तुलसीपुर, ४ माघ । तुलसीपुर यातायात प्रालिले नयाँ एयर बस सञ्चालनमा ल्याएको छ । दाङ–काठमाण्डौ रात्री सेवाका लागि सुविधा सम्पन्न एसि बस थप गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् ।
यसअघि स्तरीय एसी र डिलक्ससहितका रात्री बस सेवा दिई रहेको यातायात प्रालीले यात्रुहरुको माग र सुबिधालाई मध्यनजर गदै बुधवारदेखि थप २ वटा सुविधा सम्पन्न एसीबसहरु थपगरि काठमाण्डौ रुटमा सञ्चालन गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन । ‘४० सिटे एसी बसहरु यस अघिनै हामीहरुले दाङ–काठमाण्डौ रुटमा सञ्चालन गरेका थियौ तर थप सेवाका लागि थप बसहरु थपगरी सेवा विस्तार गरेका छौं’ अध्यक्ष बुढाथोकीले भने ।
समय अनुसार यात्रुहरुको चाहना र आरामदायी यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न सेवाहरु थप गदै लगेको उनले जानकारी दिए । हाल नयाँ सञ्चालन भएका एसी बसको भाडा दाङ–काठमाण्डौको लागि १७ सय ९० रुपैयाँ रहेको छ। तुलसीपुर यातायात प्रालीले देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामाभित्र सवै स्थानमा सेवा प्रदान गदै आएको छ ।
साथै यातायात प्रालिले पछिल्लो समयमा सितलहर सुरु भएको भन्दै हुस्सु र कुहिरोमा दुर्घटना हुने जोखिम भएकाले त्यस तर्फ सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ । विहान र साँझको समयमा ढुडी लाग्ने भन्दै सजक भई यातायात सञ्चालन गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत रहेका बुढाथोकीले सवैलाई आग्रह गरेका छन । ट्राफिक नियमको पालना गरि यात्रुहरुलाई यात्रुमैत्रि वातावारणमा यात्रा गराउन चालक सहचालक आग्रह समेत गरिएको छ ।