दाङ,८ बैशाख । गोरक्ष राष्ट्रिय दैनिक भोलीदेखि नियमित प्रकाशन हुदैछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउने क्रममा उत्पनन जटिलताका कारण पत्रिका केही समयका लागि बन्द भएको थियो ।
नागरिकको जन्न पाउने अधिकारको सम्मान गर्दै कोरोना विरुद्धको लडाईलगायतका समाचारहरु पस्कनका लागि आवश्यक सूरक्षा सतर्कताका साथ आवश्यक सूरक्षा सामग्रीको प्रयोग गरि पत्रिका प्रकाशन थालिएको हो ।