सहकारी सस्थाद्वारा तरकारी सहयोग

ओमप्रकाश गुप्ता
सिसहनिया,८ वैशाख । नयाँ समाज कृषि सहकारी संस्था राप्ती गाउँपालिका ३ मसुरीयाले सोमबार राप्ती गाउँपालिकालाई तरकारी सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप ४ सय ११ केजी बन्दा गोपी र ५ सय १ केजी सिमी गरि १८ हजार ६० रूपैयाँ बराबरको ५ सय १६ केजी तरकारी सहयोग गरेको हो ।

उक्त तरकारी गाउँपालिकाका सुचना अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकलाई सहकारी संस्थाका अध्यक्ष हनुमान चौधरीले हस्तान्तरण गरेका थिए । वडा नं. ३ का विभिन्न तथा मजुदरी गरि खाने घर परिवारलाई वितरण गर्ने उदेश्यले सो तरकारी गाउँपालिकालाई जिम्मा लगाएको संस्थाले बताएको छ । सहकारीले सहयोग गरेको तरकारी वडा नं. ३ मा राहत पाउने ४ सय ६२ घर परिवारलाई बाँडिने वडा सचिव दामोदर पोख्रेलले जानकारी दिएका छन् ।