कोरोना संक्रमणवाट मृत्युहुने भन्दा निको हुनेको संख्या झण्डै ६ गुणा बढी

दाङ बैशाख ८ । बिश्वभर फैलिएको कोरोना संक्रमणवाट मृत्यु हुनेको तुलनामा निको हुनेको संख्या झण्डै ६ गुण बढी रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार यो संक्रमणवाट बिश्वभरमा २४ लाख दुई हजार ७६ जना प्रभावित भएका छन् । ती मध्य ६ लाख २३ हजार ९ सय ११ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या एक लाख ६५ हजार एक सय ६ रहेको छ ।

कोरोनाको लक्ष्यणहरु पूर्ण रुपमा हराएपछि पनि दुई पटक स्वाव परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि र अन्य केही परीक्षणहरुले समेत स्वस्थ्य देखाएपछि संक्रमणमुक्त भएको अर्थात निको भएको मानिन्छ ।

कोरोनावाट सबैभन्दा बढी मृत्यु हुने देशमा अमेरिका भएको छ । त्यहाँ ४० हजार ६ सय ६६ जनाको मृत्यु भएको छ । संक्रमण ह्वात्तै बढेको भनिएको इटली मृत्युहुनेहरुको संख्याको आधारमा दोस्रो प्रभावित देश भएको छ । त्यहाँ हालसम्म २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । स्पेनमा २० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ ।

बिश्वभरको आंकडाले निको हुनेको संख्या मृत्यु हुनेको तुलनामा झण्डै ६ गुण देखाएपनि अमेरिकामा भने ४० हजार ६ सय ६६ जनाको मृत्यु हुँदा ७० हजार ५ सय ५८ जना निको भएका छन् । इटलीमा निको हुनेको संख्या ४७ हजार ५५ जना रहेको छ । स्पेनमा ७७ हजार ३सय ५७ जना निको भएका छन् ।

यी तथ्यांकहरु छिनछिनमा फेरिदैं पनि छन् ।

त्यसैैगरी सबैभन्दा पहिले कोरोना देखिएको चिनमा ४ हजार ६ सय ३६ जनाको मृत्यु हुँदा संक्रमित मध्य ७७ हजार ६ सय ९० जना निको भएका थिए ।

कोरोना संक्रमणवाट नेपालमा हालसम्म ३१ जना संक्रमित भएको पुष्टि भएको छ भने ती मध्य ४ जना निको भएर घर फर्किसकेका छन् ।