र बोकेका लोकतन्त्रवादी नेताहरु रे ? नेपाली राजनीतिमा नेपाली जनताले जसलाई जहाँ जिम्मा लगाइ त्यहाँ–त्यहाँ ती नेताहरुले तहसनहस पारिहरेका छन् । त्यसैले राजनैतिक नेताहरु पनि जनतासँग त्रसित छन् भने जनता नेतासँग स–संकित छन् । जनतालाई ढाल बनाएर हरेक राजनैतिक दलहर आ–आफ्नो मुनाफाका निमित्त शक्ति र शक्तिको होडबाजीमा लागिरहेका छन् ।
जनतालाई अझै झुम्याउन खोज्दै छन् । शक्तिको आडमा सत्तापक्ष गठबन्धनको होस या विपक्ष दलको होस सबैजनाले शक्तिकै आडमा आ–आफ्नो पायक क्षेत्रमा बजेट छुट्टयाउने काम गर्छन् । उनीहरुको अगाडि राष्ट्रिय योजना आयोग भन्ने निकाय पनि निरीह हुन्छ किनभने योजना आयोगको अध्यक्षको पनि चाहना त्यही हुन्छ । अत्यावश्यक आवश्यकता प्रथम आवश्यकतालाई पन्छाएर योजना आयोग पनि उनीहरुको शक्तिको योजनामा बजेट विनियोजन गराउनतर्फ लाग्छ । त्यसको केही प्रतिशत त त्यहाँ पनि जान्छ होला । नेपालका राजनैतिक दलहरुले जति नै फाईफुईका कुरा गरे पनि नेपाली जनताले उनीहरुलाई विश्वास नगर्ने अवस्था मुलुकमा आइसकेको भन्ने नेपाली जनताको बुझाई छ । जनतालाई देखाउने बेला दलहरु इजरायल पेलिस्टायन हमास युद्ध लडे जस्तो देखाउँछन् रुस–युक्रेन लडेको जस्तो देखाउँछन् तर जनता ठग्न र ढाँट्न आफूहरु सबै एक भएर आउँछन् । उनीहरुको मिलेमतोमा राज्य सञ्चालन प्रक्रिया अगाडि बढाउन थाल्छन्, जसले गर्दा जनताको समस्या ज्युका ज्यु ।
प्राकृतिक न्यायाको हिसाबले अभ्यास गर्ने हो भने जहाँको आवश्यकता अत्यावश्यक छ त्यहाँका योजना छनोट गरिनुपर्छ अर्थात पहिले त्यो आवश्यकता परिपूर्ति गर्नतर्फ राज्य अग्रसर हुनुपर्छ । जसरी युक्रेन–रुसको लडाई साम्य गर्न संयुक्त राष्ट्र संघीय महासभाले वडापत्रको धारा ९९ लागु गरेर राष्ट्र संघीय महासभाको आपतकालिन बैठक बोलाएर युद्ध विरामको प्रस्ताव राख्दा जसरी अमेरिकाले इजरायलको पक्षमा मिटो प्रयोग गर्दा युद्ध नरोकिनुको कारण पेलिस्टाइन पक्षले ठूलो क्षति व्यहोर्नु परेको छ, त्यस्तै नेपालमा पनि त्यस्तै केही दल र सांसद तथा मुलुकका केही जानकारहरुले उडाएको जापज कुराको समर्थनमा जनता जनताले साथ दिएर अगाडि बढ्नृ सम्भावना देखे भने मुलुकका यी ठूला तथा राज्य सञ्चालनको नेतृत्व समेत सम्हालिसकेका दलका नेताहरु के–के बित्न लाग्यो जस्तो गर्दै, मुलुक फेरि अर्को भड्खालो गयो केर जस्तो नाटक मञ्चन गरेर जनतालाई भ्रममा पारेर फेरि आफ्नै हातमा दुहुनो राख्ने कुरामा सहमति गर्छन् ।
नेपाली राजनीतिमा शक्ति हत्याउन शक्तिको होड चल्नु स्वभाविक देखिए पनि ठगिखाने र लुटिखाने कुरामा भने उनीहरु एक हुन्छन् । यो सबै गतिविधिको संकेत भनेको मुलुकको राजनैतिक दुर्भाग्य हो । मुलुकमा लोकतन्त्र प्राप्ती पश्चात आजका दिनसम्म पनि शक्तिकै होडबाजी चलिरहेको छ । उनीहरु कसले कसलाई कसरी उछिन्ने भन्नेमा तर उनीहरु मुलुक रित्याउने र जनता सिध्याउने भन्ने मुल विषयमा चाहीँ एक भएको देखिन्छ । यस अवधिभित्र मुलुकले विभिन्न आरोह अवरोह पार ग¥यो, मुलुकमा भएको दश वर्षे युद्ध पनि शक्ति प्राप्तीका निमित्त भएको एउटा श्रृंखलाको रुपमा अहिले आएर जनताले बुझ्ने भए । सुरुमा जनयुद्ध नामको क्रान्ति सुरु हुँदा अब मुलुकले पक्कै पनि काँचुली फेर्छ जनताको समृछिको ढोका खुल्छ भन्ने आशाको जनताले उक्त क्रान्तिमा साथ दिएका थिए उत्सर्ग दिएका थिए । न त जनताले शिक्षा, स्वास्थ्योपचार र रोजगारीको अवसर पाए, न त कुनै पनि अवसरको ढोका खुल्ने अवसर पाए ।
बरु जनताले ती सबै खाले क्रान्ति युद्ध सशस्त्र युद्ध जुन नाममा घटेको र घटाइएको घटना भए पनि शक्ति हत्याउनकै निमित्त भएको होडबाजी नै रहेछ भन्ने कुरामा विश्वस्त हुन कुनै दुविधा रहेन । पछिल्लो जनताको क्रान्तिकारी राजनैतिक दलको पनि कथा जनताले यस्तै पढे । त्यस्तै क्रान्ति प्रजातन्त्र र जनमुक्तिको नाममा कांग्रेस कम्युनिष्टहरुले पहिले पनि गरेका थिए । उनीहरुको नेतृत्वमा भएको आन्दोलनले मुलुकमा परिवर्तन पनि ल्यायो जनतामा लोकतान्त्रिक पद्धति आएपछि केही जनअपेक्षा पूरा गर्छन् कि भन्ने आशा जनतामा पनि पलायो, जतिबेलासम्म नेपाली कांग्रेसमा विपी, केपी र गणेशमानजी थिए । त्यस्तै कम्युनिष्ट पार्टीमा पुष्पलाल र मदन थिए, जति दिन घर्किदै गए, समय बित्दै गयो उति तिनीहरुको चाला पनि त्यस्तै देखेर जनताले पछिल्लो आन्दोलनकारी शक्ति पनि त्यस्तै बुझे जति जोगी आए पनि कानै चिरेका भन्ने उति सार्थक भएको पाए । उहिले त जनताले उनीहरुको कुनै पनि नाममको क्रान्तिमा साथ नदिने सम्भावना धेरै बढेर गएको छ । त्यसैले पनि मुलुकमा बालेन, हर्क, गोपाल जस्ता नयाँ–नयाँ प्रवृतिबाट आएका नयाँ पात्रहरु उदय भइरहेका छन् ।
जन लहडर जनअपेक्षा त्यतैतिर बढ्दै गइरहेको देखिन्छ, जसको कारण शक्ति हत्याउन र शक्ति होडका निमित्त आन्दोलनको जालसाज बुझ्ने यी दलहरु आत्तिनु बाहेक अरु उपाय केही छैन । नेपाली राजनीतिमा नेपाली जनताले कांग्रेस कम्युनिष्टको राजनीतिलाई सुध्रने मौका पटक–पटक दिएका हुन् तर जति मौका दिए पनि उनीहरुको नियति भनेको जनता ठग्ने र देश लुट्नेभन्दा अर्को जनताले देखेनन् भने राजनीतिमा जहिले पनि शक्ति केन्द्रमा नै रहने गरी मुलुकको ढुकुटी समेत खर्र्चिएर रहने गतिविधिलाई बढावा दिए भने आफू सधै शक्ति केन्द्रमै रहने होडबाजीमा लागिरहे । जनभावनाको कदर गर्न नसकेका कारण पनि कांग्रेस कम्युनिष्टहरु जनताको नजर भनौ या दृष्टिकोणबाट गिर्दै गएको देखिन्छ के तिमीहरु चाहीँ जनता लुटेर खाने होडबाजीमा लागिरहने जनताले तिमीहरुलाई सधै साथ दिइरहनु पर्ने ? अब यदि अन्तिम अवसर प्राप्त गर्न जनताले विश्वास गर्ने आधार लाज नमानीका जनता समक्ष राख्न सक्छौ भने प्राप्त गर्न सक्छौ कि तैपनि जनताले तिमीलाई कुन हदसम्म विश्वास गर्ने भन्ने आधारमा चाहीँ अझै प्रश्ननै छ ।
त्यसैले तिमीरुले प्रजातन्त्र, लोकतन्त्रको नाममा प्राप्त लिगेसीलाई जोगाइ राख्ने र आफ्नो इतिहासलाई चिरजिवी बनाउने इच्छा छ भने तिम्रा सबैखाले शक्तिको होडबाजीलाई छोडेर जनता र देशलाई लुटेर खाने डाँकाको रुपमा परिचय नदिई राष्ट्रसेवक र जनसेवकको रुपमा आफूलाई परिभाषित गर्नेतर्फ लगनशील रह्यौ भने मात्र तिम्रो पहिचान र अस्तित्व रहला हैन भने तिमी इतिहासमा कलंकित र बदनामी भएर रहने छौ भने आफ्नो इतिहासमा आफै कलंकित बनाउने छौ । यदि देश र जनतालाई सर्वमाव्य रुपमा सम्मानका साथ राख्न सक्यौ भने तिमीहरु सधै चिरस्थाई भएर रहने छौ । यदि यस्ता कुरालाई हल्का र सामान्य रुपमा लिएर देश र जनतालाई वेवास्ता गर्दै लुटेर सालीतिरका सातपुस्ता र दिदि सासुतिरका नौ पुस्तालाई वैतर्नि गर्नेगरी कमाउने सोचमा लाग्यो र त्यही प्रवृतिको विकास गर्न खोज्यौ भने कही कतै तिमीले गरेका राम्रा काम रहेछन् र जनताले त्यसको उच्च मूल्यांकन गरेका विषय रहेछन् भने ती विषयहरु पनि तिम्रा कालाकर्तुतहरुसँग तिमी ध्यान्न भएर जानेछन् भने तिमीहरु पनि कलंकित इतिहासमा दर्ज भई सधैका लागि समाप्त भएर जाने छौ ।
यदि आफूले राष्ट्रकै निमित्त केही गरेको हुँ भन्ने लाग्छ भने तिमीहरुले सार्वजनिक रुपमै जनतासँग क्षमायाचना गरेर शक्ति हत्याउने होडमा मात्र नलागि देश र जनताप्रति समर्पित राजनीति गर्नेतर्फ सदैव उद्यम रहने, क्रियाशिल रहने भन्ने गरी जनतालाई विश्वास दिलाउँदै प्रतिबद्धता जाहेर ग¥यौ भने जनताले तिमीलाई अन्तिम एकपटक माफि दिन सक्छन् कि ? त्यसपछि तिमीहरु ज्ञानेन्द्र पशुपतिनाथको दर्शनमा निस्कद तर्सनु पर्ने हुने छैन, रामज्ञानको मन्दिर दर्शन गर्न जाँदा डराउनु पर्ने छैन भने मनकामना दर्शनमा जाँदा आत्तिनु, अत्तालिनु पर्ने छैन । त्यस्तै दुर्गा प्रसाईले मिटर व्याज र लघुवित्तको समर्थनमा बोल्दा डराउनु पर्ने छैन, उनलाई नजर बन्द गर्नुपर्ने छैन भनी भूत पनि होइनन्, प्रेत पनि होइनन्, तसर्थ देश र जनताको हितमा काम गर्ने सर्तमा नै जनताले नेपाली राजनैतिक दललाई साथ दिएका हुन् समर्थन दिएका हुन् । त्यही विषयलाई भुलेर फेरि पनि तिमीहरु जनताको साहु बन्दै जाने उद्देश्यले अगाडि बढ्न खोज्यौ भने अब तिमीहरुको अदोगति सुरु भयो कुरा बुझे हुन्छ ।